आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने तर्फ सचेत हुन गृहमन्त्रालयको निर्देशन

चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने तर्फ सचेत हुन गृहमन्त्रालयको निर्देशन

समाचार, स्वास्थ्य
गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा तीव्ररूपमा फैलिरहेकाले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौती थपिँदै गएको अवस्थामा चाडबाडमा यसले थप जोखिम निम्त्याउन सक्नेतर्फ मातहतका निकायको ध्यानाकर्षण गराएको हो । निकट रहेको बडादशैँ, तिहार, छठ, नेपाल संवतलगायतका चाडपर्वमा मानिसको आवतजावत बढ्न जाँदा सङ्क्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा जोखिम थप बढ्न नदिन दशैँ बिदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न मन्त्रालयले निर्देशन दिएको छ । जोखिम नियन्त्रणका लागि समन्वयात्मकरूपमा हरसम्भव उपायहरू अवलम्बन गर्न र गराउन मातहत सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकिएको मन्त्राल...
कीर्तिमानी गीतकार तथा उपन्यसकार डा. डीआर उपाध्यायलाई कोरोना संक्रमण

कीर्तिमानी गीतकार तथा उपन्यसकार डा. डीआर उपाध्यायलाई कोरोना संक्रमण

समाचार, स्वास्थ्य
कीर्तिमानी गीतकार तथा उपन्यसकार डा. डीआर उपाध्यायलाई कोरोना संक्रमण भएको छ । उहाँले आफूलाई कोरोना संक्रमण पुष्टि भएको र सम्पर्कमा आउनु भएकालाई सचेत हुन आग्रह गर्नुभएको छ । बिहीबार शरीर दुखेको र ज्वोरो आएपछि कोरोना संक्रमण परीक्षण गरेका उनमा शनिबार संक्रमण पुष्टि भएको हो । उपाध्यायले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरूलाई सुरक्षित र सतर्क रहन आग्रह गर्नुभएको छ । उपाध्याय होम आइसोलेसनमै बस्नुभएको छ । तथ्यखबर परिवार उहाँको शीर्घ स्वास्थ्य लाभको कामना गर्दछ । ...
काठमाडौं उपत्यकामा संक्रमणको अवस्था भयावह उन्मुख:डा डीआर उपाध्याय

काठमाडौं उपत्यकामा संक्रमणको अवस्था भयावह उन्मुख:डा डीआर उपाध्याय

समाचार, स्वास्थ्य
कोभिड–१९ ले मुलुकको अवस्था झन्झन् डरलाग्दो बन्दै गइरहेको छ । संक्रमितको दर तीव्र गतिमा उकालिँदै छ । यो कोरोना भाइरस महिनौको लकडाउन र निषेधाज्ञाका बाबजुद पनि नियन्त्रणमा आउन सकेन । परीक्षणमा वृद्धि, राम्रो कन्ट्याक्ट ट्रेसिङ, गहिरो केस इन्भेस्टिगेसन, जनस्वास्थ्य मापदण्डको पालनालगायत प्रक्रिया दुई साता कडाइका साथ पालना गरे संक्रमणको दरमा कमी आउने जनस्वास्थ्य बिज्ञले बताईरहेका छन । सबै अस्पताललाई कोरोना अस्पतालमा परिणतको निर्णयपछि अन्य बिरामीको व्यवस्थापन झन् कठिन बनेको छ । यो बिषयमा सरकारले बिचार गर्नु पर्ने आबश्यकता देखिएको छ । उपत्यकामा संक्रमण दर निरन्तर बढिरहेको छ । यो डर लाग्दो संकेत हो । आफनो सुरक्षा आफै गरौं । अनाबश्यक भिडभाड नगरौं । दशैको टिका नजिकै आएको छ । टिका लगाउन धेरै भिडभाड नगरौं । आफनै घरमा बसेर टिका लगाऔं । बाहिर हिड डुल नगरौ । कोरोना भाईरस संग छलिदै आफनो काममा लागौं । काठम...
आज देशभर ३ हजार ५५६ जना,काठमाडौं उपत्यकामा २ हजार १२९ जना कोरोना संक्रमित थपिए

आज देशभर ३ हजार ५५६ जना,काठमाडौं उपत्यकामा २ हजार १२९ जना कोरोना संक्रमित थपिए

समाचार, स्वास्थ्य
मंगलबार देशभर ३ हजार ५५६ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ३ हजार ५५६ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १५ हजार ३५८  पुगेको छ। हालसम्म ७८ हजार ७८० जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १ हजार ५०३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ। यस्तै आज काठमाडौं उपत्यकामा २ हजार १२९ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार ७४६ , ललितपुरमा २१६ र भक्तपुरमा १६७ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको छ। गत २४ घण्टामा १५ ह...
एकजना कोरोना संक्रमितको चितवन मेडिकल कलेजमा मृत्यु

एकजना कोरोना संक्रमितको चितवन मेडिकल कलेजमा मृत्यु

समाचार, स्वास्थ्य
भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालका अनुसार भरतपुर महानगरपालिका–१० का ७८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राति ८ः४० बजे मृत्यु भएको हो । असोज २२ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि असोज २४ गते अस्पतालमा भर्ना गरिएको थियो । आईसीयूमा राखेर उनको उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालका सूचना अधिकारी डा. किशोर अधिकारीले जानकारी दिए । डा. अधिकारीका अनुसार उनी प्रोस्टेट क्यान्सरबाट पनि पीडित थिए । ...
पछिल्लो २४ घण्टामा देशभरमा थप ४ हजार ४७,काठमाडौं उपत्यकामा २२८३ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभरमा थप ४ हजार ४७,काठमाडौं उपत्यकामा २२८३ कोरोना संक्रमित

समाचार, स्वास्थ्य
नेपालमा थप ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा १४ हजार ५ सय ३० जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । यस्तै, गत २४ घण्टामा देशभर गरी १ हजार ४ सय ७३ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ । यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेक...
नेपाल राष्ट्र बैंकका १९ कर्मचारीमा कोरोना  पुष्टि

नेपाल राष्ट्र बैंकका १९ कर्मचारीमा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
काठमाडौं । नेपाल राष्ट्र बैंकमा एकैचोटी १९ जना कर्मचारी कोरोना संक्रमित भएका छन् । बैंकको केन्द्रीय कार्यालय बालुवाटार र काठमाडौंको विभिन्न ठाउँमा रहेका कार्यालयका कर्मचारीमा संक्रमण पुष्टि भएको हो । यसअघि डेपुटी गभर्नर शिवराज श्रेष्ठ कोरोनाबाट मुक्त भएसँगै आज बैंकका एकजना कार्यकारी निर्देशकमा पनि संक्रमण देखिएको छ । झण्डै एक सय जनाको हाराहारीमा कर्मचारी संक्रमित भइसकेको अवस्थामा आइतबार १९ जना कर्मचारी थपिएका हुन् । ...
कोरोना भाइरसको उच्च सङ्क्रमण रहेका  देश

कोरोना भाइरसको उच्च सङ्क्रमण रहेका देश

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७९ लाख ४५ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय आइतबार जानकारी दिएको छ। पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १८ हजार नाघेको छ। कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ७० लाख ५३ हजार भन्दा बढी सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख ८ हजार ३७१ जनाको मृत्यु भईसकेको छ । कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ९१ हजार नाघेको छ । सङ्क्रमणको कारण एक लाख ५० हजार भन्दा बढीको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ८५ ह...
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई कोरोना संक्रमित

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई कोरोना संक्रमित

समाचार, स्वास्थ्य
 संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई कोरोना संक्रमित भएका छन्। बिरामी भएपछि आज उनले पीसीआर परीक्षण गराएका थिए। नतिजा पोजेटिभ आएको हो। उनले सामाजिक सञ्जालमा आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन्। भट्टराईले आफूसँग सम्पर्कमा रहेकालाई परीक्षण गर्न सुझाव दिएका छन। उनले लेखेका छन्, ‘गत सोमबार कोरोना परीक्षाण गर्दा रोपोर्ट नेगेटिभ आएको थियो। त्यसक्रममा काठमाडौं बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ। हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो। आज शनिबार पुनः कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भरखरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन्। केहि दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु। मेरा कारणले कसैलाई पर्न जाने असुबि...
आज उपत्यकामा मात्रै २ हजार ६ सय ७२ संक्रमित थपिए

आज उपत्यकामा मात्रै २ हजार ६ सय ७२ संक्रमित थपिए

समाचार, स्वास्थ्य
आज हालसम्मकै धेरै संक्रमित थपिएका छन। पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज उपत्यकामा मात्रै २ हजार ६ सय ७२ संक्रमित थपिएका छन्। २४ घन्टामा काठमाढौंमा २१ सय, भक्तपुरमा २ सय ३ र ललितपुरमा ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै आज १ हजार २ सय २९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा ७४ हजार २ सय ५२ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ११ लाख ४५ हजार २ सय ३७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ४ हजार ६ सय ८६ जना क्वारेन्टाइनमा छन्। नेपालमा ...