आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

बंगलादेशी क्रिकेटरलाई ज्यान मार्ने धम्की

मंसिर २ काठमाडौं । बंगलादेशी क्रिकेटर शाकिब अल हसनले कोलकतामा माता कालीको पूजा गरेको भन्दै ज्यान मार्ने धम्की आएको छ ।

उनले माफी समेत मागिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । बंगलादेशका पूर्व कप्तानले गत हप्ता बिहीवार पूजा गरेका थिए ।

त्यसपछि बंगलादेशीका एक व्यक्तिले फेसबुकमा ज्यान मार्ने धम्की दिएका थिए । जसका कारण शाकिव दवावमा थिए ।

मंगलवार अलराउण्डरले माफी मागेका छन् । उनले भनेका छन्, अब बाट फेरि यस्तो गल्ती हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *