आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख १५ हजार २ सय ३२ पुगेको छ। हाल ३ सय ६९ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *