आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

नियमितसेवा दिने कर्मचारीहरुले हप्ताको दुई पटक कोरोना परीक्षण गर्नुपर्ने

अग्रपंक्तिमा रहेर ग्राहकलाई नियमितसेवा दिने व्यवसायिक क्षेत्रका कर्मचारीहरुले अब हप्ताको दुई पटक कोरोना परीक्षण गर्नुपर्ने भएको छ । अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकलाई नियमित सेवा दिने कर्मचारीले हप्ताको दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको हो । एन्टिजेन परीक्षणको रिपोर्ट नेगेटिभ आएका कर्मचारीलाई मात्र सम्बन्धित निकाय वा संस्थाले काममा खटाउनु पर्नेछ । कर्मचारीको एन्टिजेन परीक्षण गर्ने व्यवस्था सम्बन्धित निकाय वा संस्था आफैंले गर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *