आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

समाजसेवी जेसि गोपाल खड्काले गरे मन्थलीमा करिब ४०० स्कुल ब्याग बितरण

समाजसेवी जेसि गोपाल खड्काले गरे मन्थलीमा करिब ४०० स्कुल ब्याग बितरण

समाचार, समाज
मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो मूलनारा सहित जेसीजको आस्था बोकेको संस्था नेपाल जेसीज अन्तर्गत राष्ट्रिय स्वास्थ्य समिति २०२२ को आयोजनामा र रामेछाप जेसीजको आतिथ्यतामा स्वास्थ्य सुरक्षामा जेसीजको सहजीकरण एवं विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सपन्न भएको छ ।रामेछाप जिल्लाको मन्थली नगरपालिका वार्ड नं. ४ गैराथोकमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालय, सेतीदेवी आधारभूत विद्यालय तथा भिमेश्वर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कूल व्याग लगायत शैक्षिक सामाग्री वितरण गर्नुका साथै सामाजिक सुरक्षा अन्तर्गत स्वास्थ्य कार्यक्रमको वारेमा जानकारी मूलक कार्यक्रम प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा नेपाल जेसीज राष्ट्रिय स्वास्थ्य समितिका अध्यक्ष जेसी गोपाल खड्काले आफ्नो व्यक्तिगत तर्फबाट करीब ४०० थान भन्दा वढी स्कूल व्याग बितरण गरेका थिए । शैक्षिक स...
जेसिआइ इमाडोलको “स्तन क्यान्सर सचेतना तथा परिक्षण”शिविर

जेसिआइ इमाडोलको “स्तन क्यान्सर सचेतना तथा परिक्षण”शिविर

समाचार, समाज
जेसिआइ इमाडोलको आयोजनामा महिलाहरुको लागि “स्तन क्यान्सर सचेतना तथा परिक्षण” शिविर सम्पन्न भएको छ। फागुन १७ गते शनिबार महालक्ष्मी नगरपालिका सानागाऊमा आयोजित उक्त शिविर ब्लुक्रस अस्पतालको सहयोग मा संचालन गरिएको हो। स्थानीय महिलाहरुको उलेख्य सहभागिता रहेको उक्त शिविरको समुद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका कार्यकारिणी उपाधक्ष्य जेसी रमा प्याकुरेलले नेपाल जेसीज अन्तर्गतका शाखाहरुले आफ्नो क्षेत्रमा नागरिकको आधारभूत आवस्यकता स्वास्थ्य सम्बन्धि कार्यक्रम गरेर स्थानीय समुदायको लागि सेवा गर्ने बताउदै, जेसीजका युवाहरुले समाजको लागि दिएको योगदानको प्रसंशा गर्नु भएको थियो। त्यस्तै अङ्कोलोजिस्ट डाक्टर आरती शाहले नेपाली समाजमा महिलाहरुको स्वास्थ्य चेतना अझै कम रहेको र स्तन क्यान्सर बारेमा पूर्ण जानकारी नहुदा सामान्य समस्या पनि बिकराल समस्या हुने भन्दै महिलाहरुलाइ सचेतना मुलक कार्यकर्म ...
डीआर म्युजिक क्रियशनद्वारा चेपाङ बस्तीमा लता कपडा वितरण तथा जागरण गीत छायांकन

डीआर म्युजिक क्रियशनद्वारा चेपाङ बस्तीमा लता कपडा वितरण तथा जागरण गीत छायांकन

समाचार, समाज
चितवनको चेपाङ समुदायको बसोबास रहेको जिमलिङ चौतारामा डीआर म्युजिक क्रियशनद्वारा लता कपडा वितरण गरिएको छ । कीर्तिमानी गीतकार तथा साहित्यकार डा.डीआर उपाध्यायले यो समुदायमा आएर लता कपडा वितरण गर्नुभएको हो । चेपाङ पत्रकार नेपोलियन चेपाङको गाउँ रहेको जिमलिङ चौतारामा ५५ घर परिवारका सदस्यलाई लता कपडा वितरण गरिएको थियो भने खाना खुवाइएको थियो । सो अवसरमा डा. उपाध्यायको चेपाङ जागरणसम्बन्धी गीतको पनि छायांकन गरिएको थियो । पिछडिएको चेपाङ समुदायका विषयमा गीत लेखेर त्यसको छायांकन र राहत कार्यक्रम लिएर आएकोमा डा. उपाध्यायका कार्यलाई सबै चेपाङ समुदायले स्वागत गर्नुका साथै धन्यवाद ज्ञापन गरेका थिए । ‘पिछडिएको समुदाय चेपाङ समुदयमा आएर डा.डीआर उपाध्यायले गरेको सामाजिक कार्य तथा हाम्रै लागि जागरणसम्बन्धी गीत लेख्नु भएकोमा हामी सबै आभारी छौं, यसका लागि उहाँलाई हामी धन्यवाद ज्ञापन गर्दछौ’, पत्रकार नेपोलीयन च...
बोझेपोखरीमा इमाडोल जेसीज बर्ष २०२२ को‘एक ब्यक्ति एक बिरुवा’ कार्यक्रम

बोझेपोखरीमा इमाडोल जेसीज बर्ष २०२२ को‘एक ब्यक्ति एक बिरुवा’ कार्यक्रम

समाचार, समाज
७२ औँ प्रजातन्त्रको अवसरमा इमाडोल जेसीज बर्ष २०२२ को आयोजनामा ‘एक ब्यक्ति एक बिरुवा रोपौ’ कार्यक्रम सम्पन्न भएको छ । फागुन ७ गते ललितपुर स्थीत बोझेपोखरीमामा उक्त कार्यक्रममा १०४ बर्षे जहानियाँ राणाशासन अन्त्य भई २००७ सालमा प्रजातन्त्रीक शासन प्रणाली स्थापनाको भएको सम्झनामा र प्रजातन्त्र स्थापनाको लागि ज्यानको आहुती दिएका ज्ञात अज्ञात शहिदहरुको सम्मान स्वरुप बोझेपोखरी परिसरमा धुपीका बिरुवाहरु रोपिएको हो ।देशको ऐतिहासिक दिन प्रजातन्त्र दिवसकाृ दिन ऐतिहासीक स्थल बोझी पोखरीमा शहिदहरुको नाममा उपस्थित हरेक ब्यक्तिले बिरुवाहरु रोपेर प्रजातान्त्रिक योद्धाहरु प्रति सम्मान प्रदान गरिएको बताउदै इमाडोल जेसीज बर्ष २०२२का अध्यक्ष इच्छा गुरुङले कार्यक्रममा एक ब्यक्तिले एक बिरुवा रोप्ने कार्यले वातावरण संरक्षणमा नागरिकको कर्तब्य बोध गराउन महत्वपुर्ण सन्देश समाजमा प्रदान गरिएको बताइन् । एक ब्यक्ति एक बिरु...
दीपक डोटेलको अध्यक्षतामा अग्रगामी नेपालको नयां कार्यसमिति चयन

दीपक डोटेलको अध्यक्षतामा अग्रगामी नेपालको नयां कार्यसमिति चयन

समाचार, समाज
‘अग्रगामी नेपाल’ सामाजिक संस्थामा नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको प्रारम्भिक साधारण सभा तथा नयाँ कार्य समितीको निर्वाचन सम्पन भएको हो । संस्थाको अध्यक्षमा दीपक डोटेल, उपाध्यक्षमा रोजल थापा, सचिवमा बिन्द्र किरांत, कोषध्यक्षमा सबिना तामाङ र सदस्यहरूमा गणेश शेर्पा, रमिता महर्जन, देवराज खत्री, रिपल पौडेल र झरना कुईकेल निर्वाचित हुनुभएको छ । आमा घर का संस्थापक दिलशोभा श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रम सभापति रुपेन्द्रकुमार साउद र सभा संयोजक रोजल थापाले गर्नुभएको थियो । पुराना तथा नयाँ कार्य समितीको निर्वाचन समिती संयोजकमा अधिवक्ता हरि जमकटेल रहनुभएको थियो । ...
कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायलाई कोरोना संक्रमण

कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायलाई कोरोना संक्रमण

समाचार, समाज
कीर्तिमानी गीतकार डा.डीआर उपाध्याय कोरोना संक्रमित भएका छन् । शरीर दुख्ने, ज्वरो आउने लगायत भएलगत्तै कोरोना परीक्षण गर्दा उपाध्यायलाई संक्रमण पुष्टि भएको हो । उपाध्यायले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकालाई सुरक्षित र सतर्क रहन समेत अनुरोध गरेका छन् । उपाध्याय निजी डाक्टरको सल्लाहमा होम आइसोलेसनमा छन् । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा.उपाध्यायले गीत सङ्गीतका क्षेत्रमा अहिले विभिन्न ८० वटा विश्व रेकर्ड कायम गरेका छन् । उनी अहिले आफ्नो विश्व रेकर्ड एकसय एक पुर्याउने दौडमा रहेका छन् । ...
नियमितसेवा दिने कर्मचारीहरुले हप्ताको दुई पटक कोरोना परीक्षण गर्नुपर्ने

नियमितसेवा दिने कर्मचारीहरुले हप्ताको दुई पटक कोरोना परीक्षण गर्नुपर्ने

समाचार, समाज
अग्रपंक्तिमा रहेर ग्राहकलाई नियमितसेवा दिने व्यवसायिक क्षेत्रका कर्मचारीहरुले अब हप्ताको दुई पटक कोरोना परीक्षण गर्नुपर्ने भएको छ । अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकलाई नियमित सेवा दिने कर्मचारीले हप्ताको दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको हो । एन्टिजेन परीक्षणको रिपोर्ट नेगेटिभ आएका कर्मचारीलाई मात्र सम्बन्धित निकाय वा संस्थाले काममा खटाउनु पर्नेछ । कर्मचारीको एन्टिजेन परीक्षण गर्ने व्यवस्था सम्बन्धित निकाय वा संस्था आफैंले गर्नु पर्नेछ । ...
प्लानेट मल्टिमेडिया तथा रेडियो झापाद्वारा आयोजित ‘स्टार आरजे’ सुरु

प्लानेट मल्टिमेडिया तथा रेडियो झापाद्वारा आयोजित ‘स्टार आरजे’ सुरु

समाचार, समाज
प्लानेट मल्टिमेडिया तथा रेडियो झापा द्वारा आयोजित स्टार आरजे सुरु भएको छ। दमक उद्योग बाणिज्य संघको सभा हलमा आयोजित समुटघाटन कार्यक्रम दमक नगरपालिकाको ६ नम्बरका वडा अध्यक्ष टेक बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ भने बिशिष्ठ अतिथि पुणानन्द दाहाल सभापतिमा टिकाराम शिवाकोटी साथै अन्य अतिथिहरुमा डा के पी सुबेदी, प्रमोद कुमार दाहाल, दिपक खडका, भोजराज घिमिरे, रेवत चन्द्र भण्डारी, नवराज कार्की, दिपक खडका, सुबोध खरेल र गोपाल गुरागाई रहेका थिए। १५ दिन प्रशिक्षण कक्षा चल्ने यस प्रतियोगितामा प्रशिक्षण पश्च्यात सहभागीहरुले विभिन्न विधामा प्रतिस्प्रधा गर्ने यस कार्यक्रमको ढांचा रहेको छ। प्रतिस्प्रधा पछि सहभागीहरुको प्रस्तुतिको आधारमा बिजेता पनि घोसित गरिने छ। र बिजेतालाई विभिन्न अवसरका साथै पुरस्कारको व्यवस्था पनि गरिएको छ। आजबाट बिधिबद रुपमा सुभारम्भ गरिएको यस कार्यक्रमको प्रशिक्षण कक्षा भ...
एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–५३ को ७ औं वार्षिक साधारणसभा सम्पन्न

एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–५३ को ७ औं वार्षिक साधारणसभा सम्पन्न

समाचार, समाज
एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–५३  को ७  औं वार्षिक साधारणसभा कल्पना दंगालको संयोजकमा सम्पन्न भएको  छ । एम्नेष्टी ईन्टरनेसनल नेपाल, समूह––५३  को ७  औं वार्षिक साधारणसभाका प्रमुख अतिथि एम्नेष्टी ईन्टरनेसनल नेपालमा अध्यक्ष बिक्रम धुकुछुले उद्घाटन गरेका थिए । एम्नेस्टी इन्टरनेसनल नेपाल मिडिया ग्रुप ५३ काठमाडौंले आफ्नो सातौ  वार्षिक साधारण सभा काठमाडौं बालुवाटार स्थित नेपाल हाउस रेस्टुरेन्टमा भएको थियो । “नेपालको संविधानले मौलिक हकसम्बन्धी थुप्रै व्यवस्था गरेको सन्दर्भमा आम नागरिकहरूले यी हकहरूलाई पूर्ण रूपमा प्राप्ति गर्ने सवालमा सरकारले चुस्त ढङ्गमा काम गर्नपर्ने औचित्यता र हालसम्म भएका सकरात्मक पहलकदमीलाई निरन्तरता दिनुपर्ने सम्बन्धमा साधारणसभामा जोड दिएको पुर्व संयोजक तथा ग्रुप ५३ सचिवालय प्रमुख मुकुन्द ढुंगानाले बताउनुभयो। साधारणसभाले हरेक सदस्यको का...
तमु ल्होसारमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

तमु ल्होसारमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

समाचार, समाज
सरकारले तमु ल्होसारमा बिदा दिने निर्णय गरेको छ। तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको हो। उक्त अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा  दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्। ...