आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

सबरीमला मन्दिरमा दुई महिलाले प्रवेश गरे, पुजारीद्वारा मन्दिर बन्द

सबरीमला मन्दिरमा दुई महिलाले प्रवेश गरे, पुजारीद्वारा मन्दिर बन्द

अन्तराष्ट्रिय, समाचार
केरला, पुस- १८ । भारतको केरला राज्यस्थित सबरीमला मन्दिरमा बुधबार दुई महिलाले प्रवेश गर्दै सदियौ पुरानो परम्परालाई तोडेका छन् । १० देखि ५० वर्षबीचको उमेर समूहका महिलाहरुलाई प्रवेश निषेध गरिएको सो मन्दिरमा सोही उमेर समूहका दुई महिला प्रवेश गर्दै उनिहरुले उक्त परम्परा तोडेका हुन् । केही समय अघि भारतको सर्वोच्च अदालतले मन्दिरमा महिलालाई प्रवेश निषेध गर्ने उक्त परम्परा उपयुक्त नभएको भन्दै कसैलाई मन्दिर प्रवेशबाट रोक्न नहुने फैसला समेत गरेको थियो । सोही फैसलालाई आधार बनाएर केरलाका दुई महिला मन्दिरभित्र प्रवेश गरेको जनाईएको छ । मुख्यमन्त्री पी विजयनले समेत महिलाहरु मन्दिरमा प्रवेशको पुष्टि गरे । उनले ती महिलाहरुलाई सुरक्षा व्यबस्था उपलब्ध गराइएको समेत जनाए । स्थानीयवासीले भने महिलालाई मन्दिरमा प्रवेश गराउने प्रयासको विरोध जनाउदै आएका थिए । उनीहरुले यसअघि बारम्बार मन्दिर प्रवेशका लागि ...
इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पछि पार्दै टोटनह्याम दोस्रो स्थानमा उक्लियो

इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पछि पार्दै टोटनह्याम दोस्रो स्थानमा उक्लियो

खेलकुद, समाचार
काठमाडौं, पुस-१८ । टोटनह्यामले उपाधि होडमा आफूलाई सशक्त दाबेदारको रुपमा प्रस्तुत गर्दै म्यानचेस्टर सिटीलाई पछि पार्दै इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत गएराती राति भएको खेलमा टोटनह्यामले कार्डिफ सिटीमाथि ३–० गोल अन्तरको जित निकाल्दै दोस्रो स्थानमा आफुलाई फर्काउन सफल भएको हो । अवे मैदानमा भएको खेलमा टोटनह्यामलाई जित दिलाउन ह्यारी केन, क्रिष्टियन एरिक्सन र सन हेङ्ग–मिनले एक एक गोल गरे । खेलको तीनै गोल पहिलो हाफमा नै भएको थियो । तेस्रो मिनेटमा नै केनले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाउदा १२ औँ मिनेटमा एरिक्सनले गोल गरेर अग्रता दोब्बर पारे । २६ औं मिनेटमा सनले गोल गरेपछि पहिलो ३० मिनेट भन्दा कम समयकै खेलमा ३–० को अग्रता टोटनह्यामले लिएको थियो । दोस्रो हाफमा दुवै तर्फबाट गोलका लागि प्रयास भए पनि गोल भने हुन सकेन र टोटनह्याम ३–० गोल अन्त...
इङलिस प्रिमियर लिग अन्तर्गत गएरातीको खेलमा लेष्टर सिटी र आर्सनल विजयी

इङलिस प्रिमियर लिग अन्तर्गत गएरातीको खेलमा लेष्टर सिटी र आर्सनल विजयी

खेलकुद, समाचार
काठमाडौं, पुस-१८ । इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राती भएका खेलहरुमा लेष्टर सिटी र आर्सनल विजयी भएका छन् । एभर्टनको घरेलु मैदानमा भएको खेलमा लेष्टरले एभर्टनलाई १ –० गोल अन्तरले पराजित गरेको हो । खेलमा लेष्टरलाई जित दिलाउन जेमी भर्डीले निर्णायक १ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भार्डी नायक बन्दा लेष्टरले महत्वपूर्ण ३ अंक जोडेको हो । लेष्टरलाई जित दिलाउने क्रममा भार्डीले खेलको ५८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । एभर्टनमाथिको जितसंगै लेष्टरले २१ खेलबाट ३१ अंक जोड्दै लिगको सातौं स्थानमा उक्लिएको छ । पराजित एभर्टन भने २७ अंक सहित लिगको दशौं स्थानमा रहेको छ । गए रातीनै भएको लिगको अर्को खेलमा आर्सनलले फुलहमलाई ४–१ गोलले पराजित गर्यो । आर्सनलको घरेलु मैदानमा भएको खेलमा टिमलाई जित दिलाउन ग्रानिट जाका, एलेक्जेन्डर लाकाजेट्स, आरोन रामसे र पेरि...
भारतीय ठूला नोटमाथिको प्रतिबन्धले पर्यटन क्षेत्र प्रभावित

भारतीय ठूला नोटमाथिको प्रतिबन्धले पर्यटन क्षेत्र प्रभावित

आर्थिक, समाचार
काठमाडौं, पुस-१८ । नेपालमा भारतीय ५००, १००० र २००० रुपैयाँका नोटमाथि प्रतिबन्ध लगाएसँगै त्यसको प्रभाव पर्यटन क्षेत्रमा देखिन थालेको छ । ठूला नोट ल्याउन नपाइने र साना नोट धेरै बोक्नुपर्ने बाध्यताले कतिपय भारतीय पर्यटकले बुकिङ रद्द गरेको पर्यटन व्यवसायीले बताएका छन् । बैंकिङ प्रणाली, एटीएम वा यात्रा कार्डबाट कम कारोबार हुने भएपछि भारतीय पर्यटक नगदै बोकेर आउने गर्छन् । नेपाल सरकारले केही दिनअघि भारतीय १०० रुपैयाँभन्दा बढीको नोटमा प्रतिबन्ध लगाएको छ । ‘नोट प्रतिबन्धले भारतीय पर्यटकमा अलमल भएको छ । ‘धरैले बुकिङ रद्द गरेका छन्,’ डयामसाइडस्थित होटल बज्र इनका सञ्चालक बच्चुराम तिवारीले भने, ‘नेपाल सरकारले यसको व्यवस्थापन गर्न जरुरी छ ।’ पर्यटक बोलाउने तर नगदै बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्यका लागि सरकारले सोच्नुपर्ने उनको भनाइ छ । कतिपय भारतीयले भने सीमामा नेपाली पैसा साटेर आउने गरेका छ...
५७ करोड बैंकिङ ठगीका आरोपी ४ लाख धरौटी धरौटीमा छुटे

५७ करोड बैंकिङ ठगीका आरोपी ४ लाख धरौटी धरौटीमा छुटे

अपराध, समाचार
काठमाडौं, पुस-१८ । तत्कालीन किस्ट बैंकका कर्मचारी तथा ऋणीहरुलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा छाड्ने आदेश दिएको छ । ५७ करोड बैंकिङ ठगीका आरोपी ४ लाख धरौटीमा रिहा भएका छन् । यसअघि नेपाल प्रहरीको केन्दीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकका तत्कालीन कर्मचारी बालनरसिंह घर्ती र प्रगुन श्रेष्ठ तथा ऋणीहरु कुलप्रसाद पोखरेल, प्रमोदकुमार देव र अजयकुमार देवलाई पक्राउ गरी ठगीको आरोपमा मुद्दा दायर गरेको थियो ।...
रुसमा विस्फोटका कारण ध्वस्त भवनमा पुरिएका ११ महिने बालकको जिवितै उद्धार

रुसमा विस्फोटका कारण ध्वस्त भवनमा पुरिएका ११ महिने बालकको जिवितै उद्धार

अन्तराष्ट्रिय, समाचार
रुस, पुस-१८ । रुसको मध्यभागमा रहेको मग्नितागोस्र्क सहरको एक भवनामा गत सोमबार भएको बिस्फोटपछि भग्नावशेषमा पुरिएकाहरुलाई खोज्ने क्रममा ११ महिने बालकको जिवितै उद्धार गरिएको छ । तापक्रम माइनस १७ पुगेको अवस्थामा पनि इवान नामका ती बालकलाई जिउँदै उद्धार गर्न उद्धारकर्मीहरु सफल भएका हुन । भग्नावशेष पन्छाउने क्रममा रुँदै गरेको बालकलाई उद्धारकर्मीहरुले भेटेका हुन् । बालकको टाउकोमा सामान्य चोट लागेको छ भने हात र खुट्टा भाँचिएको छन । उनलाई थप उपचारको लागि मस्कोको एक अस्पतालमा भर्ना गरिएको जानाईएको छ । गत सोमबार भएको बिस्फोटमा चारजनाको ज्यान गएको थियो भने विस्फोटका कारण भवनका ४८ वटा फ्ल्याटहरु ध्वस्त भएका थिए । अझै ३६ भन्दा बढी बेपत्ता रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । भवनमा लगभग १२० जना बस्दै आएका थिए । राष्ट्रपति पुटिनले विस्फोटका कारण प्रभावितलाई सबै प्रकारको सहयोग गर्ने ...
ग्रीनकार्डको आवेदन बढेसंगै दुतावासले चलचित्र विकास बोर्डलाई प्रश्न गर्यो- ‘के नेपालमा यति धेरै अवार्ड शो हुन्छ त ?’

ग्रीनकार्डको आवेदन बढेसंगै दुतावासले चलचित्र विकास बोर्डलाई प्रश्न गर्यो- ‘के नेपालमा यति धेरै अवार्ड शो हुन्छ त ?’

मनोरन्जन, समाचार
काठमाडौं, पुस-१८ । अमेरिकी दुतावासबाट केही दिन अघि चलचित्र विकास बोर्डका एक कर्मचारीलाई फोन आयो । नेपाली चलचित्रमा काम गर्ने चलचित्रकर्मीले ग्रिन कार्डका लागि दिएको आवेदनको बारेमा अमेरिकी दुतावासले करिब आधा घन्टासम्म जिज्ञासा राख्दै विभिन्न प्रश्न राखेको थियो । स्रोतका अनुसार, नेपालबाट ग्रिन कार्डको आवेदन दिएर अमेरिका नै बस्न चाहने चलचित्रकर्मीको संख्या अहिले निकै नै बढेको छ । चलचित्र क्षेत्रमा काम गर्ने धेरै चलचित्रकर्मीले नेपालमा अझै पनि यो क्षेत्रमा सुरक्षित भविष्य नदेखेको पाईएको छ जसको कारण उनीहरु सोझै नेपालबाटै ग्रिन कार्ड बनाएर अमेरिका जान ईच्छुक देखिएका छन । पछिल्लो समयको रेकर्ड हेर्ने हो भने धेरै चलचित्रकर्मीहरु यसरी नै अमेरिका पुगिसकेका देखिन्छन् त्यसैको कारण हुन सक्छ अन्य चलचित्रकर्मीमा समेत यो रहर बढ्दै जानु। नेपालमा हुने अवार्डमाथि प्रश्न ? बर्षेनी नेपालमा एक दर्जन भन...
चितवनको सौराहाका होटल पर्यटकले भरिभराउ

चितवनको सौराहाका होटल पर्यटकले भरिभराउ

आर्थिक, समाचार
चितवन, पुस- १७ । पर्यटकीय गन्तव्य सौराहा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार ७० प्रतिशत आन्तरिक र ३० प्रतिशत बाह्य पर्यटक रहेका छन् । सौराहाका होटल भरिएपछि रत्ननगर, भरतपुरलगायतका बजार क्षेत्रका होटलमा समेत पर्यटक बस्न थालेका छन् । नारायणगढ–मुग्लिन सडक सहज भएसँगै काठमाडौँ, पोखरालगायतका क्षेत्रबाट आन्तरिक पर्यटक नयाँ वर्ष मनाउन यहाँ आएका छन् । सङ्घका उपाध्यक्ष दीपक भट्टराईका अनुसार सौराहामा सोमबार राति कुटुम्ब ब्याण्डको प्रत्यक्ष प्रस्तुति रहेको थियो भने केही होटलले समेत साङ्गीतिक कार्यक्रम आयोजना गरेका थिए । होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीका अनुसार सोमबारदेखि तीन दिनसम्म होटल पुरै बुकिङ रहेको छ । ठूला अधिकांश होटल पुरै बुकिङ भएको उनले बताए । ...
यमनमा हुथी विद्रोहीका कारण भोकमरी र कुपोषणको संकट बढ्दै

यमनमा हुथी विद्रोहीका कारण भोकमरी र कुपोषणको संकट बढ्दै

अन्तराष्ट्रिय, समाचार
काठमाडौं, पुस- १७ । करिव दुई करोड जनताले यमनमा खाद्य सामग्री अभावका कराण भोकमरी र कुपोषणको शिकार बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ । हुथी बिद्रोहीको कब्जामा रहेको क्षेत्रसम्म खाद्य सामग्री पुर्याउन नसकेका कारण दुई करोड जनता मारमा परेका छन् । केही स्थानामा खाद्य सामग्री उपलब्ध गराइएको भएपनि सम्बन्धित ब्यक्तिहरुले पाउने गरेका छैनन् भन्दै संयुक्त राष्ट्रसंघ खाद्य कार्यक्रमका अधिकारीहरुले विश्व समुदायको ध्यानाकर्षण गराएका छन् । हुथी बिद्रोहीलाई संयुक्त राष्ट्रसंघले पटक पटक खाद्य सामग्री उपलब्ध गराउने बाटो खुला गर्न आग्रह गर्दा पनि उनीहरुले कुनै प्रतिक्रिया दिएको छैन । यमनको पश्चिमी क्षेत्र हुथी बिद्रोहीले नियन्त्रणमा लिएको छ भने साउदी अरब समर्थित राष्ट्रपति अब्दुरब्बु मंसुर हादीलाई देश निकाला समेत गरेको थियो । यमनमा सन् २०१५ देखि शुरु गृहयुद्धमा पछिल्लो समय साउदी गठबन्धनको ...
अष्ट्रेलियाको बिग बास क्रिकेट लिगमा लामिछानेको टिम मेलबर्न स्टार्सले आज चौथो खेल खेल्ने

अष्ट्रेलियाको बिग बास क्रिकेट लिगमा लामिछानेको टिम मेलबर्न स्टार्सले आज चौथो खेल खेल्ने

खेलकुद, समाचार
काठमाडौं, पुस- १७ । अष्ट्रेलियाको बिग बास क्रिकेट लिगमा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले आज लिगको चौथो खेल खेल्दैछ । यसअघिका भएका तिनमध्ये एक खेल मात्रै जितेको मेलबर्न स्टार्सले आज आफ्नै राज्यको प्रतिद्धन्दी मेलबर्न रेनेगेड्स विरुद्ध खेल्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो २ बजे मेलवर्नमा शुरु हुदैछ । प्रतियोगितामा नेपालका लेग स्पिनर लामिछानेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । तिन खेलमा ७ विकेट लिएका लामिछाने सर्वाधिक विकेट लिने खेलाडीहरुको सुचीमा चौथो स्थानमा रहेका छन् । सिड्नी सिक्सर्सका स्टिभ ओकिफ ९ विकेटसहित शिर्ष स्थानमा छन् । आजको खेलमा विजयी भए सन्दिपको टोली मेलबर्न स्टार्सको सुपुर फोरमा पुग्ने सम्भावना वलियो बन्नेछ । मेलवर्न स्टार्स २ अंक सहित छैटौं स्थानमा रहँदा मेलवर्न रेनेगेड्स भने ४ अंक सहित दोस्रो स्थान...