आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अनलाइनबाट विदेशी बस्तु तथा सेवा खरिद गरेवापत सोको भुक्तानीका लागि विदेशी मुद्रा सटही व्यवस्था

अनलाइनबाट विदेशी बस्तु तथा सेवा खरिद गरेवापत सोको भुक्तानीका लागि विदेशी मुद्रा सटही व्यवस्था हुने भएको छ। 

राष्ट्र बैंकले मौद्रिक समीक्षा गर्दै अनलाइनबाट विदेशी वस्तु तथा सेवा खरिद गर्नेलाई विदेशी मुद्रामै रकम भुक्तानीका लागि सटही सुविधा उपलव्ध गराउने व्यवस्था मिलाइने स्पष्ट पारेको छ।

समीक्षाकाे बुँदा नम्वर ६७ मा भनिएको छ ‘अनलाइनमार्फत् निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी सोको भुक्तानी गर्न विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने छ।’ 

कति रकमसम्मको सटही सुविधा हुने, कहिलेबाट दिने भन्नेबारे भने स्पष्ट पारिएको छैन। यसबारे पछि नै निर्देशन जारी हुने राष्ट्र बैंकले जनाएकाे छ।

हाल विदेश पढ्न, घुम्न वा रोजगारीका लागि जानेले विदेशी मुद्रा सटही सुविधा पाउँदै आएका छन्। कुनै वस्तु तथा सेवा खरिदका लागि भनेर सटही सुविधा दिइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *