आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ९० लाख पार

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ९० लाख पार

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या ९० लाख पार भइसकेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार संसारभरी कोरोना संक्रमितको संख्या ९१ लाख ८५ हजार ९ सय ७४ पुगेको छ । हालसम्म यो महामारीले ४ लाख ७४ हजार ५७ जनाको मृत्यु भइसकेको छ । अमेरिका कोरोनाको सबैभन्दा धेरै प्रभावित देश बनेको छ । अमेरिकामा २२ लाख ९१ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् जबकि त्यहाँ एक लाख २० हजारभन्दा बढीको मृत्यु भएको छ । ब्राजिलमा कोरोनाका १० लाख ८३ हजार बढी संक्रमित छन् त्यहाँ मृतकको संख्या ५० हजार पार भएको छ । रुसमा पाँच लाख ९१ हजार बढी व्यक्ति कोरोनाद्वारा संक्रमित छन् । यद्यपि, यहाँ यो महामारीका कारण धेरैको मृत्यु भएको छैन । यहाँ आठ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमित व्यक्तिको संख्याको हिसाबले भारत चौथो स्थानमा छ । भारतमा चार लाख २५ हजार बढी व्यक्ति संक्रमित भइसकेका छन् जबकि यहाँ...
विश्वभर २४ घण्टामा भेटिए हालसम्मको सर्वाधिक कोरोना संक्रमित

विश्वभर २४ घण्टामा भेटिए हालसम्मको सर्वाधिक कोरोना संक्रमित

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्व स्वास्थ्य संगठनले पछिल्लो २४ घण्टामा हालसम्मको सर्वाधिक संक्रमित भेटिएको जानकारी दिएको छ । संगठनले पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ । तीमध्ये ६० प्रतिशत बढी संक्रमित उत्तरी र दक्षिणी अमेरिकाको भएको जानकारीमा उल्लेख छ । विभिन्न देशले क्रमशः लकडाउन खुकुलो बनाउँदै गएपछि संक्रमितको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भइरहेको छ । अमेरिका अहिले पनि संसारको सबैभन्दा प्रभावित देश हो । यहाँ हालम्मि २२ लाख ७९ हजार संक्रमित भेटिएका छन् । ब्राजिल दोस्रो सर्वाधिक प्रभावित देश हो । यहाँ करिब ११ लाख संक्रमित छन् भने करिब ५० हजार मृतक रहेका छन् । संसारभर कोरोना संक्रमित व्यक्तिको संख्या ८९ लाखभन्दा बढी भइसकेको छ भने मृतकको संख्या ४ लाख ६७ हजारभन्दा बढी छ । स्रोतः बीबीसी ...
पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,संक्रमित स‌ंख्या ९ हजार कट्यो

पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,संक्रमित स‌ंख्या ९ हजार कट्यो

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या नौ हजार २६ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कहाँ–कहाँ थपिए संक्रमित ? मन्त्रालयका अनुसार सबैभन्दा धेरै अर्घाखाँचीमा ७४ संक्रमित थपिएका छन् । यस्तै, सिराहाका ५२ जना, डडेलधुराका ४१, डोटी र कैलालीका २७/२७ जना, कपिलवस्तुका २५, बाग्लुङका २३, नवलपरासीका २२, प्युठानका २० तथा स्याङ्जा र दाङका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी, धनुषाका ८ जना, गुल्मीका ७, झापा र सल्यानका ६र६ जना, उदयपुर, सर्लाहीका ५र५ जना, पाल्पा, म्याग्दी, तनहुँ र रोल्पा ४र४ जना, बारा र बर्दियाका ३र३ जना, मोरङ, सुनसरी, महोत्तरी, सप्तरी, सुर्खेत, अछाम, बैतडी...
योग र ध्यानमा देखिने छ तत्कालै यि भिन्न अनुभव

योग र ध्यानमा देखिने छ तत्कालै यि भिन्न अनुभव

Featured, समाज, स्वास्थ्य
तपाईंको उमेर जतिसुकै होस् । तपाईंको अवस्था जस्तोसुकै होस् । योग गर्नका लागि कुनै छेकबार छैन । जहाँ पनि, जहिले पनि तपाईंले योगलाई आफ्नो दैनिकीको हिस्सा बनाउन सक्नुहुन्छ । हामीकहाँ योगको अभ्यास सदियौंदेखि हुँदै आएको छ । हाम्रा पूर्खाहरूले यसको अभ्यास, विकास र विस्तार गरे । आजको दिनमा भने योगको महिमा र महत्वलाई हामीले भुल्दै गएका छौं । जीवनको उद्देश्य भनेको नै जीवन जिउने सर्वोत्तम तरिका बुझ्नु हो । योगको सुत्रधार महर्षि पतञ्जलीलाई मानिन्छ। उनले योग अभ्यासको विधिहरू पहिल्याएका थिए । साथै, आफैँमाथि सफल अभ्यास गरेका थिए । उनी एक योगी तथा एक ज्ञानी थिए, जो इशापूर्व पाँचौं शताब्दीअघि जन्मिएको मत पनि पाइन्छ । उनले योगीको जीवन र अभ्यासको जानकारी जम्मा गरे र त्यसलाई विस्तार गरे । उनले योग सूत्र लेखे, खासमा उनी योगको प्रमाण, चेतना र मानवीय परिस्थितीको सूत्र हुन् । विज्ञहरू भन्छन्, योग ब्रह्...
शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित,संक्रमितको ८६०५ संख्या पुग्यो

शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित,संक्रमितको ८६०५ संख्या पुग्यो

समाचार, समाज, स्वास्थ्य
शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन्। गौतमका अनुसार काठमाडौंकी एक जना महिलामा पनि कोरोना देखिएको छ। योसँगै कोरोनाबाट शनिबारसम्म संक्रमित हुनेको संख्या आठ हजार छ सय पाँच पुगेको छ। कोरोना निको भएर शनिबार एक सय ७६ जना घर फर्किएका छन्। शुक्रबारसम्म नेपालमा आठ हजार दुई सय ७४ कोरोनाका विरामी थिए। ...
होम क्वारेन्टिनमा बसेका बेला मृत्युु भएका ६९ वर्षीय पुरूषमा कोरोना पोजेटिभ

होम क्वारेन्टिनमा बसेका बेला मृत्युु भएका ६९ वर्षीय पुरूषमा कोरोना पोजेटिभ

समाचार, समाज, स्वास्थ्य
गुल्मीमा होम क्वारेन्टिनमा बसेकाबेला मृत्युु भएका ६९ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको छ। करिब दुई हप्ताअघि भारतको मुम्बईबाट आई होम क्वारेन्टिनमा बसेका छत्रकोट गाउँपालिकाका ती पुरूषको बिहीबार राति मृत्यु भएको थियो। गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्तले मृत्यु भएका पुरूषको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। मुम्बईबाट आएका उनलाई प्यारालाइसिसको समस्या रहेपछि गाउँपालिकाको वडा नम्बर ५ मैनडाँडामा रहेको घरमै रेखदेख गर्नेगरी राखिएको थियो। उनलाई घरमा ल्याएपछि नै आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको भए पनि पिसिआर परीक्षणको लागि भने शुक्रवार बिहानमात्र उनको स्वाब संकलन गरिएको थियो। स्वाब भैरहवा पठाएर परीक्षण गरी रिपोर्ट आउन समय लाग्ने भएकोले उनको शवलाई नेपाली सेनाको टोलीले शुक्रबार बिहान व्यवस्थापन गरेको थियो। स्वाब परीक्षणको रिपोर्टमा...
ट्राभल हिस्ट्री नभएका १९ महिने शिशुमा कोरोना भाइरस पुष्टि

ट्राभल हिस्ट्री नभएका १९ महिने शिशुमा कोरोना भाइरस पुष्टि

समाचार, समाज, स्वास्थ्य
पोखरा । कास्कीको मादी गाउँपालिकामा शनिबार १९ महिने शिशुसहित २ जनामा कोरोना भाइरस पुष्टि भयो । प्रदेश स्वास्थ्य निर्देशनालयको रिपोर्ट अनुसार कोरोना संक्रमण पुष्टि हुने अर्का ४१ वर्षीय पुरुष छन् । १९ महिने शिशुको कुनै पनि ट्राभल हिस्ट्री नभएकाले कसरी कोरोना संक्रमित बन्न पुगे भन्नेबारे खोजी भइरहेको गाउँपालिकाले जनाएको छ । ‘बा भारतमा थिए । आमाले लकडाउनपछि गाउँ छोडेकी छैनन्,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले भने, ‘उहाँहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।’ शिशुका बाबु केही दिनअघिमात्रै गाउँ आएका थिए । तर, गाउँ आएर पनि सीधै क्वारेन्टिनमा बसिरहेको अधिकृत सापकोटाले बताए । उनले भने, ‘बा सुरुमा खाना लगेर शिशु भेट्न गएका रहेछन् । त्यही आधारमा हामीले परिवारकै स्वाब परीक्षण गर्न पठाएका थियौं । तर, शिशुको मात्रै पोजेटिभ आयो ।’ उनले परिवारका अन्य सदस्य तथा सम्पर्कमा आएका अ...
कोरोना संक्रमणको कारण ज्यान गुमाउने ४३ वर्षीया महिलाको शव नेपाली सेनाबाट सम्मानपूर्वक व्यवस्थापन

कोरोना संक्रमणको कारण ज्यान गुमाउने ४३ वर्षीया महिलाको शव नेपाली सेनाबाट सम्मानपूर्वक व्यवस्थापन

समाचार, समाज, स्वास्थ्य
कोरोना संक्रमणको कारण ज्यान गुमाउने कैलालीको लम्की चुहा नगरपालिका-२ की ४३ वर्षीया महिलाको शव नेपाली सेनाले सम्मानपूर्वक व्यवस्थापन गरेको छ। नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएकी महिलाको शव बर्दियाको मानखोलास्थित ढकेरी जंगलमा सेनाले अन्त्यष्टि गरेको हो। जंगलमा एक्स्काभेटरले खाल्डो खनेर सेनाले ती महिलाको शव सम्मानपूर्वक अन्त्येष्टि गरेको हो। शव खाल्डोमा हाल्नुअघि सेनाको टोलीले मृतक महिलाप्रति सलामी अर्पण गरेका थिए। शव व्यवस्थापन कार्यमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, नेपाली सेनाका कर्णेल नकुल थापा लागयतको पनि सहभागिता थियो। मृतक महिला ३१ जेठमा टाउकोमा चोड लागेको कारण उपचारका लागि नेपालगन्ज मेडिकल कलेमा भर्ना भएकी थिइन्। सर्जरी गर्नुअघि उनको पीसीआर परीक्षणका लागि असार २ गते स्वाब संकलन गरिएको थियो। उनको बुधबार बेलुका कोर...
भरतमोहन स्‍मृति फाउण्डेसनबाट ९०० जनालाई भोजन वितरण

भरतमोहन स्‍मृति फाउण्डेसनबाट ९०० जनालाई भोजन वितरण

आर्थिक, समाचार, समाज, स्वास्थ्य
काठमाडौं, २ असार - पूर्व उपप्रधान एवम् अर्थमन्त्रीको स्‍मृतिमा स्थापित भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनले ९०० जनालाई भोजन वितरण गरेको छ । फाउण्डेसनले मंगलबार बुढानिलकण्ठमा दिन दु:खी, असहाय, मजदुर एवम समस्यामा परेकाहरुलाई खाना वितरण गरेको हो । भोजन वितरण कार्य साँझ ४ बजे शुरु भएको थियो । फाउण्डेसनकी सदस्य लिमा अधिकारीको अगुवाइमा भएको भोजन वितरण कार्यक्रममा फाउण्डेसनकी अध्यक्ष सबिता अधिकारी लगायत फाउण्डेसनका सदस्यहरु जयन्ती राई,खम्ब खत्री, शान्ति अधिकारी लगाएतको उपस्थिति उपस्थिती रहेको थियो । कार्यक्रम स्थानीयहरु, प्रहरी प्रशासनको सहयोगमा सम्पन्न भएको थियो । राहत वितरण पस्चात संचारकर्मीहरुसँग कुराकानी गर्दै फाउण्डेसनकी अध्यक्ष सबिता अधिकारीले कोभिड १९ का कारण सिर्जित प्रतिकुलताका कारण गर्जो टार्न मुश्किलमा परेका तप्कालाई राहत स्वरुप भोजन वितरण गरिएको बताईन । त्यसैगरि फाउण्डेसनकी सदस्...
बाँकेमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु

बाँकेमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु

समाचार, समाज, स्वास्थ्य
काठमाडौं । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो । ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए । उनी निमोनियाले पीडित थिइन् । स्वास्थ्य गम्भीर हुँदै गएपछि जेठ ३० गते उनलाई अस्पताल भर्ना गरिएको थियो । बाँकेमा कोरोना भाइरसबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् । यसअघि ४ जेठमा बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको कोरोनाबाटै मृत्यु भएको थियो । नेपालमा हालसम्म कोरोनाबाट १९ जनाको मृत्यु भइसकेको छ । ...