आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

ईजिप्टको कायोरामा नेपाली कलाकर्मीलाई अवार्ड तथा सम्मान

ईजिप्टको कायोरामा नेपाली कलाकर्मीलाई अवार्ड तथा सम्मान

मनोरन्जन, समाचार
कायरो । विगत लामो समयदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा थुप्रै सफल कार्यक्रमहरु आयोजना गरि एक सफल ईभेन्ट आयोजकको रुपमा ख्याती कमाएको वल्र्डवाईड मिडिया नेटकर्वकको आयोजनामा तेश्रो ग्लोवल ईन्टरनेशनल अवार्ड ईजिप्टको कायरोस्थित होटल स्विस ईन नाईलमा सम्पन्न भएको छ । ईजिप्टका लागि नेपाली राजदुत सुशिल के लम्सालको प्रमुख आतिथ्यतामा आयोजित उक्त समारोहमा नेपालबाट उक्त अवार्ड समारोहका लागि छनौट भएका कलाकार,अभिनेता,सौन्दर्यविद्,समाजसेवी,व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।नेपालमा विभिन्न विधामा छनौट भई सम्मान प्राप्त गर्नेमा वरिष्ठ अधिवक्ता कलम वहादुर खत्री ,वरिष्ठ सौन्दर्यविद् मनिषा जिसी, युवा समाजसेवी एवं व्यबसायी अनिल नगरकोटी, साहित्यकार राधादेवी भण्डारी, स्वास्थ्य व्यबसायी गोपाल खड्का तथा समाजसेवी ममता खत्री रहेका थिए भने अवार्ड प्राप्त गर्न सफल व्यक्तित्वहरुमा लोक पप गायन विधामा वरिष...
गायक चरोन चन्द्र बजगाईको ‘मलाइ यतै पिरलो मलाइ उतै पिरोलो’ सार्वजनिक (भिडियो)

गायक चरोन चन्द्र बजगाईको ‘मलाइ यतै पिरलो मलाइ उतै पिरोलो’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
गायक चरोन चन्द्र बजगाईको ‘मलाइ यतै पिरलो मलाइ उतै पिरोलो’ गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।चरोन चन्द्र बजगाईको स्वर रहेको गीतमा शब्द मुनाल शिशिर कोइरालाको रहेको छ भने चर्चित सङीतकार राजेन्द्र बजगाईको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ।  पछिल्लो समयसामायिक परिस्थितिमा बुवा आमाको मन राख्ने कि आफुले माया गर्ने ब्यत्तिको मन राख्ने दोधार र अप्ठ्यारो परिस्थितिको बारेमा तयार पारिएको भिडियोको निर्माण शितल बजगाईले गरेकी हुन । https://youtu.be/FXR4UK1Wzfw म्युजिक किचन स्टुडियोमा रेकर्ड गरिएको उत्तः गीतको अडियो मिक्सिङ तथा सम्पादन मनोज परियारले गरेका छन । गीतमा अभिनय दिपेश परियार,अनुजा सिङ,शुरबिर पन्डित,रश्मि भट्टको रहेको छ भने निर्देशन मुनाल शिशिर कोइरालाको रहेको छ।साथमा मेक अप रोशन भुशाल,क्यामरा सुजन श्रेस्ठ र भिडियो सम्पादन दिन्सन शाहको रहेको छ। ...
किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको कार्यक्रम

किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको कार्यक्रम

समाचार, समाज
काठमाडौं। किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको यस वर्षको MID Year Conference भव्यताका साथ नेपालको राजधानी काठमाडौंमा सम्पन्न  भएको छ । किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको  यस वर्षको MID Year Conference मा  2021-22  Award and Recognition कार्यक्रम भब्यताको साथ सम्पन भएको हो  । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तरराष्ट्रिय संस्था किवानिज इन्टरनेशनल नेपालको बर्ष  2021-22  Award and Recognition कार्यक्रमको प्रमुख अतिथि किवानिज चिल्ड्रेन फन्ड इन्टरनेसनल प्रेसिडेन्ट Filip Delanote को उपस्थित रहेको थियो। देशभरका १२२ वटा किवानिज क्लबका ३००  सय भन्दा बढी प्रतिनिधिहरुको सहभागितामा Award and Recognition कार्यक्रम भएको  मिडिया संयोजक मुकुन्द ढुंगानाले जानकारी दिए ।किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको यस वर्षको MID Year Conference किवानिज चिल्...
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधिले शिक्षा सन्देशको उत्कृष्टता

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधिले शिक्षा सन्देशको उत्कृष्टता

खेलकुद, समाचार
बेलबारी। बेलबारी नगरपालिकाको आयोजनामा बेलबारी ९ डाँगीहाट स्थित काली मा.वीमा फागुन १० देखि १२ गतेसम्म भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बेलबारी नगरभित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरुको सहभागिता रहेको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सलआर्ट खेलहरुको आयोजना गरिएको थियो भने नगरभित्रका सबै विद्यालयका विद्यार्थीहरुबिच कडा प्रतिस्पर्धा र रोचकका साथ खेल सम्पन्न भयो । आयोजित राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतका मार्सलआर्ट बाहेकका सबै खेल प्रतियोगितामा शिक्षा सन्देश इ. स्कुलको सहभागिता रहेको थियो । यसरी सम्पन्न भएको स्थानिय सरकारको आयोजनामा नगरभित्रका विद्यार्थीहरुको क्षमता पहिचानका साथै खेल जगतको विकास र खेलाडीहरुलाई थप हौसला र उर्जाका निम्ति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उत्कृष्ट कार्यक्रम हो । त्यसैले देशभरका सबै स्थानिय सरकारले विद्य...
बर्तमान सरकार पुरै असफल बन्दै गएको छ

बर्तमान सरकार पुरै असफल बन्दै गएको छ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारले त्यति राम्रो काम गरेर देखाउन सकेन । अहिले सम्म हेर्दा सरकारको आगामी यात्रा त्यति सहज हुने कुनै संकेत देखिदैन । दलहरु पुरै सत्ता स्वार्थको राजनीतिमा चुर्लुम्म डुबेका छन । राष्ट्रपतिको बिषयलाई लिएर दलहरु छिन्न भिन्न हुने संकेत देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति नेपाली काँग्रेसको हातमा पार्ने दाउ खेल्दै छन । हिजो पनि प्रधानमन्त्री दाहाल र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा बीच बालुवाटारमा गम्भिर बार्ता भएको समाचार आएको छ । यसो भयो भने नेकपा एमाले बिच्किने र सत्ता गठबन्धन धरापमा पर्ने संकेत देखिएको छ । प्रधानमन्त्री दाहाल आफै पनि अस्थिर स्वभावका छन । उनको कारणले देश अस्थिरता तर्फ धकेलिने ठूलो सम्भावना देखिएको छ । सत्ता गठबन्धन निर्माण गर्दा एमाले संग गरेको भद्र सहमति प...
बांस्कोटाको संगीत,क्रोधीको शव्द र सुरेशको स्वरमा ‘माया नै माया’चर्चामा(भिडियो)

बांस्कोटाको संगीत,क्रोधीको शव्द र सुरेशको स्वरमा ‘माया नै माया’चर्चामा(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौँ । प्रख्यात गायक तथा सङ्गीतकार शम्भुजीत बास्कोटाको नयाँ गीत सार्वजनिक भएसँगै चर्चामा आएको छ । भ्यालेन्टाइन डेको अवसरमा ल्याइएको ‘माया नै माया’ बोलको गीतले अहिले युवा पुस्ताहरूको बिचमा निकै नै चर्चा कमाउन सफल भएको छ । विश्वकै पहिलो रियालिटी शो प्रतिभाका डवलीको निर्माता निर्देशक समेत रहेका बास्कोटा नेपालकै पहिलो म्यूजिक भिडियो निर्देशकको रुपमा समेत परिचित छन । नेपाली चलचित्र क्षेत्रमा हजारौं गीतहरुमा उनको संगीत श्रृजना र गायनले लाखौं करोडौं श्रोताहरुको मनमा सधैै वस्न सफल बांस्कोटा चलचित्र विकास वोर्डको पहिलो कार्यकारी समेत हुन । पछिल्ला युवा पुस्ताको माया, प्रेमलाई समेटेर बास्कोटाको संगीतमा तयार भएको उक्त गीतले सकारात्मक प्रतिक्रिया पाउनुको साथै छोटो समयमा धेरैले हेरेका छन् । https://www.youtube.com/watch?v=VlVqQxLGrVc वरिष्ठ गीतकार किरण केसी क्रोधीको शब्द रहेको गीतमा ...
‘गीता एभियसन ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ दोश्रो संस्करणको घोषणा

‘गीता एभियसन ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ दोश्रो संस्करणको घोषणा

मनोरन्जन, समाचार
काठमाडौं । निकिला मिडिया नेटवर्कले ‘गीता एभियसन ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ दोश्रो संस्करणको औपचारिक घोषणा गरेको छ । कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलको अध्यक्षता तथा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाको प्रमुख आतिथ्यतामा काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायर होटलमा पत्रकार सम्मेलन गरि उक्त समारोह घोषणा गरिएको हो ।केही वर्ष यता सौन्दर्य प्रतियोगिता, फेशन शो राष्ट्रिय अन्तराष्ट्रिय शो एवं कार्यक्रमहरु आयोजना गरेर एक सफल ईभेन्ट आयोजकको रूपमा ख्याती कमाउदै आएको निकिला मिडिया नेटवर्कले लामो समयदेखि आ आफ्नो क्षेत्रमा तल्लिन भई समाज र देशका लागि अतुलनीय योगदान दिने अग्रज स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद, पत्रकार, समाजसेवी, व्यवसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुलाई उनिहरुले पुर्‍याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान...
किन गरिन्छ शिवलिंगको पूजा ? : आचार्य प्रशान्त

किन गरिन्छ शिवलिंगको पूजा ? : आचार्य प्रशान्त

समाचार, समाज
-आचार्य प्रशान्तदिल्ली । लिङ्गको आध्यात्मिक अर्थ प्रतीक र प्रमाण दुवै हो। लिङ्गको अर्थ प्रतीक र लिङ्गको अर्थ प्रमाण हो र यी दुई अर्थका कारण शिवलिंग पूजनीय छ । एक अर्थमा शिवलिंगले निराकार सत्यलाई जनाउँछ, वेदमा, अथर्ववेदमा स्तम्भको उल्लेख छ–स्तम्भ भनेको खम्बा– र कुन अर्थमा स्तम्भको उल्लेख छ ? हेरचाहको अर्थमा। जसरी स्तम्भ हुन्छ, त्यसमा धेरै भरोसा गर्न सकिन्छ, जब स्तम्भ हुन्छ, त्यो आधार बन्छ, आधार बन्छ। तपाईं यसमा खडा हुन सक्नुहुन्छ, तपाईं यसलाई केहि बाँध्न सक्नुहुन्छ। त्यस अर्थमा भनिन्छ, ब्राह्मण स्तम्भ जस्तै हो, सत्य स्तम्भ जस्तै हो, सारा संसार यसैमा निर्भर छ। ‘स्तम्भ’ एउटा प्रतीक मात्र हो। सोही स्तम्भ पछि निराकार ब्राह्मणको प्रतीक शिवलिङ्ग बन्यो। अब यो शिवलिंगको प्रतीक यति पुरानो भएको छ कि मोहनजोदारो उत्खनन गरियो र त्यहाँ पनि धेरै शिवलिंगहरू भेटिए। त्यसैले बुझ्नुपर्छ कि कम्तीमा पाँच छ ह...
आत्मदाह गर्न किन बाध्य छन ?

आत्मदाह गर्न किन बाध्य छन ?

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, राजनीतिक दलहरुले देश बनाउने कुरामा खासै ध्यान दिएको देखिदैन । आज देश संकट तर्फ उन्मुख हुदैछ । देशको अर्थतन्त्र डामाडोल भएको संकेत अर्थसास्त्रीहरुले दिइरहेका छन । अब हामी कता जादै छौ ? देशको अबस्था कता जादै छ ? अब सरकारले कस्तो भूमिका खेल्ने ? यी प्रश्न यति बेला उठने गरेका छन । देशमा ब्यवस्था बदलियो तर जनताको अबस्था नबदलिए पछि ब्यवस्था परिवर्तनको के अर्थ ? राजनीतिक दल र तिनका नेता, टाठाबाठा कार्यकर्ता र आसेपासे बाहेक अरुको अबस्था बदलिन सकेको छैन । मान्छे ज्यूदै आगो लगाएर आफै आत्मदाह गर्न किन बाध्य छन ? यो प्रश्नको खोजिगर्नु पर्छ । देश र जनताको भाग्य र भबिश्य बनाउने कुरामा सबै चिन्तित हुनु पर्ने बेला भएको छ । आज हामी हेरिरहेका छौं, राजनीतिक दलहरुको भूमिका त्यति राम्रो छैन । सत्ता स्वार्थ र ब्यक्तिगत स्वार्थ बाहेक राजनीतिक दलहरु र तिनका नेताहरुले अरु केही हेरेनन् । त...
ईन्टरनेशनल मेकअप आर्टिष्ट पाण्डे उपराष्ट्रपतिबाट  सम्मानित

ईन्टरनेशनल मेकअप आर्टिष्ट पाण्डे उपराष्ट्रपतिबाट सम्मानित

आर्थिक, समाचार
काठमाडौैं । सेलेब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई उपराष्ट्रपतिबाट सम्मान प्रदान गरिएको छ । राज मेकअप स्टुडियोका प्रमुख तथा मेकअप आर्टिष्ट पाण्डेलाई चलचित्र उद्योग र नेपाली कला संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत उक्त सम्मान प्रदान गरिएको हो ।ब्राण्ड यु पिक्चर्स प्रा.लि र तारकेश्वर कला प्रतिष्ठानको प्रस्तुतीमा निर्माण भएको ग्लोवल टेलिभिजनमा प्रसारण हुदै आएको टेलिचलचित्र ‘अब जे होला होला’को ५२ औं भाग पुगेको अवसरमा एक कार्यक्रम गरि विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । उपराष्ट्रपति निवासमा आयोजित उक्त कार्यक्रममा लामो समयदेखि राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा परिचित सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डे सम्मानित भएका हुन । उनलाई कार्यक्रमका प्रमुख अतिथी उपराष्ट्रपति नन्द किशोर पुन, ब्राण्ड यु पिक्चर्स प्रा.लि र तारकेश्वर कला प्रतिष्ठानका प्रमुख एवं वरिष्ठ कल...