नेपालमा थप ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

गत २४ घण्टामा १४ हजार ५ सय ३० जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा देशभर गरी १ हजार ४ सय ७३ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here