लोकतन्त्रको बिकल्प लोकतन्त्र नै
डा.डिआर उपाध्याय
अहिले पछिल्लो समयमा देशका विभिन्न सहरमा राजावादीहरु नारा जुलुस प्रदर्शन गरिरहेका छन । राजावादीहरु उत्साहित देखिन्छन । तर यो उत्साहको कुनै अर्थ छैन । राजतन्त्रका पक्षमा जति सुकै चर्को नारावाजी गरे पनि राजतन्त्र फर्किनेवाला छैन । लामो त्याग ,तपस्या र बलिदानवाट प्राप्त अहिले सम्मका उपलव्धिहरु जनताले गुम्न दिने छैनन् । राजा समर्थकहरूले हिन्दु धर्म र राजतन्त्रलाई जोड्ने गरेका छन् । साथै, प्रदर्शनकारीले संघीयताका विरुद्ध पनि आवाज उठाएको देखिन्छ । अप्रत्यक्षरूपमा जनमत तयार गर्ने प्रयत्न राजावादीहरुले गरेका छन । दोस्रो जनआन्दोलनका सबै उपलब्धि जोगाउँन लोकतन्त्रवादी शक्तिहरु सचेत रहन भने जरुरी छ । लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो पक्षमा जनमत बनाउन शान्तिपूर्ण सभा , जुलुश गर्ने अधिकार सवैलाई हुन्छ । तर देशको हित बिपरित गतिविधि बढाउन भने कसैलाई छुट छैन । नेपालको संविधानले पनि ...









