कतारको एक ऊर्जा कम्पनी पश्चिम सेतीमा लगानी गर्न ईच्छुक
काठमाडौं— २३, माघ ।
कतार सरकारको लगानी रहेको एक ऊर्जा कम्पनीले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा चासो देखाएको छ । कम्पनीसँग वार्ताका लागि लगानी बोर्डको एक टोली कतार गएको थियो ।
कतारमा भएको वार्ताको क्रममा कम्पनीले नेपालमा विद्युत् आयोजना निर्माणका लागि चासो देखाएको लगानी बोर्डका प्रवक्ता एवं टोलीनेता उत्तमभक्त वाग्लेले जानकारी दिए ।
‘आइतबार कतारको नेब्रास पावर नामक कम्पनीका प्रतिनिधिसँग वार्ता भयो । हामीले पश्चिम सेतीसहित प्रोजेक्ट बैंकमा भएका आयोजनाबारे जानकारी दियौं,’ उनले भने, ‘कतारी कम्पनीका प्रतिनिधिले आयोजनाबारे चासो दिएका छन् । चाँडै नै कम्पनीको प्राविधिक टोली नेपाल आउँदै छ ।’ नेब्रासका प्रतिनिधिसँग पश्चिम सेती विस्तृत परियोजना अध्ययन सकिएका आयोजना भएकाले तत्काल निर्माणमा जान सकिने विषयमा छलफल गरेको उनले जानकारी दिए ।
‘एकै पटकको वार्ताबाट लगानी आउने भन्ने होइन । उन...









