citizenship nagarikta

उदयपुर — भारतीय महिला लजिना खातुनलाई नेपाली नागरिकता दिएको विषयमा स्थानीय प्रशासनले छानविन सुरु गरेको छ ।

छानविनका क्रममा लजिनाको नागरिकताका लागि सिफारिस सर्जमिन मुचुल्का सहीछाप गर्ने दर्जनभन्दा बढीसँग बयान लिइएको छ ।

झुटो विवरण पेस गरी त्रियुगा नगरपालिका १०, बोक्से बस्ने भारतीय लजिनाले नेपाली नागरिकता लिएकी थिइन् ।

भारतीय नागरिकसँग विवाह गरेकी दिल मोहमदकी ३१ बर्षीया छोरी लजिनालाई स्थानीयको अविवाहित सर्जजमिन मुचुल्कासहित त्रियुगा नगरपालिका १० का वडाध्यक्ष प्रकाश खडकाको सिफारिसमा नेपाली नागरिकता दिइएको हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here