बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

प्रचण्ड र ओलीबीच सत्तासंघर्षको लडाई

प्रचण्ड र ओलीबीच सत्तासंघर्षको लडाई

राजनीति, समाचार
डा.डिआर उपाध्याय यति बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको किचलोले सवैको ध्यान तानेको छ । पात्र फेरिए तर प्रवृत्ति फेरिएन । किसान, मजदुर र गरिबको हिजो जस्तो अवस्था थियो आज पनि त्यस्तै छ । लोकतान्त्रिक गणतन्त्रकालमा सर्वसाधरण जनताले फरक महसुस केही पाएका छैनन् यो भन्दा बिडम्वना के हो ? । मजदुर, किसान, श्रमजीवी, शोषित पीडित, गरिब जनताको समस्या दिनहँु बढदै गएका छन । नेताहरु एक आपसमा लडेर तमसा देखाइरहेका छन । महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम र सबै उत्पीडित जाति र पिछडिएका क्षेत्रका जनताले आफना अधिकारका कुरा उठाइरहेका छन । सबै वर्ग, तह र समुदायका जनतालाई समानरूपमा अधिकारसम्पन्न बनाई राष्ट्रिय एकता सुदृढ पार्नु नै आजको आबश्यकता हो । तर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद तीव्र बन्दै जाँदा यो पार्टी विभाजन हुनेसम्मका चर्चापरिचर्चा भइरहेका छन्। यो मुलुकका ल...
अनलाइनबाट विदेशी बस्तु तथा सेवा खरिद गरेवापत सोको भुक्तानीका लागि विदेशी मुद्रा सटही व्यवस्था

अनलाइनबाट विदेशी बस्तु तथा सेवा खरिद गरेवापत सोको भुक्तानीका लागि विदेशी मुद्रा सटही व्यवस्था

आर्थिक, समाचार
अनलाइनबाट विदेशी बस्तु तथा सेवा खरिद गरेवापत सोको भुक्तानीका लागि विदेशी मुद्रा सटही व्यवस्था हुने भएको छ।  राष्ट्र बैंकले मौद्रिक समीक्षा गर्दै अनलाइनबाट विदेशी वस्तु तथा सेवा खरिद गर्नेलाई विदेशी मुद्रामै रकम भुक्तानीका लागि सटही सुविधा उपलव्ध गराउने व्यवस्था मिलाइने स्पष्ट पारेको छ। समीक्षाकाे बुँदा नम्वर ६७ मा भनिएको छ ‘अनलाइनमार्फत् निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी सोको भुक्तानी गर्न विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने छ।’  कति रकमसम्मको सटही सुविधा हुने, कहिलेबाट दिने भन्नेबारे भने स्पष्ट पारिएको छैन। यसबारे पछि नै निर्देशन जारी हुने राष्ट्र बैंकले जनाएकाे छ। हाल विदेश पढ्न, घुम्न वा रोजगारीका लागि जानेले विदेशी मुद्रा सटही सुविधा पाउँदै आएका छन्। कुनै वस्तु तथा सेवा खरिदका लागि भनेर सटही सुविधा दिइएको छैन। ...
त्रिविले मंसिर २८ गतेदेखि कोभिड–१९ को कारण रोकिएका सबै परीक्षा शुरु गर्ने

त्रिविले मंसिर २८ गतेदेखि कोभिड–१९ को कारण रोकिएका सबै परीक्षा शुरु गर्ने

शिक्षा, समाचार
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ । त्रिविका रजिष्ट्रार डा पेशल दाहालले स्थानीय तहसँग समन्वय गरेर क्याम्पस सञ्चालन गर्न निर्देशन दिइएकोे जानकारी दिए। कोभिड–१९ का कारणले त्रिविको गत चैतदेखि परीक्षा र पढाइ सञ्चालन हुनसकेको छैन । यसैगरी, त्रिविले यही मंसिर २८ गतेदेखि कोभिड–१९ को कारणले रोकिएका सबै परीक्षा शुरु गर्ने बताएको छ । कोभिड–१९ को मापदण्ड पूरा गरेर परीक्षा गर्न थालेको छ । परिक्षा तालिका अनुसार मंसिर २८ गते विज्ञान तथा प्रविधि, शिक्षा र व्यवस्थापन सङ्कायको चौथो वर्षका परीक्षा हुँदैछन् । त्यस्तै, स्नातकोत्तर तहको माघ र बाँकी स्नातक तहको अन्य वर्षको परीक्षा क्रमशः गरिने हुने जनाइएको छ । ...
कुनै पनि बिक्रेताले पम्प भाडामा लगाएमा निगमले आपूर्ति बन्द गर्न सक्ने

कुनै पनि बिक्रेताले पम्प भाडामा लगाएमा निगमले आपूर्ति बन्द गर्न सक्ने

आर्थिक, समाचार
पेट्रोलियम पदार्थको बिक्रेताले पम्प भाडामा लगाउन नपाउने भएका छन् । पछिल्लो समय विभिन्न स्थानमा सञ्चालित पम्प भाडामा लगाएको पाइएपछि आयल निगमले एक सूचना प्रकाशन गर्दै पम्म भाडामा लगाउन नपाउने जनाएको हो ।     निगमले जारी गरेको सूचनामा भनिएको छ, ‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ को परिच्छेद–६ विनियम ३० (ड) मा व्यवस्था भएअनुसार कुनै पनि बिक्रेताले पम्प भाडामा लगाएमा निगमले आपूर्ति बन्द गर्न सक्नेछ भन्ने प्रावधान छ ।’  यस प्रावधानअनुसार बिक्रेताले आफ्नो पम्प भाडामा नदिई विनियमावली बमोजिम आँफै सञ्चालन गर्न अनुरोध गरिएको छ । निगमले पटक पटक भाडामा नलगाउन अनुरोध गर्दै आएको भन्दै विनियमावली विपरीत कसैले पम्म भाडामा लगाएको पाइएमा कारवाही हुने जनाएको छ ...
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा  ६०६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६०६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
काठमाडौं उपत्यकामा थप ६०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २४७ महिला र ३५९ पुरुष गरि जम्मा ६०६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।   योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३८ हजार ८६१ रहेको छ । संक्रमित मध्ये दुई लाख २१ हजार ८४७ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।      पछिल्लो २४ घण्टामा १५७५ जना कोरोनामुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १५६७ पुगेको छ ।  ...
डोटीबाट फरार  एक कैदीबन्दी पक्राउ,सुरक्षामा  खटिएका  प्रहरी  निलम्बनमा

डोटीबाट फरार एक कैदीबन्दी पक्राउ,सुरक्षामा खटिएका प्रहरी निलम्बनमा

अपराध, समाचार
जिल्ला बालसुधार गृह डोटीबाट फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिकाका १६ वर्षीय राजेन्द्र बोहरा रहेको प्रहरीले जनाएको छ । सोही गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परी पुर्पक्षका लागि उनलाई जिल्ला बाल सुधार गृह डोटीमा राखेको थियो । गए राति करिब ११ बजे फरार भएका बोहरालाई जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्लाको पूर्वीचौकी गाउँपालिका सानागाउँको जङ्गलबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पुर्पक्षका लागि बालसुधार केन्द्रमा राखिएका बोहरालाई केही दिन पहिले कोरोना सङ्क्रमण पुष्टि भएपछि बालसुधार केन्द्रबाट जिल्ला अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उनले बिहीबार राति करिब ११ बजेको समयमा अस्पतालको शौचालयको...
इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै फेरि लकडाउन

इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै फेरि लकडाउन

अन्तराष्ट्रिय, समाचार
रोम । इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै फेरि लकडाउन (नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा) गरिएको छ । महत्वपूर्ण चाड पर्वहरु आएकाले चाड पर्व मनाउने क्रममा कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आँकलन गर्दै फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरिएको हो । प्रधानमन्त्री गिसेपे कोन्टेले नयाँ बर्षलगायतका चाड पर्व र विदा मनाउने क्रममा महामारी थप फैलिन नदिन नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरु घोषणा गरिएको जानकारी दिए । नयाँ व्यवस्था अनुसार मानवीय गतिविधि तथा आवतजावतलाई नगरपालिका र क्षेत्रमा सिमित गरिने छ । एक नगर वा क्षेत्रबाट अर्को नगर वा क्षेत्रमा जान प्रतिबन्ध लगाइने उनले बताए । इटालीमा यो नयाँ व्यवस्था निर्णयमा डिसेम्बरमा हस्ताक्षर गरिएको सोही अनुसार सुरक्षाकर्मीहरु पनि परिचालन गरिने अधिकारीहरुले जनाएका छन् । “क्रिसमस विदा आउँदैछ, हामी एउटा संवेदनशील समयमा प्रवेश गर्दै...
सम्पूर्ण मानवजगत् सङ्कटमा रहेका अवस्थामा जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने:प्रधानमन्त्री केपी शर्मा ओली

सम्पूर्ण मानवजगत् सङ्कटमा रहेका अवस्थामा जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने:प्रधानमन्त्री केपी शर्मा ओली

समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानवजगत् सङ्कटमा रहेका अवस्थामा जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने बताएका छन। कोभिड–१९ महामारीसम्बन्धी ३१औँ विशेष संयुक्त राष्ट्रसङ्घीय महाअधिवेशनलाई पूर्वअभिलेखित ‘भिडियो’मार्फत आज सम्बोधन गर्दै उनले खोपहरू विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्नेमा जोड दिए। उनले कोभिड–१९विरुद्धको खोपसम्बन्धी सुखद् समाचारबाट प्रोत्साहित भए पनि सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताका रुपमा देखापरेको तथा धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा ‘कोभाक्स’ले गरेको प्रयासको सराहना गर्दै भने, “खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैन । ” तेह्र लाखभन्दा बढीले ज्यान गुमाइसकेका तथा प्रायः सबै समाज, अर्थतन्त्र र मुलुक गम्भीररुपमा प्रभाव...
टोक्यो ओलम्पिक खेलको  लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने : आयोजक

टोक्यो ओलम्पिक खेलको लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने : आयोजक

अन्तराष्ट्रिय, खेलकुद, समाचार
 कोरोनाभाइरस महामारीका कारण स्थगित भएको टोक्यो ओलम्पिक खेलको आयोजनाका लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने आयोजक समितिले शुक्रवार जनाएको छ । आयोजक समिति टोक्यो २०२० ले खेलमा भएको ढिलाईका कारण संचालन खर्चमा थप १ अर्ब ५० करोड डलर लाग्ने तथा कोरोनाभाइरसबाट खेलमा सहभागीलाई जोगाउन थप ९० करोड डलर खर्च हुने बताएको छ । यसै वर्ष २०२० मा हुनुपर्ने टोक्यो ओलम्पिक आगामी वर्ष सन् २०२१ मा हुँदैछ । डलर र जापानी येनको परिवत्र्य दरमा हुने फेरबदलले पनि लागत खर्च अरु बढाउने आयोजकको भनाई छ । टोक्यो ओलम्पिक खेलमा लागत बढ्दै गएपछि जापानी नागरिकबीच मत विभाजन भएको छ । केहीले महामारीको अवस्थामा खेल आयोजना पूरै रोक्ने वा खेल नै रद्द गर्नेतर्फ जापान सरकारले ध्यान दिनुपर्ने बताउँदै आएका छन् । यद्यपी थप लागतको व्ययभार जापान सरकार, टोक्यो शहर र आयोजकले व्यहोर्ने सहमति भएको छ । एजेन्सी ...
डा.डीआर उपाध्यायको नयाँ गीत ‘रचे इतिहास’ सार्वजनिक (भिडियोसहित)

डा.डीआर उपाध्यायको नयाँ गीत ‘रचे इतिहास’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘रचे इतिहास…’ सार्वजनिक भएको छ । उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘धरोहर’मा समावेश भएको गीत ‘रचे इतिहास…’को लिरिकल भिडियो सार्वजनिक भएको हो । हुलाक टिकटमा समाबेश गरिएको बिशिस्ट ब्यक्तिहरूको नाम राखी बनाइएको यो गीतले केही समय अघि बिश्व रकर्ड राख्न सफल भएको थियो । गीतमा सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ । फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । https://youtu.be/DRcnNysrO...