मंगलबार देशभर ३ हजार ५५६ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ३ हजार ५५६ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १५ हजार ३५८  पुगेको छ।

हालसम्म ७८ हजार ७८० जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १ हजार ५०३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ।

यस्तै आज काठमाडौं उपत्यकामा २ हजार १२९ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार ७४६ , ललितपुरमा २१६ र भक्तपुरमा १६७ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको छ। गत २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार ७९५ जना क्वारेन्टिनमा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here