आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न सीसीएमसीको मन्त्रिपरिषद्लाई सिफारिस

अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न सीसीएमसीको मन्त्रिपरिषद्लाई सिफारिस

समाचार, समाज
अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न कोभिड(१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले मन्त्रिपरिषद्लाई सिफारिस छ ।अन्तराष्ट्रिय र आन्तरिक उडानका कारण संक्रमण फैलिएको भन्दै सीसीएमसीको बैठकले हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकाल्दै बन्द गर्न सिफारिस गरेको सीसीएमसी सचिवालयले जनाएको छ ।अहिले सरकारले  संक्रमण बढी देखिएका २३ जिल्लामा प्रशासनले निषेधाज्ञा लगाइसकेका छन्  । वाह्य र आन्तरिक हवाई सेवा भने सुचारु रहेको छ ।  ...
१३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

१३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

समाचार, समाज
नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् । औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर विभिन्न ट्रेड युनियनले भर्चुअल माध्यमबाट छलफलको आयोजना गरेका छन् । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको थियो । अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसल...
उपत्यकाको निषेधाज्ञा दोस्रो दिन आजदेखि थप कडा गर्ने प्रशासनको तयारी

उपत्यकाको निषेधाज्ञा दोस्रो दिन आजदेखि थप कडा गर्ने प्रशासनको तयारी

समाचार, समाज
बिहिबारबाट लागू गरिएको उपत्यकाको निषेधाज्ञा दोस्रो दिन आजदेखि थप कडा गर्ने प्रशासनले तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले सरकारले लागू गरेको निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको जनाए पनि शुक्रबारदेखि थप प्रभावकारी बनाउन लागेको हो । निषेधाज्ञाको पहिलो दिन कार्यालय समयमा केहि भीड देखिएपनि समग्रमा निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको प्रशासन कार्यालयले जनाए पनि नियमानुसार पास नभएका थुप्रै नीजि तथा यात्रुबाहक सावरी साधनहरु चेकमा परेका थिए । उपत्यकाभित्रका ती सवारी साधनहरुलाई सडकमै होल्ड गरिएकाे थियाे । तर प्रहरीले राजमार्गमा होल्डमा परेका यात्रुहरुलाई सहजीकरण गर्दै गन्तव्य स्थलमा पुराइसकिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । उनले कलंकी र बसपार्कमा पनि अलपत्र परेको यात्रु नभेटिएको भएपनि कोहि यात्रु अलपत्र परेको पाइए उद्धार गरिने जानकारी...
यो शहरमा कसैले कसैको मतलव गर्दैन

यो शहरमा कसैले कसैको मतलव गर्दैन

समाचार, समाज
डा.डिआर उपाध्याय, सरकारले बिहिवार देखि देशका बिभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ । यसको प्रभाव बिभिन्न ठाउँमा परेको छ । निषेधाज्ञा जारी हुने भने पछि काठमाण्डौंबाट आफनो गाउँ फर्कनेको लर्को देखियो । आखिर आपत बिपतमा आफनै गाउँघर प्यारो हुन्छ । यो शहरमा कसैले कसैको मतलव गदैन । सवै आ आफनै धुनमा हुन्छन । मतलवी दुनिया देखेर नै धेरै मानिसहरु यो बेला आफनै गाउँघर फर्किएका छन । काठमाण्डौमा भोकै मरिन्छ की भन्ने चिन्ताले ति मानिसहरु गाउँ फर्किएका हुन । गत बर्षको लकडाउन बाट पाठ सिकेका ति मानिसहरु आफनै गाउँ घर फर्किन बाध्य भएका हुन । अरु केही होइन । अर्को कुरा ति मानिसहरु लर्को लाएर गाउँ फर्किदा के कोरोना लिएर फर्किएका त छैनन् ? यो पनि गम्भिर प्रश्न छ । सरकारले गाउँ फर्कने होइन जो जहाँ छ , त्यही बसेर सुरक्षित रहने हो , हामी छौं , केही भए सरकार छ भन्ने पनि आँट गर्न किन सकेन होला ? पक्कै गाउँ फर्क...
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने

समाचार, समाज
पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ । काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वको टोलीले भट्टराईको शल्यक्रिया गर्न लागेको हो । त्यसका लागि अध्यक्ष भट्टराई विहीबार अस्पताल भर्ना हुने छन् । शल्यक्रिया भने वैशाख १७ गते हुनेछ । यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो । वायोप्सी, DOTA NOC परीक्षण, PET CT Scan फाल्नुपर्ने चिकित्सकको सुझाव रहेको थियो । चिकित्सकको सुझावअनुसार नै अध्यक्ष भट्टराईले अहिले नेपालकै सरकारी अस्पताल वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गराउन लागेका हुन् । ...
काठमाडौं उपत्यकाका तीन जिल्लामा आज बाट १५ दिनका लागि पहिलो चरणको निषेधाज्ञा शुरु

काठमाडौं उपत्यकाका तीन जिल्लामा आज बाट १५ दिनका लागि पहिलो चरणको निषेधाज्ञा शुरु

समाचार, समाज
काठमाडौं उपत्यकाका तीन जिल्लामा आज बाट १५ दिनका लागि पहिलो चरणको निषेधाज्ञा शुरु भएको छ । काठमाडौं, ललितपुर र भुक्तपुरमा एकसाथ आज (वैशाख १६ गते) बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो । लकडाउन शुरु हुनु भन्दा अघि (बुधबार) बेलुकासम्ममा काठमाडौं उपत्यकाबाट पाँच लाख सर्वसाधरण बाहिरएका छन् । प्रमुख जिल्ला अधिकारीहरूले शुरुमा एक हप्ता (वैशाख २२) सम्मका लागि निषेधाज्ञा घोषणा गरेका भए पनि पछि मन्त्रिपरिषदको बैठकले यसको अवधि १५ दिन तोकेकाले २२ गते पुनः अर्काे एक हप्ता निषेधाज्ञा जारी गरिनेछ । ...
काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने

काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने

समाचार, समाज
काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ। पछिल्लो समय काररोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएकाले यसको न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न कामपाको मङ्गलबार बसेको विशेष कार्यपालिका बैठकमा यस किसिमको निर्णय भएको हो। “हामीले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पु¥याउनेछन् । यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए। नागरिकका समस्या सुनुवाइ गरेर समाधान गर्न टोल फ्रि नं ११८० लाई २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ। यसैगरी समुदायस्तरमा सचेतनाका बढाउन शिक्षकहरू परिचालन गर्ने,...
सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने

सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने

समाचार, समाज
सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको मङ्गलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १५ देखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो । कोभिड–१९ को सङ्क्रमण अवधिभर (वैशाख १५–३१ गतेसम्म) बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धी अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाइ मात्रै हुने बैठकले निर्णय गरेको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । बैठकले उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणहरुको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्थाको मूल्याङ्कनका आधारमा उपयुक्त देखिएको काम कारवाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत तथा न्यायाधी...
प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका करीव ५० केन्द्रीय नेताहरू कन्ट्याक्ट ट्रेसिङमा

प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका करीव ५० केन्द्रीय नेताहरू कन्ट्याक्ट ट्रेसिङमा

समाचार, समाज
प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका करीव ५० केन्द्रीय नेताहरू कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । ऊर्जा, सिचाइँ तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझी र एमालेका केन्द्रीय सदस्य विष्णु रिजाललाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री ओली कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । कोरोना संक्रमण भएका मन्त्री रायमाझी मन्त्रिपरिषद र एमालेको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका थिए । केन्द्रीय सदस्य रिजाल पनि बालुवाटारको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका थिए । नेता रिजालले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको भन्दै सम्पर्कमा आएकाहरूलाई सर्तक रहन अनुरोध गरेका थिए । बैठकका क्रममा रिजालसहितका एमालेका नेताहरूले प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापासहितका नेताहरूसँग मास्क नलगाएर सामूहिक तस्वीर खिचाएका थिए । केन्द्रीय कमिटीको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । ...
स्वास्थ्य मापदण्ड पूरा गरी रामभक्त हनुमान जन्मजयन्ती पूजा आराधना

स्वास्थ्य मापदण्ड पूरा गरी रामभक्त हनुमान जन्मजयन्ती पूजा आराधना

समाचार, समाज
प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज पूजा, आराधना एवं पाठ गरी देशभर मनाइएको छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने परम्परा छ । हनुमान जयन्तीका अवसरमा गरिने शोभायात्रा भने यस वर्ष कोरोनाबाट बच्नका लागि साङ्केतिकरूपमा मात्र गरी विधि पूरा गरिएको छ । हनुमान आराधना मण्डल, मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्रलगायतले हनुमान जयन्तीका अवसरमा दूरी कायम गरी पूजा आराधना गरेका छन् । सरकारले जारी गरेको स्वास्...