शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

समाचार

राष्ट्रपतिको गाडी खरिद प्रकरणबारे सरकारले गर्यो पत्रकार सम्मेलन

राष्ट्रपतिको गाडी खरिद प्रकरणबारे सरकारले गर्यो पत्रकार सम्मेलन

राजनीति, समाचार
काठमाडौ– राष्ट्रपतिलाई १८ करोडको गाडी खरिद गर्ने तयारी भइरहेको समाचार सार्वजनिक भएपछि सरकारले यसबारे बोलेको छ । सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत राष्ट्रपतिको गाडी खरिद प्रकरणबारे सरकारको धारणा जानकारी गराए । आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले नकारात्मक प्रचार भएको भन्दै सम्मानित संथालाई बदनाम गर्न खोजेर लोकतन्त्रलाई नै कमजोर बनाउने खेल भएको जनाए । उनले गाडी खरिद प्रकरणबारे सञ्चार माध्यममा आएका लेख, सम्पादकीय र समाचारप्रति सरकारको ध्यानाकर्षण भएको जनौदै गाडी खरिद गर्ने निर्णय मुलुक संघीय संरचनामा गएसँगै गरिएको दावी समेत गरे । उनले प्रश्न गर्दै भने, ‘के ति निकायलाई गाडी चाहिँदैन ? माथिल्लो पदमा रहेकालाई सवारी सुरक्षा चाहिँदैन ?’ गाडी खरिद गर्ने निर्णय सरकारको भएको र यसमा राष्ट्रपतिको क...
फुटबललाई ड्रोग्बाको बाईबाई, सबैखाले फुटबलबाट लिए सन्यासको ।

फुटबललाई ड्रोग्बाको बाईबाई, सबैखाले फुटबलबाट लिए सन्यासको ।

खेलकुद, समाचार
एजेन्सी–अग्लो शरीर अनि झ्याप्ले कपाल । मैदानमा विपक्षीटिम लाई हैरान बनाउन माहिर । सन् २००० को दशकमा विश्व फुटबलमा डिडियर ड्रोग्बाले यही पहिचान बनाए । उनी मैदानमा डटेर खेल्ने खेलाडीमध्य्ए एक हुन । ड्रोग्बाको मेहनतको फलस्वरुप अफ्रिकी मूलुक आइभोरी कोस्टले विश्व फुटबलका ठूलो छलाङ मार्यो । आइभोरी कोस्टका यिनै महान फुटबलर ड्रोग्बाले बुधबार राती सबैखाले फुटबलबाट सन्यासको घोषणा गरे। चार बर्षअघि राष्ट्रिय टोलीबाट सन्यास लिएका ४० बर्षीय ड्रोग्बाले क्लब फुटबलबाट पनि सन्यास लिएका छन । ‘२० बर्ष लामो फुटबल खेललाई मैले विट मार्ने निर्णय गरें । फुटबलले दिएको सफताबाट म सन्तुष्ट छु । बाँकी समय फुटबलमै कुनै न कुनै भूमिकामा रहनेछु,’ ड्रोग्बाले बताए । सन् २००२ देखि २०१४ सम्म आइभोरी कोस्टको राष्ट्रिय टोलीमा पहिलो रोजाईका खेलाडी ड्रोग्बाले टोलीमा रहदा महत्वपूर्ण योगदान दिए । सन् २००६, २०१० र २०१४ को विश्...
शहिद स्मारक ए डिभिजन लिगमा च्यासलको पहिलो जित

शहिद स्मारक ए डिभिजन लिगमा च्यासलको पहिलो जित

खेलकुद, समाचार
काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज भएको तेस्रो चरणको पहिलो खेलमा च्यासल युथ क्लबले एनआरटी लाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा च्यासलले एनआरटीलाई ५–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो । यसअघि खेलको दुई खेलमा एक खेलमा हार तथा एक खेलमा बराबरी खेलेको थियो । च्यासलले पहिलो खेलमा मछिन्द्र क्लबलाई गोलरहित बराबरीमा रोकेको थियो भने आर्मीसँग १–० गोलअन्तरले पराजित भएको थियो । च्यासलको जितमा अमिर श्रेष्ठ र विमल घर्तीमगरले दुई दुई गोल गरे भने सन्तोष साउखलले एक गोल गरे । अमिरले खेलको पहिलो हाफको १४ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । त्यस्तै उनले खेलको पहिलो हाफको २९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै च्यासलको अग्रता दोब्बर पारे । खेलको पहिलो हाफसम्म २–० ले अगाडि रहे...
भोलिदेखि लाइसेन्सको आवेदन खुल्ने ,सर्भरको समस्या हटाउन कर्मचारीलाई २ दिने तालिम प्रदान गरियो

भोलिदेखि लाइसेन्सको आवेदन खुल्ने ,सर्भरको समस्या हटाउन कर्मचारीलाई २ दिने तालिम प्रदान गरियो

समाचार
चाडबाडको कारण विगत लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन भोलि शुक्रबारदेखि खुल्ने भएको छ। लामो अवधिपछि आवेदन खुल्ने भएकाले सर्भरमा समस्या आउने सक्ने सम्वन्धमा सचेत रहेर काम गरिएको विभागले जनाएको छ। अनलाइन फारम भर्दा सेवाग्रहीलाई समस्या नपरोस भनेर मंगलावार र बुधवार २३ वटा यातायात कार्यालयका कर्मचारीलाई सर्भरको तालिम दिइएको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए। यातायात व्यवस्था विभागले चाडपर्वको विदालाई मध्यनजर गर्दै सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल सेवा बन्द गरेको थियो। नयाँ ट्रायल र फारम नखुलेपनि रिट्रायल भने दशैं लगत्तै सुचारु गरिएको थियो। करिब ७० हजार लाइसेन्स छापियो सवारी चालक अनुमति पत्रको लागि सबै प्रकृया पुर्याएका लगभग ६ लाख चालकले अझै सम्म लाइसेन्स पाउन सकेका छैनन्। विभागले ६ लाख ‘ब्याक लक’ हटा...
प्रेमिकाले प्रेमीको हत्या गरिन्, टुक्रा पारिन्, ब्लेन्डरमा पिनिन् र बिरयानी बनाएर मानिसलाई नै खुवाईन।

प्रेमिकाले प्रेमीको हत्या गरिन्, टुक्रा पारिन्, ब्लेन्डरमा पिनिन् र बिरयानी बनाएर मानिसलाई नै खुवाईन।

अन्तराष्ट्रिय, समाचार
दुबईमा मोरोक्कोकी एक महिलाले आफ्नै प्रेमीको हत्या गरी टुक्रा पारेर आफ्नो घर नजिकैका कामदारलाई बिरयानी बनाएर खुवाएको घटना पर्दाफास भएको छ । नाम नखुलाइएकी उक्त महिलाले दुबईको अल एनस्थित आफ्नो घरमा सात वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रेमीको हत्या गरेको डेली मेलले बताएको छ । अभियोजकका अनुसार उनका प्रेमीले मोरोक्कोमा अर्की महिलासँग विवाह गर्ने योजना बनाइरहेको जानकारी दिएपछि रिसको झोंकमा आएर महिलाले हत्या गरेकी हुन् । पुलिस अधिकारीका अनुसार ती महिलाले आफ्ना प्रेमीको मासुलाई ब्लेन्डरमा पिसिन् र बिर्यानीजस्तो बनाएर उनको घर नजिकै रहेका पाकिस्तानी कामदारलाई खुवाइन । हत्या गरिएका व्यक्तिको दाजुले उनी हराइरहेको उजुरी दिएपछि यसबारे अनुसन्धान सुरु गरिएको थियो । ती व्यक्ति भाइ बस्ने घरमा गएको तर महिलाले उनलाई घरबाट निकालिदिएको र उनी कहाँ छन भन्ने बारे थाहा नभएको बताएपछि उनी पुलिसको सहारा लिन...
संयुक्त सैन्य अभ्यासमा कटौती गर्दै अमेरिका र दक्षिण कोरिया

संयुक्त सैन्य अभ्यासमा कटौती गर्दै अमेरिका र दक्षिण कोरिया

अन्तराष्ट्रिय, समाचार
वासिङ्टन– संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले सन् २०१९ का लागि गर्ने भएको वार्षिक संयुक्त सैन्य अभ्यासमा सहभागी हुने सेनाको संख्या कटौती हुने भएको छ । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले उत्तर कोरियासँगको आणविक वार्तालाई सहजीकरण गर्नका लागि सैन्य अभ्यासमा कटौती गर्न लागिएको बुधबार बताए । ‘फोल इगल नाम दिइएको सैन्य अभ्यासलाई दुई देशबीचको कुटनीतिक प्रयासलाई नोक्सान नहुने गरी आयोजना गरिनेछ,’ म्याटिसले भने । दुई देशले आयोजना गर्ने नियमित फोल इगल सैन्य अभ्यास सबैभन्दा ठूलो हो । यो अभ्यासप्रति उत्तर कोरियाले संधै आपत्ति जनाउँदै आएको छ । उत्तर कोरियाले यो सैन्य अभ्यासलाई प्रत्याक्रमणको रुपमा हेर्ने गरेको छ । करिब दुई लाख दक्षिण कोरियाली र करिब तीन लाख अमेरिकी सेना सहभागी हुने यो विशाल सैन्य अभ्यासमा गत वर्ष पनि केही ढिलाइ र कटौती गरिएको थियो । उत्तर कोरियाका नेता किम जोङ उनसँग सिंगापुरम...
त्रिवि परीक्षाको सम्पुर्ण सूचना अब टेलिफोनबाटै लिन मिल्ने

त्रिवि परीक्षाको सम्पुर्ण सूचना अब टेलिफोनबाटै लिन मिल्ने

शिक्षा, समाचार
काठमाडौँ– त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सम्पुर्ण सूचना अब टेलिफोनबाटै उपलब्ध हुने भएको छ । विद्यार्थी र अभिभावकको सुविधालाई ध्यानमा राखी सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले सो सेवा टेलिफोनबाटै उपलब्ध गराइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालयको परीक्षासँग सम्बन्धित विविन्न जानकारीहरु कार्यालय समयभित्र त्रिविले उपलब्ध गराएको टेलिफोन नम्बर ४६७२६३२ र ४२८४१६७ बाट विद्यार्थीले जानकारी लिन सक्नेछन् ।...
तीन महिना नबित्दै नेपाल वायु सेवा निगमको वाइड बडीको ब्रेक फेल

तीन महिना नबित्दै नेपाल वायु सेवा निगमको वाइड बडीको ब्रेक फेल

समाचार, समाज
काठमाडौ‌‌ —राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी विमान ‘अन्नपूर्ण’ दुई हप्तादेखि ‘ग्राउन्डेड’ छ। ब्रेक सिस्टम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको हो। विमानको ब्रेक सिस्टममा तीन वर्षको वारेन्टी भए पनि तीन महिना नउड्दै समस्या आएको निगमले जनाएको छ। कलसाइन एन–एएलवाई रहेको यो विमानको ब्रेक सिस्टम बिग्रिएपछि नउडाएको निगमका प्रवक्ता अशोक सिग्देलले बताए । उनका अनुसार अहिले नयाँ वाइड बडी खरिदका क्रममा भएको सम्झौताअनुसार बिग्रनु नपर्ने ब्रेक सिस्टम कसरी बिग्रियो भन्ने विषयमा अध्ययन भइरहेको छ। ‘कात्तिक २२ गते जहाजको ब्रेक सिस्टममा खराबी देखिएपछि विमानस्थलमै ग्राउन्डेड गरेका छौं। प्राविधिक विषय भएका कारण इन्जिनियरहरुले अध्ययन गरिरहेका छन्,’ सिग्देलले भने, ‘एभियोनिक्स कार्गो डोरमा समेत समस्या देखिएको छ। केही दिनभित्रै हल हुन्छ।’ दोहा–काठमाडौ...
उदयपुरमा विदेशी नागरीकलाई नागरिकता !

उदयपुरमा विदेशी नागरीकलाई नागरिकता !

समाचार, समाज
उदयपुर — भारतीय महिला लजिना खातुनलाई नेपाली नागरिकता दिएको विषयमा स्थानीय प्रशासनले छानविन सुरु गरेको छ । छानविनका क्रममा लजिनाको नागरिकताका लागि सिफारिस सर्जमिन मुचुल्का सहीछाप गर्ने दर्जनभन्दा बढीसँग बयान लिइएको छ । झुटो विवरण पेस गरी त्रियुगा नगरपालिका १०, बोक्से बस्ने भारतीय लजिनाले नेपाली नागरिकता लिएकी थिइन् । भारतीय नागरिकसँग विवाह गरेकी दिल मोहमदकी ३१ बर्षीया छोरी लजिनालाई स्थानीयको अविवाहित सर्जजमिन मुचुल्कासहित त्रियुगा नगरपालिका १० का वडाध्यक्ष प्रकाश खडकाको सिफारिसमा नेपाली नागरिकता दिइएको हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।...
नेत्र विक्रम चन्द ‘विप्लव’ माओवादी’का दुई कार्यकर्ता पक्राउ

नेत्र विक्रम चन्द ‘विप्लव’ माओवादी’का दुई कार्यकर्ता पक्राउ

राजनीति, समाचार
जुम्ला — जिल्लाका दुई स्थानीय तहमा १ मंसिरमा एकैसाथ भएको आक्रमण घटनामा संलग्न आशंकामा मुगु सोरु गाउँपालिकाका रामबहादुर भाम  र जुम्ला तिला गाउँपालिकाका लक्ष्मणनाथ योगी संग्राम पक्राउ परेका छन् । उनीहरुबाट विभिन्न स्थानमा संकलित ३५ हजार ६ सय ८४ रुपैयाँको चन्दा रसिद, डायरी, पार्टीका पर्चा, पम्प्लेटसमेत बरामद गरेको प्रहरीले जनाएको छ । स्थानीय तहमा भएको आक्रमणबाट चन्दननाथ नगरपालिकाको गाडी आगजनी र गोठीचौर गाउँपालिका तोडफोड भएको थियो । उता, विव्लव नेतृत्व, नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्ता निसःर्त रिहाईको माग गरेको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।...