आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द

सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द

समाचार, समाज
सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द भएको छ। कोरोना महामारी फैलिएसँगै यातायात व्यवस्था विभागले अनलाइन आवेदन बन्द गरेको हो। कोरोना महामारी फैलिएको भन्दै विभागले आज सूचना निकालेर अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो। विभागका प्रवक्ता लोकनाथ भुसालले अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द गरिएको बताए। ...
सरकारको सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने  निर्णय प्रति यातायात व्यवसायीहरु असन्तुष्टि

सरकारको सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय प्रति यातायात व्यवसायीहरु असन्तुष्टि

समाचार, समाज
सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रति यातायात व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छन्। सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको छ। सरकारको निर्णय विभेदपूर्ण रहेको भन्दै यातायात व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन्। कोरोना संक्रमणको अवस्था भयावह छ भने अत्यावश्यक बाहेकका सबै प्रकारका यातायातका साधन रोक्नुपर्ने व्यवसायीको माग छ। महासचिव सिटौलाले आन्तरिक उडान र सार्वजनिक यातायातलाई विभेद गरिए यातायात सञ्चालनमा रोक लगाउने सरकारको निर्णयको स्वस्फूर्त अवज्ञा हुने चेतावनी समेत दिए। अघिल्लो वर्ष लामो समय बन्द गरिदा यातायात क्षेत्र धरासयी भएको भन्दै व्यवसायीहरुले यस वर्ष यातायात व्यवसायलाई बन्द गर्नु नहुने बताइरहेका छन्। सार्वजनिक यातायात बन्द गरेर मात्रै कोरोना संक...
मान्छेले जस्तो पनि सहनु पर्छ

मान्छेले जस्तो पनि सहनु पर्छ

समाचार, समाज
डा.डिआर उपाध्याय, आज म अलि भावुक र चिन्तित पनि छु । केहि सोच्न सकेको छैन । किन हो कुन्नि । आज पटक्कै निर्दा लागेन । मेरै मनमा द्धन्द्ध चर्किरहेको छ । म स्वभावले अलि आशावादी मान्छे हुँ । अव त के आश गर्ने के नगर्ने अलि दोधारमा छु । यहि १६ गते देखि एक साताको लागी बन्दावन्दी हुदैछ । थप यो कति लामो जाने हो यसै भन्न सकिने अवस्था छैन । आज म मात्र होइन, यो बिषयमा म जस्ता धेरै मानिसहरु चिन्तित होलान । श्रमजीवि मजदुर पनि चिन्तित होलान । उनलाई म के भनु । गत बर्षको लकडाउनले अझै पनि झलझलती सम्झाईरहेको छ, घरि घरि झस्काईरहेको छ । म यसो सोच्छु , बिचार गर्छु , फेरि घरभित्र कति समय बित्ने हो । गत बर्षको अनुभव बसिरहन पनि नसकिदो रहेछ । दिगदार लाग्दोरहेछ । मान्छेले जस्तो पनि सहनु पर्छ । धर्य रहन सिक्नु पर्छ । कोरोना जस्तो घातक रोग संग खेलवाड पनि त गर्नु भएन नी । म आफु सचेत र सतर्क हुन्छु । तपाईहरु पन...
सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने

सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने

समाचार, समाज
सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संक्रमणको स्थिति गम्भिर देखिएकोले कम्तिमा एक साता निषेधाज्ञा अथवा लकडाउन हुने र त्यो भन्दा अगाडि २ दिनको समय दिइने बताए। सोमबार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कम्तिमा दुई दिनको समय दिएर एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको हो। कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दापनि संक्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्ण रुपमा बन्द गराउन निषेधाज्ञा जारी गर्ने निर्णय भएको पनि बताए। लकडाउन गर्नु भन्दा अगाडि सतर्क रहन सर्वसाधारणलाई अपिल गरिएको भएपनि मापदण्ड पूर्ण रुपमा पालना नहुँदा संक्रमणको स्थिति गम्भिर बनेको ठहर प्रशासनको छ। ...
उपत्यकाका तीन जिल्लामा बिहिबार राती १२ बजेदेखि निषेधाज्ञा

उपत्यकाका तीन जिल्लामा बिहिबार राती १२ बजेदेखि निषेधाज्ञा

समाचार, समाज
उपत्यकाका तीन जिल्लामा बिहिबार राती १२ बजेदेखि निषेधाज्ञा हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले बैशाख १६ गते बिहिबारदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।    समाचार स्रोतका अनुसार सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासनबीच भएको छलफलपछि आगामी वैशाख १६ गते बिहिबार मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको हो । स्रोतले भन्यो, ‘उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिने निर्णय भएको छ । निजी र सार्वजनिक यातायात दुवै बन्द गरिनेछ । त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्‍चालनमा पनि रोक लगाइने छ । निषेधाज्ञाको विस्तृत सूचना केहीबेरमा सार्वजनिक हुँदैछ ।’  कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमितिको सक्रिय सङ्ख्यालाई हेरेर स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी...
उपत्यकाका तीन जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट हुने अत्यावश्यक बाहेक सबै सेवा बन्द

उपत्यकाका तीन जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट हुने अत्यावश्यक बाहेक सबै सेवा बन्द

समाचार, समाज
उपत्यकाका तीन जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट हुने अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ। आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले कोरोना संक्रमणको दर बढ्दै गएकाले अत्यावश्यकबाहेकका सेवाआजदेखि एक साता बन्द गर्ने निर्णय गरेको छ। शान्ति-सुरक्षासँग सम्बन्धित निवेदन, मुद्दासँग सम्बन्धित कार्यहरु र अन्य अत्यावश्यक सिफारिस मात्र सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ। नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, नाबालक परिचय पत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता तथा नवीकरण, संघ-संस्था दर्ता तथा नवीकरण, पत्रपत्रिका दर्तालगायतका काम बन्द हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। ...
जीप दुर्घटना हुँदा जन्ती,बेहुला–बेहुलीसहित १२ जना घाइते

जीप दुर्घटना हुँदा जन्ती,बेहुला–बेहुलीसहित १२ जना घाइते

समाचार, समाज
बैतडीको पाटन–खोड्पे सडकखण्डमा पर्ने हिरापुर भन्ने स्थानमा जन्ती जीप दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुईको अवस्था गम्भीर छ । कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती लिएर फर्किंदै गरेको सुदूरपश्चिम प्रदेशको ०१–००१ च ३७७ नम्बरको जीप आज विहान ५ः५० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा १० जना सामान्य र दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवम् इन्सपेक्टर किशोर ऐरीले जानकारी दिएका छन् । उनका अनुसार दुर्घटनामा बेहुला–बेहुली पनि घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । घाइते सबैको बैतडीको पाटन अस्पतालमा उपचार भइरहेको छ । जीप सडकबाट करिब एक सय मिटर तल खसेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय पाटनबाट १० किलोमिटर टाढा पर्दछ । ...
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै,लकडाउन हुने सम्भावना

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै,लकडाउन हुने सम्भावना

समाचार, समाज
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार उपत्यकामा रहेका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । आज बस्ने बैठकले सीसीएमसीको सिफारिसका सम्बन्धमा आवश्यक निर्णय लिन सक्ने बताइएको छ । बढ्दो कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकामा पर्ने तीनसहित देशका ९ जिल्लामा तत्काल ‘लकडाउन’ हुने सम्भावना देखिएको छ । हिजो बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमितको संख्या हेरेर निषेधाज्ञा गर्ने अधिकार स्थानीय प्रशासनलाई दिन सरकारलाई सिफारिस गरेको छ । संक्रमितको संख्या पहाडमा दुई सय र शहरमा पाँच सय नाघेमा निषेधाज्ञा गर्नुपर्ने सिफारिस सीसीएमसीले गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) सहित देशका नौं जिल्लामा सक्रिय संक्रमितको संख्या आइतबारै पाँच सय नाघिसकेको छ । सक्रिय संक्रमितको ...
कोरोना संक्रमण धेरै फैलिएको स्थानमा ‘लकडाउन’ गर्न (सीसीएमसी)को सुझाव

कोरोना संक्रमण धेरै फैलिएको स्थानमा ‘लकडाउन’ गर्न (सीसीएमसी)को सुझाव

समाचार, समाज
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण धेरै फैलिएको स्थानमा ‘लकडाउन’ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा आयोजित छलफल (ब्रिफिङ) मा सीसीएमसीका सदस्यले प्रधानमन्त्री ओलीलाई कोरोनाका ‘हटस्पट’ हरूमा नेपालगञ्जमा जस्तै कडाइ गर्नुपर्ने सुझाव दिएका हुन् । यस्तै सीसीएमसीका सदस्यहरूले लामो दूरीका यातायात तत्काल बन्द गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्रीलाई दिएका छन् । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लकडाउन नभनिए पनि निषेधाज्ञा जारी गरिएको छ । नेपालगञ्ज शहरमा मात्र ७३५ सक्रिय संक्रमित भएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा त्यहाँ बाँके जिल्ला प्रशासन कार्यालयले गत बुधबार राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन...
भूकम्पको छैटौं स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाइँदै

भूकम्पको छैटौं स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाइँदै

समाचार, समाज
 छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौं स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठी आयोजना गरेको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि विज्ञले टिप्पणी गर्ने कार्यक्रम रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । वि.सं. २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पले आठ हजार ९७९ जनाको निधन भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए । भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, ५४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६५३ स्वास्थ्य संस्...