आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

बर्डफ्ल्यु नियन्त्रण गर्न हजारौँ कुखुरा  डेनमार्कमा मारियो

बर्डफ्ल्यु नियन्त्रण गर्न हजारौँ कुखुरा डेनमार्कमा मारियो

अन्तराष्ट्रिय
एजेन्सी । बर्डफ्ल्युको महामारी नियन्त्रण गर्न भन्दै डेनमार्कमा हजारौं कुखुरा मारिएको छ। देशको जुटल्याण्डमा झण्डै २५ हजार खुकुरा मारिएको सरकारी अधिकारीहरूले मंगलबार जानकारी दिएका छन्। स्टाटेन्स सेरुम इन्स्टिच्युटबाट ल्याइएको परीक्षण रिपोर्टका आधारमा त्यस क्षेत्रका कुखुराबाट बर्डफ्ल्यु फैलिन सक्ने देखिएर कुखुरा मारिएको हो। दुई ओटा क्षेत्रका कुखुराहरुमा त्यस्तो खतरा देखिएको अधिकारीहरुले जनाएका छन्। त्यस क्षेत्रलाई अहिले नियन्त्रणमा लिएर उच्च सतर्कता अपनाइएको छ। डेनमार्कको जुटल्याण्ड क्षेत्रमा यही महिनाको शुरुमा यसअघि पनि बर्डफ्ल्युको सङ्क्रमण देखिएको थियो। यो रोग युरोपका अन्य देशहरुमा पनि पछिल्लो समयमा पुनः फैलिन थालेको छ। विषेश गरेर जर्मनी र फ्रान्समा यसको असर बढी देखिएको समाचारमा जनाइएको छ। सङ्क्रमण देखिएका अन्य देशहरुमा पनि कुखुराहरु मार्ने, प्रभावित क्षेत्रलाई नियन्त्रणमा लिन...
‘ट्रम्पले सहकार्य नगरे थप संक्रमितको ज्यान जान सक्छ’ – जो बाइडेन

‘ट्रम्पले सहकार्य नगरे थप संक्रमितको ज्यान जान सक्छ’ – जो बाइडेन

अन्तराष्ट्रिय
एजेन्सी । डोनाल्ड ट्रम्पले यदि आफ्नो आउने राष्ट्रपतीय प्रशासनलाई अवरुद्ध पारेर राखे ‘थप मानिसहरुको ज्यान जान सक्ने’ जो बाइडेनले चेतावनी दिएका छन् । डेलावेरमा बोल्दै राष्ट्रपतीय चुनाव जितेका बाइडेनले कोरोना महामारीको सामना गर्न सहकार्यको आवश्यकता थियो भनेका छन् । बाइडेनले फेरि एक पटक ट्रम्पलाई चुनावको नतिजा स्वीकार्न आग्रह गर्दै प्रक्रिया रोकेर राख्नु लज्जाको विषय भएको बताएका छन् । अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ओबामाले पनि सामाजिक सञ्जालमा ‘यो खेल होइन’ भनेर लेखेकी छिन् । राष्ट्रपतीय चुनाव जित्न दुई सय ७० इलेक्टोरल मत चाहिने भए पनि बाइडेनले तीन सय ६ मत पाएका छन् । तर पनि रिपब्लिकन पार्टीका ट्रम्पले सोमबार बिहान ‘मैले चुनाव जिँते’ भन्दै ट्वीट गरेका थिए । ट्रम्प अभियानले गएको ३ नोभेम्बरमा भएको मतदानका क्रममा मतगणनाको लागि कानुनी चुनौती थपिदिएको थियो । राष्ट्रपतीय चुनावपछि सङ्...
स्पेनले जर्मनीमाथि ६–० को जित

स्पेनले जर्मनीमाथि ६–० को जित

अन्तराष्ट्रिय, खेलकुद
मंसिर ३ काठमाडौं । जर्मनीमाथि शानदार जित दर्ता गरि स्पेन युरोपियन नेशन्स लिग फुटबलको फाइनल्समा स्थान बनाउन सफल भएको छ । मंगलबार राति भएको समूह ए फोर अन्तर्गतको खेलमा स्पेनले जर्मनीमाथि ६–० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा तीन गोल गरेको स्पेनले दोस्रो हाफमा थप तीन गोल गरेको हो । स्पेनका लागि फेरान टोरेसले खेल जीवनकै पहिलो ह्याट्रिक गरे । उनले ३३, ५५ र ७१ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै अल्भारो मोराटाले १७ औँ, रोड्रीले ३८ औँ तथा मिकेल ओयार्जाबाले ७१ औँ मिनेटमा गोल गरेपछि स्पेन ६–० ले विजयी भएको हो । जितपछि समूहको शीर्ष स्थानमा पुगेको स्पेन जर्मनीको सपना टुटाएर फाइनल्समा पुग्न सफल भएको हो । नेशन्स लिग अन्तर्गत मंगलबार राति भएका अरु खेलमा लात्भियाले एन्डोरालाई ५–० तथा मोन्टेनेग्रोले साइप्रसलाई ४–० ले पराजित गरेका छन् । यस्तै माल्टा र फारोइ आइल्याण्...
९० औँ मिनेटको गोलले पोर्चुगलको जित

९० औँ मिनेटको गोलले पोर्चुगलको जित

अन्तराष्ट्रिय, खेलकुद
मंसिर ३ काठमाडौं । साबिक विजेता पोर्चुगल युरोपियन नेशन्स लिग फुटबलको फाइनल्समा पुग्न सकेन तर उनले प्रभावशाली खेल भने पस्किएको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलले क्रोएसियालाई ३–२ ले परा गरेको छ । अवे मैदानमा भएको खेलमा क्रिष्टियानो रोनाल्डोसहितको समूह ए थ्रीको पोर्चुगलका लागि रुबेन डियाजले दुई तथा सेक्वेइराले एक गोल गरे । क्रोएसियाका लागि मातेओ कोभासिकले दुई गोल गरे । मार्को रोग ५१ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि क्रोएसिया १० खेलाडीमा सीमित भयो । कोभासिकले २९ औँ मिनेटमा गोल गरि घरेलु टोली क्रोएसियालाई सुरुवाति अग्रता दिलाए । ५२ औँ मिनेटमा डियाजले पोर्चुगलका लागि बराबरी गोल गरे । ६० औँ मिनेटमा सेक्वेइराले गोल गरेर अग्रता दिलाए । तर कोभासिकले ६५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरि क्रोएसियालाई बराबरीमा ल्याए । तर डियाजले ९० औँ मिनेटमा गोल...
फ्रान्सको शानदार जित

फ्रान्सको शानदार जित

अन्तराष्ट्रिय, खेलकुद
मंसिर ३ काठमाडौं । युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्स विजयी भएको छ । विश्व विजेता फ्रान्सले घरेलु मैदानमा भएको खेलमा स्वीडेनलाई ४–२ ले पराजित गरेको हो । फ्रान्सका लागि ओलिभर जिरउडले दुई तथा पाभार्ड र कोम्यानले एक एक गोल गरे । स्वीडेनका लागि क्लाएसन र क्वाइसनले एक एक गोल गरे पनि हार टार्न सेकनन् । चौथो मिनेटमा भिक्टोर क्लाएसनले गोल गरी स्वीडेनलाई अग्रता दिलाए । १६ औँ मिनेटमा जिरउडले फ्रान्सका लागि बराबरी गोल फर्काए । ३६ औँ मिनेटमा बेन्जामिन पाभार्डले गोल गरेपछि पहिलो हाफमा फ्रान्सले २–१ को अग्रता लियो । जिरउडले ५९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । जिरउडले फ्रान्सका लागि अहिलेसम्म ४४ गोल गरेका छन् । ८८ औँ मिनेटमा क्वाइसनले स्वीडेनका लागि अर्को गोल थपे । इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा किङ्गस्ली कोम्यानले गोल गरेपछि फ्रान्स ४–२ ले विजयी...
‘जलवायु परिवर्तन कोभिड भन्दा कडा चुनौती’

‘जलवायु परिवर्तन कोभिड भन्दा कडा चुनौती’

अन्तराष्ट्रिय
मंसिर २ काठमाडौं । विश्वले जलवायु परिवर्तन समस्यासँग जुझ्न कोरोना भाइरस माहामारीलाई जस्तै महत्व दिएर काम गर्नु पर्ने रेडक्रस सोसाइटीले मङ्गलबार चेतावनी दिएको छ । विश्वलाई कोभिड–१९ सङ्क्रमणको महामारीलेभन्दा विश्वव्यापी तापक्रम वृद्धिले ठूलो चुनौती दिएको रेडक्रसले बताएको हो । ‘अहिले कोरोना भाइरसको महामारी भए पनि जलवायु परिवर्तनले पार्ने प्रभाव रोकिएका छैनन्’, रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघद्वारा जारी नयाँ रिपोर्टमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनले गत मार्चमा कोभिड–१९ का कारण विश्वव्यापी महामारीको घोषणा गरेको थियो । सन् १९६० पछिका विश्वव्यापी विनासका करिब १०० घटनाहरू भएका र तिमध्ये जलवायु परिवर्तनसँग सम्बन्धित रहेका छन् । ती सङ्कटका कारण पाँच करोड मानिस प्रभावित बनेका छन् । आइएफआरसीका महासचिब जागन चापागाईंले ‘भर्चुअल प्रेस कन्फरेन्स’ मा भने, ‘पक्कै पनि,...
विश्व स्वास्थ्य सङ्गठनका ६५ कर्मचारीमा कोरोना

विश्व स्वास्थ्य सङ्गठनका ६५ कर्मचारीमा कोरोना

अन्तराष्ट्रिय
मंसिर २ काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का ६५ जना कर्मचारी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना सङ्क्रमित भएका हुन् । उनीहरु सवै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको पनि अधिकारीहरुले बताएका छन् । संगठनका केही कर्मचारी घरबाटै काम गर्दा र केही कर्मचारी फिल्डमा काम गरेका बेला सङ्क्रमित भएको जनाइएको छ । डब्लुएचओले सामाजिक सञ्जाल ट्वीटरबाट दिएको जानकारी अनुसार सङ्क्रमण पुष्टि भएका सवैलाई पर्‍याप्त उपचारको व्यवस्था गरिएको छ । त्यसैगरी उनीहरुसँग सम्पर्कमा रहेकाहरूलाई पनि परीक्षण गराउने र स्वास्थ्य सतर्कता अपनाउन लगाउने पनि गरिएको डब्लुएचओले जनाएको छ । विश्वव्यापीरूपमा फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि नेतृत्वदायी भूमिका खेल...
दिल्लीबाट २ आतंककारी पक्राउ

दिल्लीबाट २ आतंककारी पक्राउ

अन्तराष्ट्रिय
मंसिर २ काठमाडौं । भारतको दिल्लीबाट २ आतंककारीलाई पुलिसले पक्राउ गरेको छ । उनीहरुबाट बिस्फोटक पदार्थ बरामत भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरु दुबै जना आतंककारी संगठन ज्यास ए मोहम्मदसँग जोडिएका पाइएको छ । उनीहरु जम्मू कश्मिरको बारामूलामा बस्ने गरेको पाइएको छ । उनीहरुको ह्वाट्सएप ग्रुपबाट पाकिस्तानमा रहेका आतंककारीसँग गफ हुने गरेको बताइएको छ । उनीहरुबाट दुई पेस्तोल र १० बुलेट बरामद गरिएको छ । ...
बंगलादेशी क्रिकेटरलाई ज्यान मार्ने धम्की

बंगलादेशी क्रिकेटरलाई ज्यान मार्ने धम्की

अन्तराष्ट्रिय
मंसिर २ काठमाडौं । बंगलादेशी क्रिकेटर शाकिब अल हसनले कोलकतामा माता कालीको पूजा गरेको भन्दै ज्यान मार्ने धम्की आएको छ । उनले माफी समेत मागिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । बंगलादेशका पूर्व कप्तानले गत हप्ता बिहीवार पूजा गरेका थिए । त्यसपछि बंगलादेशीका एक व्यक्तिले फेसबुकमा ज्यान मार्ने धम्की दिएका थिए । जसका कारण शाकिव दवावमा थिए । मंगलवार अलराउण्डरले माफी मागेका छन् । उनले भनेका छन्, अब बाट फेरि यस्तो गल्ती हुनेछैन । ...
ट्रम्पले भने- यो इतिहासकै सबैभन्दा कपटपूर्ण चुनाव

ट्रम्पले भने- यो इतिहासकै सबैभन्दा कपटपूर्ण चुनाव

अन्तराष्ट्रिय
मंसिर २ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले अमेरिकाको चुनावलाई लिए विभिन्न प्रश्न उठाइरहेका छन् ।अमेरिकी मिडियाका अनुसार डेमोक्रेट उम्मेद्वार जो बाइडेनले ठूलो अन्तरमा उनलाई पराजित गरेका छन् । तर ट्रम्पले उनको जितलाई अस्विकार गरेका छन् । सोमवार उनले ट्वीटर गरेर यस पटकको चुनाव इतिहासकै सबैभन्दा कपटपूर्ण चुनाव भएको बताएका हुन् । ...