biryani

दुबईमा मोरोक्कोकी एक महिलाले आफ्नै प्रेमीको हत्या गरी टुक्रा पारेर आफ्नो घर नजिकैका कामदारलाई बिरयानी बनाएर खुवाएको घटना पर्दाफास भएको छ ।

नाम नखुलाइएकी उक्त महिलाले दुबईको अल एनस्थित आफ्नो घरमा सात वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रेमीको हत्या गरेको डेली मेलले बताएको छ । अभियोजकका अनुसार उनका प्रेमीले मोरोक्कोमा अर्की महिलासँग विवाह गर्ने योजना बनाइरहेको जानकारी दिएपछि रिसको झोंकमा आएर महिलाले हत्या गरेकी हुन् ।

पुलिस अधिकारीका अनुसार ती महिलाले आफ्ना प्रेमीको मासुलाई ब्लेन्डरमा पिसिन् र बिर्यानीजस्तो बनाएर उनको घर नजिकै रहेका पाकिस्तानी कामदारलाई खुवाइन ।

हत्या गरिएका व्यक्तिको दाजुले उनी हराइरहेको उजुरी दिएपछि यसबारे अनुसन्धान सुरु गरिएको थियो ।

ती व्यक्ति भाइ बस्ने घरमा गएको तर महिलाले उनलाई घरबाट निकालिदिएको र उनी कहाँ छन भन्ने बारे थाहा नभएको बताएपछि उनी पुलिसको सहारा लिन पुगेका थिए ।

मृतकका दाजुलाई उद्धृत गर्दै डेली मेलका अनुसार पुलिसले ती महिलाको ब्लेन्डरमा मानव दाँत भेटेपछि यसबारे पर्दाफास भएको हो ।

द नेशनलका अनुसार डिएनए टेस्टले उक्त दाँत हराइरहेका व्यक्तिकै भएको पत्ता लगाएपछि उनकी प्रेमिकालाई पक्राउ गरिएको छ ।

पक्राउ परेपछि ती महिलाले आफूले प्रेमीको हत्या बदला लिन गरेको बताइन ।

प्रेमीको शवलाई ठेगान लगाउन साथीको सहयोग माग्दा साथीले अस्विकार गरेपछि आफूले शवलाई टुक्रा पारेर कामदारलाई खुवाएको समेत बयान दिइन् ।

पुलिसले यसबारे थप अनुसन्धान भईरहेको जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here