आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

१३ वर्षीया धर्मपुत्रीको बलात्कार र हत्या गरेका राईलाई जन्मकैद

१३ वर्षीया धर्मपुत्रीको बलात्कार र हत्या गरेका राईलाई जन्मकैद

अपराध, समाचार, समाज
धरान, माघ १ । धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ । जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो । मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार दुवै जनालाई जन्मकैदको फैसला गरिएको जिल्ला अदालतका प्रवक्ता गोपाल गिरीले जानकारी दिए । जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले राई दम्पतीलाई जन्मकैदको फैसला सुनाएको हो । अदालतले २२ महिनापछि उक्त मुद्दाको अन्तिम फैसला गरेको हो । अनुषाको २०७३ फागुन १६ गते हत्या गरिएको थियो । बलिमानले अनुषालाई धर्मपुत्रीका रूपमा पालनपोषण गर्दै आएका थिए । (रासस)...
उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता

उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता

समाचार, समाज
काभ्रेपलाञ्चोक, माघ- १ । मण्डन देउपुर नगरपालिका–११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता भएकी छिन् । कक्षा ५ मा अध्ययनरत ११ वर्षीया सुनमाया तामाङ गत पुस २७ गतेदेखि भक्तपुरबाट हराएकी हुन् । उक्त विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका बेला भक्तपुरस्थित दरबार क्षेत्रबाट हराएकी प्रधानाध्यापक शालिकराम श्रेष्ठले जानकारी दिए । नगरकोट, काठमाडौं, मेलम्ची तथा दोलखामा समेत खोजी गर्दा भेट्न नसकिएको उनले बताए । शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीको टोलीले उनको खोजी गर्दै आएको छ । बेपत्ता सुनमायाको खोजीका लागि विभिन्न स्थानका प्रहरी चौकीमा खबर गरिएको श्रेष्ठले बताए । (रासस)...
आज माघे संक्रान्ति पर्व मनाइँदै, देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नानगरी दान तथा पूजा गर्नेको घुइँचो

आज माघे संक्रान्ति पर्व मनाइँदै, देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नानगरी दान तथा पूजा गर्नेको घुइँचो

समाचार, समाज
काठमाडौं, माघ- १ । आज माघ १ गत्ते अर्थात माघे संक्रान्ति पर्व । मकर संक्रान्तिको नमाले समेत चिनिने यो पर्व घ्यूरा–चाकु, तिलको लड्डु र तरुल खाएर मनाइँदै छ । आज देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरि यो पर्व मनाईने गरिन्छ । यसै दिनदेखि ज्योतिष शास्त्र अनुसार सौर्य तिथिका हिसाबले सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ । त्यसैले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिएको हो । आज देशका विभिन्न तीर्थस्थलहरुमा मेला लाग्नुको साथै स्नानगरी दान तथा पूजा गर्नेको भीड लागेको छ । विशेषगरी चितवन–नवलपरासीको देवघाट, सिन्धुली-उदयपुरको त्रिवेणी, गुल्मी र पाल्पाको संगमस्थल रिडी, इलामको माई, नुवाकोट–रसुवा सीमाको उत्तरगया अर्थात् वेत्रावतीलगायत नदी किनारमा आज भक्तजनको विशेष मेला लागेको छ ।...
भन्सार छलेर नेपाल ल्याइएको चौध लाख रुपैयाँ बराबरको अवैध सामानसहित दुईजना पक्राउ

भन्सार छलेर नेपाल ल्याइएको चौध लाख रुपैयाँ बराबरको अवैध सामानसहित दुईजना पक्राउ

अपराध, समाचार, समाज
कपिलवस्तु, पुस-३० । भन्सार छलेर नेपाल ल्याइएका सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी गस्ती तथा चेकजाँचमा क्रममा करिब चौध लाख रुपैयाँ बराबरको समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मायादेवी गाउँपालिका–२, पकडी चोक नजिकै भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ३ सय ६० वटा कम्बल बरामद गरिएको छ । लु१स २९८४ नम्बरको अटो रिक्सामा ल्याउँदै गरको १ लाख ८ हजार रुपैयाँ बराबरको कम्बल बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त सामान ल्याउन प्रयोग गरिएको १० लाख रुपैयाँ बराबरको अटो रिक्सा पनि प्रहरीले नियन्त्रणमा लिएको छ । कम्बलसँगै कपिलबस्तु शुद्धोधन गाउँपालिका–१ बस्ने बर्ष २२ को राम केवट र मायादेवी गाउँपालिका–५ बलुहवा बस्ने बर्ष २२ का सुभास चौधरी पक्राउ परेका छन् । कृष्णननगर नगरपालिका–६ भिल्मिबाट सोमबार बिहान भन्सार छली अवैधरुपमा नेपाल भित्र्याएको २...
अद्यावधिक नभएका कर्मचारीले किताबखानामा फाराम भर्न पाउने

अद्यावधिक नभएका कर्मचारीले किताबखानामा फाराम भर्न पाउने

समाचार, समाज
काठमाडौं, पुस-३० । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती किताबखानामा अद्यावधिक नभएका कर्मचारी पनि समायोजनका लागि फाराम भर्न सक्ने व्यवस्था गरेको छ । समायोनजका लागि फाराम भर्न दुई दिनमात्र बाँकी रहँदा अद्यावधिक गर्न बाँकी भएका कर्मचारीलेसमेत समायोनजका लागि फाराम भर्न सक्ने मन्त्रालय समायोजन शाखाका उपसचिव अनिता निरौलाले जानकारी दिइन् । यसअघि अनिवार्यरुपमा विवरण अद्यावधिक गरेरमात्र मन्त्रालयले फाराम भर्न निर्देशन दिएको थियो । उनले कर्मचारीको व्यक्तिगत विवरण आवेदन दिने समयसीमाभित्र पनि अद्यावधिक भइनसकेका भए तापनि हालको विवरणलाई आधार मानेर समायोजनका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको जानकारी दिइन । समायोजनका लागि कर्मचारीले आफू रहेको कार्यालय, पद, हालको पदमा भएको नियुक्ति मिति र हालको पदमा भन्दा एक तह तल रहेको पदको नियुक्ति मिति अद्यावधिक गराउनुपर्ने हुन्छ । ...
११ औँ रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स बुटवलको मणिग्राममा आयोजना हुँदै

११ औँ रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स बुटवलको मणिग्राममा आयोजना हुँदै

समाचार, समाज
काठमाडौं, पुस- २९ । रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२, नेपाल र भुटानले ११ औँ रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स आयोजना गर्दैछ।उक्त सम्मेलन माघ ४ र ५ गते तदनुसार जनवरी १८ र १९ मा मणिग्राम बुटवलमा हुन लागेको हो । रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स रोटर्याक्टले आयोजना गर्ने वार्षिक कार्यक्रम हो। उक्त सम्मेलनमा देश भर छरिएर रहेका रोटर्याक्ट क्लबहरुबाट १,००० युवा प्रतिनिधिहरु सहभागी हुने अनुमान छ। सम्मेलन युवाहरुको लागि स्थान सृजना९क्रिएटिंग स्पेसेस फर युथ- मूल विषय (थिम) मा आधारित रहने छ। रोटर्याक्ट डिस्ट्रिक्टका अनुसार यस्तो विषय राख्नुको उद्देश्य रोटर्याक्ट जस्तो सामाजिक संस्थाहरुको स्थान कस्तो भनेर बुझाउनु हो साथै यस्ता युवा सामाजिक संस्थाहरुको प्रतिनिधित्व गर्दा आवाज उठाउनु पनि हो। सम्मेलनमा युवाहरु लक्षित विभिन्न सत्र, तालिम, र छलफलहरु राखिंदै छ। रोटर्याक्ट सदस्यहरुलाई प्रोत्साहन गर्न युव...
रुपन्देहीको शंकरपुरमा तस्कर र प्रहरीबीच गोली हानाहानमा हुँदा एक जनाको मृत्यु

रुपन्देहीको शंकरपुरमा तस्कर र प्रहरीबीच गोली हानाहानमा हुँदा एक जनाको मृत्यु

अपराध, समाचार, समाज
भैरहवा, पुस- २९ । रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाहीमा ती तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थपाले जानकारी दिए । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करीब ३०–३५ वर्ष उमेरका एक तस्करले प्रहरीमाथि गोली चलाएपछि तत्कालै उनीमाथै जवाफी कारबाही गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । शव पोष्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको छ । मृतक व्यक्ति भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलबाट प्रहरीले अटोमेटिक लोडेड पेस्तोल तथा तस्करले प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल पनि बरामद गरेको छ । तस्करले चलाएको गोली लागि एक प्रहरी जवान घाइते भएका छन् । उनको बायाँ पाखुरामा गोली ला...
बलात्कार मुद्दामा छुटेपछि ‘डिएसपी हुँ’ भन्दै ठमेल र दरबारमार्गमा आतंक मच्चाउने एक व्यक्ति पक्राउ

बलात्कार मुद्दामा छुटेपछि ‘डिएसपी हुँ’ भन्दै ठमेल र दरबारमार्गमा आतंक मच्चाउने एक व्यक्ति पक्राउ

अपराध, समाचार, समाज
काठमाडौं, पुस- २७ । ठमेल र दरबारमार्गका विभिन्न होटल रेष्टुरेण्टहरुमा ‘डिएसपी हुँ’ भन्दै परिचय पत्र देखाएर आतंक मच्चाउने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जबर्जस्ती करणी मुद्दामा जेल परेर गत भदौमा छुटेका ३५ वर्षीय अनिल थापा रहेका छन् । भक्तपुरको बालकोट स्थायी घर भएका थापाले नेपाल प्रहरीको ‘डिएसपी हुँ’ भन्दै भीम किरण बोगटीको नाममा जारी भएको परिचय पत्र देखाउदै आपराधिक गतिविधी गर्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । विगत १४ दिनदेखि कमलादीस्थित तिरुपती होटलको रुम नम्बर २०३ मा बसेर धाक–रवाफ देखाई विभिन्न आपराधिक गतिविधी संलग्न रहदै आएका ‘नक्कली डिएसपी’ थापालाई काठमाडौं प्रहरीको विशेष टोलीले बिहीबार साँझ पक्राउ गरेको हो । २०६९ सालमा जबर्जस्ती करणी मुद्दामा जेल परेर गत भदौमा मात्र छुटेका अनिल थापाबारे सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद लिएर विस्तृत अनुसन...
इजरायली राजदूत ओमरको उपस्थितीमा नेपाल चेम्बर अफ कमर्शद्वारा राजदूत डा. अन्जान शाक्यलाई सम्मान

इजरायली राजदूत ओमरको उपस्थितीमा नेपाल चेम्बर अफ कमर्शद्वारा राजदूत डा. अन्जान शाक्यलाई सम्मान

समाचार, समाज
काठमाडौं,पुस- २७ । इजरायलका लागि नेपाली राजदूतमा नियुक्त भएकी डा. अन्जान शाक्यलाई नेपाल चेम्बर अफ कमर्शले सम्मान गरेको छ । चेम्बर भवनमा बिहीबार साझ आयोजित एक कार्यक्रम माझ डा. शाक्य सम्मानित भएकी हुन । उनलाई चेम्बरका तर्फबाट नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सम्मानित गरेका थिए । उक्त सम्मान कार्यक्रममा नेपालका लागि इजरायली राजदूत बेनी ओमरको समेत उपस्थिती रहेको थियो । सोही अवसर माझ डा. शाक्य, नेपालका लागि इजरायली राजदूत ओमर र श्रेष्ठ बिच छलफल भएको थिए । छलफलका क्रममा इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले आफूले दुई देश बिचको पारस्परिक हितलाई महत्वमा राख्ने बताईन । त्यसैगरि नेपालका लागि इजरायली राजदूत बेनी ओमरले नेपालको आर्थिक बिकास र सम्रिद्धिका लागि इजरायलले सक्दो मद्घत पुर्याउने बताए । नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र इजरायल बिचको सम्बन्धलाई...
१६ औं चरणको अनशनमा रहेका प्रा.डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थाल्यो, रक्तचाप कम हुँदै

१६ औं चरणको अनशनमा रहेका प्रा.डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थाल्यो, रक्तचाप कम हुँदै

समाचार, समाज, स्वास्थ्य
इलाम, पुस- २७ । चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं चरणको अनशनमा इलाममा रहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको छ । बुधबारदेखि इलाममा पुगेर अनसन थालेका प्रा.डा. केसीको स्वास्थ्य अवस्था गएरातिदेखि बिग्रन थालेको बताईएको छ । उनको रक्तचाप एक्कासी कम हुँदै गएको छ । शरीरमा पसिना आउने तथा छाती दुख्ने समस्या देखिएपछि इलाम जिल्ला अस्पतालको चिकित्सकहरुले उनको स्वास्थ्य परीक्षण गरेका छन् । चिकित्सकहरुले उनको शरीरमा चिनीको मात्रा घटेको हुनसक्ने बताएका छन् । तर, डा. केसीले भने सुगरको परीक्षण गर्न मानेका छैनन् ।...