पत्रकार मुकुन्द ढुंगाना किवानिस क्लब अफ युनिक नेपालकाे अध्यक्षमा चयन
अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनल अन्तर्गतको क्लब गठन भएको छ । विभिन्न क्षेत्रको युवाहरूको उपस्थितिमा एक औपचारिक कार्यक्रमको आयोजना गरि किवानिस क्लब अफ युनिक नेपाल गठन भएको हो । क्लबमा पत्रकार मुकुन्द ढुंगानाको अध्यक्षतामा १६ सदस्य गठन गरिएको छ ।
१६ सदस्यीय समितिले पत्रकार तथा समाजसेवी मुकुन्द ढुंगाना निर्बिरोध चार्टड प्रेसिडेन्ट अध्यक्षमा चयन गरेका छन् भने प्रेसिडेन्ट इलेक्ट – चन्दा खतिवडा , भाइस प्रेसिडेन्ट – भवानी प्रसाद पाैडेल, सचिब – दिपक अधिकारी , कोषाध्यक्ष – सुमित्रा रंजित निर्बिरोध चयन गरेकाे छ भने अन्य पधादिकारि चयन क्लबकाे बैठकले गर्ने जनाएकाे छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल डीसट्रिकट गभर्नर एकराज पन्त पास्ट डीसट्रिकट गभर्नर माेहन लम्साल, लगाएत डीसट्रिकटका पधादिकारीहरूकाे उपस्थिति रहेको थियो।
...









