बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै,लकडाउन हुने सम्भावना

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार उपत्यकामा रहेका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । आज बस्ने बैठकले सीसीएमसीको सिफारिसका सम्बन्धमा आवश्यक निर्णय लिन सक्ने बताइएको छ ।

बढ्दो कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकामा पर्ने तीनसहित देशका ९ जिल्लामा तत्काल ‘लकडाउन’ हुने सम्भावना देखिएको छ । हिजो बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमितको संख्या हेरेर निषेधाज्ञा गर्ने अधिकार स्थानीय प्रशासनलाई दिन सरकारलाई सिफारिस गरेको छ ।

संक्रमितको संख्या पहाडमा दुई सय र शहरमा पाँच सय नाघेमा निषेधाज्ञा गर्नुपर्ने सिफारिस सीसीएमसीले गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) सहित देशका नौं जिल्लामा सक्रिय संक्रमितको संख्या आइतबारै पाँच सय नाघिसकेको छ । सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा माथि पुगेका अन्य ६ जिल्लामा मोरङ, पर्सा, कास्की, रूपन्देही, बाँके र दाङ छन् ।

बाँकेमा जिल्ला प्रशासन कार्यालयले त आज राति १२ बजेदेखि निषेधाज्ञा जारी जारी गर्दैछ भने रूपन्देहीमा आजदेखि सवारीसाधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *