आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

टोकियोमा कोरोनाभाइरसको तेस्रो लहर,केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न आग्रह

टोकियोमा कोरोनाभाइरसको तेस्रो लहर,केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न आग्रह

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
टोकियोका गभर्नरले शनिबार जापानको केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न आग्रह गरेका छन् । देशले कोरोनाभाइरसको तेस्रो लहरको सामना गरिरहेको र कोभिड–१९ सङक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि सङ्क्रमण नियन्त्रणका लागि टोकियोका गभर्नरले केन्द्र सरकारको अनुमति माग गरेका हुन् । गभर्नर यूरिको कोइकीले तीन छिमेकी क्षेत्रका गभर्नरहरूसँग मिलेर कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न मन्त्री यासुतोशी निशिमुरासँग भेट गरेका हुन् । भेटमा उनीहरूको इलाकामा नियन्त्रणका उपाय लागु गर्नुपर्ने माग कोइकीले राखेका थिए । जापानी अधिकारीहरूले हालैका हप्ताहरूमा रेस्टुरेन्टहरू र व्यवसायहरूलाई चाँडै बन्द गर्न र मानिसहरूलाई सकेसम्म धेरै समय घरभित्रै बस्न आग्रह गरेका थिए । यसले जापानमा सङ्क्रमण दर बढेपछि नियन्त्रणका लागि अपनाईएको पूर्व सावधानीलाई बताएको तर यो उपायले मात्र कोभिड–१९ नियन्त...
नेपालमा ५ हजार २२५ जनाको पीसीआर परिक्षण गर्दा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा ५ हजार २२५ जनाको पीसीआर परिक्षण गर्दा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 शुक्रबार नेपालमा ५ हजार २२५ जनाको पीसीआर परिक्षण गर्दा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ४८ रहेको छ । पछिल्लो २४ घण्टामा ७४८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५३हजार १०७ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८६४ पुगेको छ। यस्तै हालसम्म ३६७ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १९ लाख ३७ हजार ७०२ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको छ। ...
चीनमा पनि कोरोना भाइरसको नयाँ संक्रमित भेटिए

चीनमा पनि कोरोना भाइरसको नयाँ संक्रमित भेटिए

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
चीनमा पनि कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ । कोरोना भाइरसको सुरुवात एक वर्ष अगाडी चीनबाट नै भएको थियो । चीनबाट नै विश्वभर कोरोना फैलिएको हो । तर कोरोना भाइरसको नयाँ प्रकारका संक्रमित अहिलेसम्म धेरै बेलायतमा देखिएको छ । रोटर्सका अनुसार चीनमा कोरोना भाइरसको नयाँ प्रकार देखिएको पुष्टि चाइनिज सेन्टर फर डिजिटल कन्ट्रोल एन्ड प्रिभेशन पब्लिकेशनले गरेको हो । कोरोनाको नयाँ भाइरस फैलनबाट रोक्नको लागि विश्वका धेरै देशहरुलाई आवाजजावतमा बेलायतले प्रतिबन्ध लगाएको छ । यो नयाँ प्रकारको भाइरस पहिलाको भाइरसको तुलनामा ४० देखि ७० प्रतिशत छिटो फैलिरहेको अनुसन्धाले जनाएको छ । ...
पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५११० जनामा गरिएको परीक्षणमा ३०७ पुरुष र २०४ महिला गरी ५११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६०० रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९१२ रहेको छ । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८४७ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । त्यस्तै कास्कीमा ५०, रुपन्देहीमा १९, चितवनमा १६ र पाल्पामा १० जनामा संक्रमण देखिएको छ । ...
नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८४० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७३१ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ रहेको छ । अहिलेसम्म नेपालमा १९ लाख २१ हजार ३६७ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३६५ रहेको छ । ...
पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख १५ हजार २ सय ३२ पुगेको छ। हाल ३ सय ६९ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। ...
शनिबार नेपालमा थप ५सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि

शनिबार नेपालमा थप ५सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
शनिबार नेपालमा थप ५सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ७४९ रहेको छ । पछिल्लो २४ घण्टामा ८४० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४९ हजार १३२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८१९ पुगेको छ। यस्तै हालसम्म ३६९ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ४३४ जनाको पीसीआर परिक्षण भएको छ भने हालसम्म १९ लाख ३९२ जनाको पीसीआर परीक्षण गरिएको छ । ...
मुटुरोगका प्रमुख लक्षणहरु

मुटुरोगका प्रमुख लक्षणहरु

समाचार, स्वास्थ्य
जनचेतनाको कमिले मुटुरोगको समयमै पहिचान (Diagnosis of Heart Disease) नभएर लाखौ मानिस असामयिक मृत्युको शिकार हुनपुग्छन् । मुटुरोग प्राणघातक रोग हो र समयमै उचित उपचार (Treatment) नहुनु यसको जटिलताको (Complication) प्रमुख कारण मानिन्छ । नेपालमा पनि सबभन्दा बढी मानिसको मृत्यु मुटुरोगले नै हुने गरेको तथ्याङ्क छ । समय मै मुटुरोगको पहिचान गर्न सकिएमा , ब्यक्तिले उचित उप्चार पाउने रोग लाई सजिलै सँग निको पार्ने र जटिल्ता बाट बच्ने सम्भावना प्रबल हुन्छ । र यसको लागि मुटुरोगको निदान प्रारम्भिक अवस्थामै हुनु जरुरी हुन्छ । रोगले जटिल्ता ली सकेपछी उप्चार कठिन , महँगो, लामो र निको नहुने अवस्थामा पुग्ने भएकोले , लक्षणकै आधारमा रोगको शुरुवातमै (Prevention) पत्तालगाउनु पर्छ । अधिकांश मुटुरोग र यसका लक्षणहरु सामान्य व्यक्तिले पनि पत्ता लगाउन सक्छन् । मुटुरोग विशेषज्ञहरुले (Heart Specialist or Cardio...
काजु हाम्रो स्वास्थ्यको लागि फाइदाजनक

काजु हाम्रो स्वास्थ्यको लागि फाइदाजनक

समाचार, स्वास्थ्य
ड्राइ फ्रुटलाई स्वास्थ्यको लागि राम्रो मानिन्छ । ड्राइ फ्रुटमा कार्बोहाइड्रेट थोरै र प्रोटिन बढी पाइने भएकाले मधुमेह, उच्च रक्तचाप र मुटुरोगीहरुको लागि फाइदाजनक मानिन्छ । ड्राइ फ्रुटमा Essential fatty acid र unsaturated fat पनि धेरै हुन्छ । ड्राइ फ्रुटलाई मुटुको लागि राम्रो मानिन्छ । ड्राइ फ्रुटमा प्रसस्त एन्टीअक्सिडेण्ट पाइन्छ, जसले रोग निरोधक क्षमता बढाउँछ । ड्राइ फ्रुटमा पाइने unsaturated fat ले हृदयघात तथा अन्य रोगहरुबाट बचाउँछ । तर यस्ता ड्राइ फ्रुटमा क्यालोरी पनि धेरै भएकोले धेरै खाएमा तौल बढ्न सक्छ र यसले बेफाइदा पनि गर्नसक्छ । १ देखि २ मुठी ड्राइ फ्रुटमा दिनहु खाएमा स्वस्थकर हुन्छ । काजु (Cashew Nut) को फाईदा काजुमा Monounsaturated fatty acid (oleic and palmitoleic acids) हरु पाइन्छ, जसले मुटुलाई फाइदा गर्छ । काजुले LDL घटाउने र HDL बढाउने हुनाले, यो हाम्रो स्वास्थ्...
बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो

अन्र्तवार्ता, समाचार, स्वास्थ्य
बेलायतमा कोरोना भाइरसको  संक्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबार साँझसम्म ७० हजार नाघेको छ । क्रिसमसका दिन सार्वजनिक गरिएको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप ५७० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  ससँगै बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७० हजार १९५ पुगेको हो ।  मृतक संख्याको आधारमा बेलायत युरोपीयन मुलुकमा इटालीपछि दोस्रो स्थानमा पर्दछ । इटालीमा मृतकको संख्या  बेलायतको भन्दा लगभग एक हजारले बढी रहेको छ । यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा ३२ हजार ७२५ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । बेलायतमा संक्रमित हुनेको कुल संख्या २२ लाख २१ हजार ३१२ पुगेको छ । हाल बेलायतमा भाइरसले नयाँ रुप परिवर्तन गरेपछि संक्रमण दर तीव्र रुपमा बढ्दै गएको अधिकारीहरुले बताएका छन् । यसअघिको भाइरसको तुलनमा संक्रम...