आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

पूर्ण स्तनपान प्रवर्द्धनका लागि आमा समूहलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण

पूर्ण स्तनपान प्रवर्द्धनका लागि आमा समूहलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण

समाचार, स्वास्थ्य
काठमाडौँ ।  पूर्ण स्तनपान प्रवर्द्धनका लागि आमा समूहलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । टोखा नगरपालिकासँग समन्वयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गरेको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो । आमा र बच्चाको स्वास्थ्य सुधार गर्ने तथा कुपोषणजन्य रोगबाट बचाउने विषयमा जनचेतना जगाउने, स्तनपानको महत्त्व बारे जनचेतनामूलक स्वास्थ्य शिक्षा प्रदान गर्ने तथा मातृ शिशु मृत्युदर घटाउने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवाहरूको बारेमा जानकारी प्रदान गरिनुका साथै स्वस्थ जीवनशैली अन्तर्गत शरीरलाई हित गर्ने आहार विहारको विषयमा समेत चर्चा गरिएको थियो । कार्यक्रममा मुख्यतया स्तनपानको तरिका, महत्त्व, बच्चालाई आमाको दूधबाट प्राप्त हुने पोषणको बारेमा आमा समूहलाई जानकारी दिइएको हो । यसै सम्बन्धमा जिल्ला आयुर...
मुन थकालीको नयाँ गीत सार्वजनिक(भिडियो)

मुन थकालीको नयाँ गीत सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौँ। प्रतिभावान व्यक्तित्व गायक,संगीतकार तथा मोडल मुन थकालीको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘कदम कदम’ बोलको गीतमा मुन थकालीको स्वर तथा संगीत रहको छ भने फिमेल स्वरमा जिना गुरुङले साथ दिएकी छन्। रोमान्टिक गीतमा मुन थकाली र रिया लामा फिचर्ड छन्। https://youtu.be/cjQqwTwlMDY हर्कुलस बस्नेतको संगीत संयोजन रहेको गीतमा शब्द रचना मुन थकाली र कृस क्षेत्रीको रहेको छ। नितेश लामाको निर्देशनमा बनेको भिडियोमा रिया लामाको कोरियोग्राफी रहेको छ। भिडियोको छायाँकन र सम्पादन पनि नितेश लामाले नै गरेका हुन्। जोमसोमको रमणीय दृश्यहरु कैद गरिएको भिडियो उत्कृस्ट बनेको छ। भिडियो मुन थकालीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। ...
एमएस नेपाल इन्टरनेसनलको उपाधी सीता सुवेदीलाई

एमएस नेपाल इन्टरनेसनलको उपाधी सीता सुवेदीलाई

मनोरन्जन, समाचार
काठमाडौं । एम एस नेपाल इन्टरनेसनलको उपाधी सीतालाई एकखुट्टाले शास्त्रीय नृत्य गर्ने भनेर चिनिएकी सीता सुवेदी कलालाई आफ्नो हृदयको ढुकढुकी मान्छिन। कलाक्षेत्र उनको प्राणमा बसेको छ। उनले सङ्गीत र नृत्यलाई हृदयले नियाल्ने प्रयास गरिरहेकी छन भन्ने कुरा उनको सम्वादमा सहजै अनुमान लगाउन सकिन्छ। समग्रमा कला क्षेत्रको अध्यन र चिन्तनमा आफ्नो एक दशक खर्चिसकेकी उनै सीताको सुन्दरताप्रतिको धारणा बेग्लै छ। जिवनको सुन्दर पक्ष लाग्ने सुन्दरता प्रतिको उनको बुझाइ गहिरो छ। सुन्दरता अर्थात सौन्दर्य मान्छेको शारीरिक बनावटमा होइन दृष्टिकोणमा हुनुपर्छ भन्ने बिश्वास राख्ने सीता शारीरिक चुनौतीका बाबजुद पनि सौन्दर्य प्रतियोगिता जस्तो प्लाटफर्ममा आफुलाई होमिन। उनको मेहनत, धैयता, लगनशीलता, अनुशासन र आत्मबिस्वासले उनले शुरूवात गर्न खोजेको सुन्दरताको अवसरमा समान आवाज बन्न सकु भन्ने चाहनालाई साकार बनायो । अन्त...
भुकम्पबाट मृत्युभएका प्रति व्यक्तिलाई समाजसेवी मेघ सुवेदीले दिए जनही १५ हजार

भुकम्पबाट मृत्युभएका प्रति व्यक्तिलाई समाजसेवी मेघ सुवेदीले दिए जनही १५ हजार

समाचार, समाज
जाजरकोट । नेपालको सामाजिक सेवामा उल्लेख्य योगदान दिदै आएका मनकारी समाजसेवी दम्पती मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा संचालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसी सेजल एण्ड सिस्टर टुर्स एण्ड टाभल्सले नेपालको सुदुर पश्चिममा हालै गएको विनाशकारी भूकम्प पिडितहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । नेपालको विकट जिल्ला मानिने जाजरकोट र रुकुम पश्चिममा भएको भुकम्पका कारण निधन भएका प्रति व्यक्ति नगद १५ हजारका दरले तथा घाइते परिवारलाई ५ देखि ८ हजारका दरले स्वयं उपस्थिती भई पिडित परिवारहरुलाई हस्तान्तरण गरेका थिए ।त्यसो त उनले अमेरिकामा नै बसेर सहयोग गर्ने रकम सिधै प्रधानमन्त्री राहत कोष मार्फत नै जम्मा गरिदिन पनि सक्थे तर उनको र उनको परिवारको चाहना अनुसार पिडित परिवारमा सहानुभुती र पिडितलाई जति सक्दो आफ्नो तर्फबाट थप के कस्ता सहयोग गर्न सकिन्छ भन्ने हेतु हतारिदै आएर विनाशकारी भुकम्पस्थल पुगी नगद...
सरोज दाहालको निर्देशनमा टेलिचलचित्र ‘टुल्के दाइ’ (भिडियो)

सरोज दाहालको निर्देशनमा टेलिचलचित्र ‘टुल्के दाइ’ (भिडियो)

मनोरन्जन, समाचार
कलाकार तथा निर्देशक सरोज दाहालको निर्देशनमा टेलिचलचित्र टुल्के दाइ आउने भएको छ। मंसिर १५ गते शुक्रवार देखि आउन लागेको टुल्के दाइको प्रोमो Tulke Dai Official युट्युब च्यानलमा सार्बजनिक भएको छ। सामाजिक र पारिवरिक कथा बस्तु बोकेको टुल्केदाइ टेलिसिरियलमा टुल्के दाइको भुमिका बाबुराम शाक्यले निभाएका छन्। https://www.youtube.com/watch?v=VtKwefIJDJg बाबुराम शाक्य, मायादेबी श्रेष्ठ, सरोज दाहाल, रश्मी भट्ट, कृष्ण भक्त महर्जन, बद्री पुडासैनी, मलाइका बस्नेत, श्रीजना कार्की, रजनी खड्का, बिष्णु भण्डारी, सुनिता कार्की, हिरा श्रेष्ठ लगायतका कलाकारको टेलिचलचित्रमा मुख्यभुमिका रहेको छ। बाबुराम शाक्यको कथामा सौरभ दवाडीले पटकथा सम्बाद तयार पारेका हुन्। सिरियलको शिर्ष गीतमा जय देबकोटाको शब्द संगित र स्वर रहेको छ।अनिल जिसीको छायांकन रहेको टुल्केदाइको सम्पादन मुकेश हमालले गरेका हुन्। बि. एम. पिक्चर्स...
कृष्ण र सुबासको ‘तिहारको लहर’ सार्बजनिक(भिडियो)

कृष्ण र सुबासको ‘तिहारको लहर’ सार्बजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । बिशेषगरि नेपालीहरूको महान तथा महत्वपूर्ण चाडबाडलाई लक्षित गरेर कयौं गीत र भिडियो बन्ने सार्वजनिक हुने त भईरहेकै हुन्छन् । तर त्यस्ता कतिपय गीत र म्युजिक भिडियोहरुमा नेपालीपन र मौलिकता हराउंदै गईरहेको पाईन्छ । यसै सन्दर्भमा महान चाड दिपावली, तिहारलाई लक्षित गरि हालै मात्र “तिहारको लहर ” बोलको एउटा परम्परागत शैलीको देउसी, भैलो गीत सार्वजनिक भएको छ । डि.पी खनालको मौलिक रचना रहेको यस गीतलाई कृष्ण भट्टराई र सुवास श्रेष्ठले लय भरेका छन् । https://www.youtube.com/watch?v=PgpwTd5C4o4 लय संकलक द्वयकै स्वर रहेको गीतमा गायिकाद्वय मनिषा राई र दिपा तामाङ्ले स्वरमा साथ दिएका छन् भने यस गीतमा संगीत संयोजन र ध्वनी मिश्रण भने चन्दु गोर्खालीको रहेको छ । भिडियोमा चर्चित कलाकारहरु शितल के.सी, श्रीदेव भट्टराई, रोहित कार्की, मुस्कान लामाको साथमा कृष्ण भट्टराई, सुवास श्रेष्ठ, भावना श्रेष्ठ...
रोटरीक्लव ज्ञानेश्वरद्धारा मैनबत्ती सम्वन्धी तालिम सम्पन्न

रोटरीक्लव ज्ञानेश्वरद्धारा मैनबत्ती सम्वन्धी तालिम सम्पन्न

आर्थिक, समाचार
काठमाडौं ।रोटरी क्लव ज्ञानेश्वरले उद्यमशिलता विकास एवं स्वरोजगार कार्यक्रम अन्र्तगत मैनबत्ती बनाउने तालिम सञ्चालन गरेको छ । काठमाडौंको ज्ञानेश्वरस्थित एट्टिक रेष्टुरेन्टमा भएको तालिम कार्यक्रममा करिव २५ जनाले सहभागिता जनाएका छन । सहभागीहरुलाई राधाको बर्न सर्भाईबरकी संस्थापक एवं महिला चेम्बरकी सदस्य राधा लक्ष्मी श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।युवा र महिला उद्यमशिलता अन्र्तगत रोटरीले व्यवसायिक अभिवृद्धि एवं स्वरोजकारका विभिन्न कार्यक्रम गर्दै आएको छ । क्लवले यसअघी व्युटिसियन एवं पाककला सम्वन्धी विभिन्न प्रशिक्षण गर्दै आएको छ ।कार्यक्रमको संयोजक रोटरियन श्रृष्ठि त्रिपाठीले गर्नुभएको छ । घरेलु महिलालाई लक्षित गरी आगामी दिनमा पनि थप कार्यक्रहरु सञ्चालन गरिने उहाँको भनाई छ । मैनबत्ती बनाउने कला सिकेपछि व्यवहारिक कार्यन्वयनमा पनि ध्यान दिनुपर्ने त्रिपाठीले बताउनुभयो । सो कार्यक्रममा...
नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघको आयोजनामा रक्तदान कार्यक्रम

नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघको आयोजनामा रक्तदान कार्यक्रम

शिक्षा, समाचार
नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघले रक्तदान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार काठमाडौंको बागबजारस्थित टुकुचा पार्कमा रक्तदान कार्यक्रम संचालन गरिएको हो । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सो रक्तदान कार्यक्रम गरिएको थियो ।नेपालको पश्चिम क्षेत्र विशेषत रुकुम , जाजरकोट लगायत जिल्लामा गएको भूकम्पमा परि घाइतेहरुको उपचारमा रगत अभाव नहोस् भन्ने उद्देश्यले उक्त रक्तदानको आयोजना गरिएको संघका अध्यक्ष दिपक गुरुङले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले संविधानमा लेखेर मात्र गाँस ,बास, कपास र स्वास्थ्यशिक्षाको आधारभूत नहुने भएकाले जनतालाई प्रत्याभूति दिलाउन सरकार तत्पर रहेको बताए । हरेक अस्पतालले प्रत्यक अस्पतालले १० प्रतिशत बेड निशुल्क गर्नुपर्ने समेत मन्त्री बस्नेतले जानकारी दिए । त्यस्तै रत्तदाताले दान गरेको रगतमा ब्याग लगायत लागत खर्च लाग्ने गरेकोम...
‘फुल बुटे सारी’मा चर्चा कमाएको मदनकृष्ण तथा मिथिलाको जोडी पूनः‘सुन न तिमी राम्रो लाग्यो’मा (भिडियो)

‘फुल बुटे सारी’मा चर्चा कमाएको मदनकृष्ण तथा मिथिलाको जोडी पूनः‘सुन न तिमी राम्रो लाग्यो’मा (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । वरिष्ठ अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठद्वारा स्वरबद्ध नयाँ गीत “सुन न तिमी राम्रो लाग्यो” सार्वजनिक गरिएको छ । पाको उमेरमा पनि मानिसभित्र जवान इच्छा र आंकाक्षा जीवित रहन्छ भन्ने प्रेमिल भावमा तयार पारिएको गीतमा प्रतिमा श्रेष्ठको शब्द रचना तथा अनिल शाहीको संगीत रहेको छ । https://www.youtube.com/watch?v=J8aQOLCGFc0 मदनकृष्णसँगै अभिनेत्री मिथीला शर्माको अभिनय र नृत्यसमेत रहेको गीतको भिडियोमा दुवैका रोमाञ्चक दृश्यहरु समेटिएको छ । मदनकृष्णको कलाकार तथा म्युजिक भिडियो निर्देशक पुत्री सराना श्रेष्ठले तयार पारेको गीतको वृद्ध उमेरको पुरुषका चाहना र इच्छाका विम्बात्मक भिडियोमा मदनकृष्ण स्वयंले अभिनय गरेका छन्। । यस अघिको लोकप्रिय म्यूजिक भिडियो ‘फुलबुटे सारी’मा पनि मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको जोडीलाई नै फिचर्ड गरिएको थियो ।क्रियटिभ ह्याट्स युट्युब च्यानलबाट सार्व...
अखिल क्रान्तिकारीले राहत तथा पुनर्निर्माणमा १० लाख सहयोग गर्ने

अखिल क्रान्तिकारीले राहत तथा पुनर्निर्माणमा १० लाख सहयोग गर्ने

शिक्षा, समाचार
जाजरकोट केन्द्र विन्दु बनाएर जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रभावित क्षेत्रमा अखिल (क्रान्तिकारी) ले राहत तथा पुनर्निर्माणमा १० लाख सहयोग गर्ने निर्णय गरेको अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव उपदेश यादवले जानकरी दिए । गत १९ गते पञ्चा सिंहको अध्यक्षतामा संगठनको केन्द्रीय कार्यालयको आकस्मिक बैठक बसी संगठनको केन्द्रीय उपाध्यक्ष पवन कर्कीलाई राहत संकलन समितिको संयोजकको जिम्मेवारी दिएका थिए । उक्त समिति आज नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिस डाँडामा बैठक बसी दश लाख सहयोग गर्ने निर्णय गरेको हो । राहत संकलनको लागि अखिल (क्रान्तिकारी) बिपद् कोष निर्माण गर्ने र उक्त कोषमा निम्न बमोजिम रकम सकलन गर्ने निर्णय गरेका छन् ।क) संगठनको केन्द्रीय कार्यालय सदस्यहरुको तर्फबाट जनही रु. ५ हजारख) केन्द्रीय पदाधिकारीहरुको तर्फबाट जनही रु. ३ हजारग) केन्द्रीय सदस्य, प्रदेश पदाधिकार...