आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

ज्योतिष कर्मसंगै सांगीतिक क्षेत्रमा सक्रिय अनिल

ज्योतिष कर्मसंगै सांगीतिक क्षेत्रमा सक्रिय अनिल

मनोरन्जन, समाचार
काठमाडौँ। सर्लाही जिल्ला हरिवनमा जन्मिएका एस्ट्रो अनिल थापा पेशाले उनि ज्योतिषी हुन्। आफ्नो ज्योतिषी पेशा संग संगै उनी नेपाली कला क्षेत्रमा पनि सक्रिय छन्। सानै उमेर देखि नै उनि कलाकारिता क्षेत्रमा रुचि राख्थे। एस्ट्रो अनिल थापाको शब्द संगीतमा झन्डै दर्जन बढी गीत रेकर्ड भइ सकेको छ। बेला बेला उनि म्युजिक भिडियोमा पनि देखिने गरेका छन्। कलाका सबै विधामा रुचि राख्ने र निरन्तर लेख्न,संगीत गर्न र अभिनय गर्न उनि सक्रिय छन्। आफ्नो ज्योतिषी कर्मबाट केहि समय निकालेर नेपाली कला संगीतमा केहि गरौँ भन्ने जोशका साथ अलिक बर्ष अघि देखि नै उनि निरन्तर सक्रिय छन्। झन्डै दर्जन गीतमा उनले अभिनय पनि गरि सकेका छन्। गीतकार संगीतकार हुँदै यस क्षेत्रमा प्रवेश गरेका थापा आफुलाई अभिनयमा चिनाउन चाहन्छन्। उनको पहिलो रेकर्ड भएको गीत ‘म मरे पनि’हो जसमा उनकै शब्द संगीत तथा स्वर उनकै रहेको छ। उनको स्वरमा ‘यो देशमा ज...
गीतकार कोइरालालाई ईजिप्टमा राजदुतले दिए उत्कृष्ट गीतकारको अवार्ड

गीतकार कोइरालालाई ईजिप्टमा राजदुतले दिए उत्कृष्ट गीतकारको अवार्ड

मनोरन्जन, समाचार
ईजिप्ट । गीतकार सीताराम कोइरालालाई ईजिप्टको कायरोमा उत्कृष्ट गीतकारको अवार्ड प्रदान गरिएको छ । कायरोस्थित होटल स्विस ईन नाईल होटलमा आयोजित भव्य समारोहका वीच ईजिप्टका लागी नेपाली राजदुत सुशिल के लम्सालले गीतकार कोईरालालाई उक्त अवार्ड प्रदान गरेका थिए । ग्लोवल ईन्टरनेशनल अवार्डको तेश्रो संस्करणमा गीतकार कोईरालाले उनको शव्दमा तयार भएको ‘पिडा’ वोलको गीतबाट यो वर्षको उत्कृष्ट गीतकारको अवार्ड हात पार्न सफल भएका हुन । गायक तथा संगीतकार सरोज कोइराला र वर्षा दासको स्वर तथा सरोज कोईरालाकै सङ्गीत रहेको गीतको भिडियोमा अभिनय गर्ने मोडल श्रीदेव भट्टराईले पनि यसै गीतबाट उत्कृष्ट मोडलको अवार्ड जित्न सफल भएका थिए ।आफुले रचना गरेको पहिलो गीतबाट यसरी दुई वटा अवार्ड जित्न सफल हुनु र त्यसमा पनि अन्तराष्ट्रिय स्तरको अवार्ड प्राप्त गर्नु जिवनकै महत्वपूर्ण सफलता हासिल गरेको महशुस भएको कुरा उनले बताए ।केहि समय...
ईजिप्टमा स्वास्थ्य व्यबसायी अनिल कुमार शर्मालाई राजदुतबाट अवार्ड प्रदान

ईजिप्टमा स्वास्थ्य व्यबसायी अनिल कुमार शर्मालाई राजदुतबाट अवार्ड प्रदान

समाचार, स्वास्थ्य
स्वास्थ्य क्षेत्रमा संलग्न व्यवसायी तथा समाजसेवी अनिल कुमार शर्मा ग्लोवल ईन्टरनेशनल अवार्डबाट सम्मानित भएका छन् । वल्र्डवाईड मिडिया नेटकर्वकको आयोजनामा ईजिप्टको राजधानी कायरोस्थित होटल स्विस ईन नाईलमा सम्पन्न भव्य समारोहमा शर्मालाई स्वास्थ्य व्यबसायीको रुपमा ईजिप्टका लागि नेपाली राजदूत सुशिल के. लम्सालले उक्त सम्मान प्रदान गरेका हुन् । दाँतकाे उपचारकाे क्षेत्रमा ॐ चावहिल डेन्टल हस्पिटल सञ्चालन गरेर सेवा प्रदान गरिरहेका शर्मा विभिन्न सामाजिक संघसंस्थामासमेत आवद्ध छन् । साथै ॐ चावहिल डेन्टल हस्पिटलमार्फत विभिन्न स्थानीय तहमा पुगेर निशुल्क दन्त शिविर सञ्चालन गरेर सेवा प्रदान गर्दै आइरहेका छन् । उनी ॐ चावहिल डेन्टल हस्पिटलका निर्देशक हुन् । हस्पिटलले चाबहिल, काेटेश्वर, कपनशाखाबाट सेवा दिँदै आइरहेकाे छ ।  ...
‘एन प्लस प्रोफसनल मिस एण्ड मिसेस व्यूटिफुल’को ट्यालेन्ट राउण्ड

‘एन प्लस प्रोफसनल मिस एण्ड मिसेस व्यूटिफुल’को ट्यालेन्ट राउण्ड

मनोरन्जन, समाचार
काठमाडौं । एन प्लस प्रोफसनल “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३” को ट्यालेन्ट राउण्ड राजधानीको एक कार्यक्रम वीच सम्पन्न भएको छ । विभिन्न प्रक्रिया पार गरि विवाहित तथा अविवाहित प्रतियोगीहरुले लामो तालिम पश्चात आफुमा भएका प्रतिभा निणार्यक सामू प्रदर्शन गरिने यस राउण्डमा मिसेस तर्फ माया लामा,उषा हमाल,सुनिता पन्हांगो लिम्बु ,बिधा श्रेष्ठ ,नुमा शेर्पा रअनुराधा पाठकले आफ्नो प्रस्तुती दिएका थिए भने मिस तर्फ सुदिक्ष्या बज्राचार्य,समिक्षा राई ,लक्ष्मी शाही ,सन्तोषी रावल , करिश्मा क्षेत्रि ,बिष्णु गुरुङ ,सृष्टि ढकाल ,ज्योति गिरि ,बिपना भट्टराई ,आर्जु खड्का र  माया बुढाथोकीले आ आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । नायक गजित विष्ट,अभिनेता उत्तम केसी,गायिका प्रसन्न पाण्डे,कलाकार प्रेम पाण्डे,समाजसेवी शान्ता कुमारी तामागं,व्यबसायी अशोक कुमार तामागं,सौन्दर्यविद् ईन्दु कुमारी आचार्य निर्णायक मण्डल...
भगवतीले हराईन अमेरिकी रेस्लरलाई

भगवतीले हराईन अमेरिकी रेस्लरलाई

मनोरन्जन, समाचार
नेपाली रेस्लर भगवती खड्का (युनिका)ले सोमबार भएको अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्तमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । भक्तपुरको सल्लाघारीमा भएको रोमाञ्चक भिडन्तमा भगवतीले अमेरिकाकी सादिकालाई पराजित गरेकी हुन् । होलीको अवसरमा आयोजित रेस्लिङमा नेपालकी अस्मिता जुरेलीले भारतीय पुरुष रेस्लर अभिराज सिंहलाई हराइन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित रेस्लिङमा नेपाल ब्रोले पाकिस्तानका शेर खानमाथि जीत हात पारे । रिङसम्म पुग्न नेपाल ब्रोले कार तथा शेर खानले मोटरसाइकल प्रयोग गरेका थिए । नेपालका सिन्धुपाल्चोक टाइगरले पाकिस्तानका अली खानलाई पाखा लगाए । जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । नेपालसहित भारत, पाकिस्तान र अमेरिकाका रेस्लर सहभागी प्रतियोगितामा स्कोरपियाको नामले चिनिने नेपाली रेस्लर हिक्मत थपलियाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।  वि.सं २०७१ सा...
नेपाल ग्रामीण चलचित्र महोत्सवको लागि चलचित्र दर्ता आह्वान

नेपाल ग्रामीण चलचित्र महोत्सवको लागि चलचित्र दर्ता आह्वान

मनोरन्जन, समाचार
नेपाल ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करण आउँदो वैशाखमा हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए। उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामिण कथावस्तुमा बनेका चलचित्र समावेश गरिनेछ। महोत्सवको लागि चलचित्र दर्ता आह्वान गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए। महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन्। जुरी टिमले छनोट गरेका चलचित्रहरू अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिनेछ। दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्महरुलाई विश्वमाझ पुर्‍याउनु र स्थानीय क...
महिलाहरुलाई अगाडि बढाउन महिला स्वयमको भूमिका:अध्यक्ष श्रेष्ठ,महिला चेम्बर

महिलाहरुलाई अगाडि बढाउन महिला स्वयमको भूमिका:अध्यक्ष श्रेष्ठ,महिला चेम्बर

आर्थिक, समाचार
काठमाडौं । नेपाल महिला चेम्बरले ११३ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसर पारेर सांस्कृतिक एवम  सम्मान कार्यक्रम आयोजना गरेको छ । महिला  चेम्बरले संयुक्त राष्ट्र संघले २०२३ को नारी दिवसका लागि तय गरेको ”डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर ईक्वालिटी” भन्ने नाराका साथ  शुक्रबार कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना गरेको हो । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्व तथा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रम माझ विभिन्न विधा अन्तर्गत महिला उद्यमीहरुलाई सम्मानित गरियो । सम्मानित हुनेमा उद्योगतर्फ शुभद्रा अधिकारी ढकाल, निर्याततर्फ पार्वता खरेल विमली , आई टितर्फ न्हशला जोशी, कृषितर्फ सरिता भट्टराई श्रेष्ठ र स्वास्थ्य तर्फ स्वरुपा श्रेष्ठ रहनुभएको छ । त्यसैगरि सांस्कृतिक क...
मुलुकको राजनीति अब के हुन्छ ?

मुलुकको राजनीति अब के हुन्छ ?

राजनीति, समाचार
-डा.डिआर उपाध्याय,काठमाडौं । नेकपा एमाले सरकारबाट बाहिरिएको छ । र उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । राष्ट्रपतिको चुनावको बिषयलाई लिएर एमालेले यस्तो निर्णय लिन बाध्य भएको हो । अब मुलुकको राजनीति के हुन्छ ? प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति नेपाली काँग्रेसलाई दिने पक्का भए पछि एमाले सरकारबाट बिच्किएको हो । १० पुसमा एमाले र दाहाल बीच भएको भद्र सहमती कार्यान्वयन हुन नसकेको र दाहालले बीचमा धोका दिएको एमालेको आरोप छ । पुष्पकमल दाहाल अस्थिर स्वभावका ब्यक्ति हुन भन्ने कुरा त बेला बेलामा उठने गर्छ नी । प्रचण्डले एमालेलाई बीचमा धोका दिन्छन भन्ने मलाई लागेको थियो त्यही भयो । राष्टिय सहमती कायम गर्ने भन्दै प्रचण्डले नेपाली काँग्रेसलाई राष्ट्रपति बनाउन काँध थापेर बसेका छन । राष्ट्रपतिको चुनावको लागी नेपाली काँग्रेसको तर्फबाट बरिष्ठ नेता राम चन्द्र पौडेल र एमालेका तर्फबाट सुबास...
नेपाल स्काउट परिसरमा ला-टोमिटिनो फेस्टिबल आयोजना हुने

नेपाल स्काउट परिसरमा ला-टोमिटिनो फेस्टिबल आयोजना हुने

समाचार, समाज
होली पर्वकोे अवसरमा काठमाडौँमा होली महोत्सव तथा ला-टोमिटिनो फेस्टिबल आयोजना हुने भएको छ । ग्लोबल टुरिजम प्रमोसन काउन्सिलको आयोजनमा लौनचौर स्थित नेपाल स्काउट परिसरमा कार्यक्रम हुन लागेको पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ । होली पर्वलाई पर्यटक भित्राउने पर्वको रुपमा मनाउने उदेश्यले होली महोत्सव र स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिवल पनि नेपालमा मनाइने होली पर्वसँगै आयोजना गर्न लागिएको वताएको छ । पर्वले देशको कला,धर्म,संस्कृतिको पहिचान गर्ने र चाडपर्वलाई संरक्षण ससँगै पुस्तान्तरण गर्नुका साथै नेपाली संस्कृतिलाई विश्वसामु चिनाउने र आन्तरिक तथा बाह्य पर्यटनलाई समेतलाई टेवा पुग्ने भएकोले फागुपूर्णिमाको अवसरमा होली तथा ला-टोमिटिनो फेस्टिबल आयोजना हुन गर्न लागिएको ग्लोबल टुरिजम प्रमोसन काउन्सिलका अध्यक्ष धमेन्द्र समपकोटाले वताउनुभयो । त्यस्तै कार्यक्रको मुख्य प्रायोजकमा स्मिर...
विद्यालयका खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण

विद्यालयका खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण

खेलकुद, समाचार
काठमाण्डौँ । काठमाण्डौँको सानोभ¥याङ्मा अवस्थित स्वस्तिश्री गुरुकुल आइ वी वल्र्ड स्कूलले यही फागुन १४ गते देखि आयोजना गरेको अन्तर विद्यालय फुटसल प्रतियोगिता आज विशेष समारोहका बीच विजयी विद्यालयका खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरी सम्पन्न भएकोे छ । पाँच दिनसम्म सञ्चालन भएको मैत्रीपूर्ण खेलमा १२ वटा विद्यालयका विभिन्न उमेर समुहका जम्मा २८ टिम सहभागी भएका थिए । सो समापन समारोहमा नेपाल खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले विजेताहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो । त्यसैगरी विशेष अतिथिको रुपमा नेपाल स्कूल स्पोर्टस् फेडेरेसनका अध्यक्ष प्रदीप जोशी , पूर्व राष्ट्रिय फुटवल खेलाडी तथा अखिल नेपाल फुटवल संघका पूर्व सदस्य दिनेश व्यञ्जनकार , नागार्जुन प्याब्सनका अध्यक्ष वासु घिमिरे ,नेपाल राष्ट्रिय फुटवल टिमका पूर्व कप्तान तथा विद्यालयका फुटवल एम्बासडर अनिल गरुङ्, राष्ट्रिय ...