बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

लोकतन्त्रवादी शक्तिहरु एक भएर अघि बढनु पर्ने बेला आयो

लोकतन्त्रवादी शक्तिहरु एक भएर अघि बढनु पर्ने बेला आयो

राजनीति, समाचार
डा.डिआर उपाध्याय सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक बिवाद अझै समाधान हुन सकेको छैन । लामो समयदेखिको अध्यक्षद्वयका बीच देखिएको असमझदारी सतहमा आएको छ । नेकपाको नेतृत्वमा करिब दुईतिहाइको बहुमतको सरकार छ । यो ऐतिहासिक अवसरको सदुपयोग नेकपा र सरकारले गर्न सक्नुपर्ने थियो तर सकेन । अव नेकपा आफना कमीकमजोरीहरू सुधार गर्दै आत्मसमीक्षाका साथ एक भएर अघि बढ्नुपर्ने आबश्यकता देखिएको छ । यो देशको आबश्यकता हो । यो झगडा कुनै सिद्धान्त र आदर्श वा नीतिगत द्वन्द्वका कारण सिर्जना भएको देखिँदैन, व्यक्तिगत अभीष्ट नै यसको प्रमुख कारण हो । अहिलेको विवाद दलभित्रका शीर्षस्थ नेतृत्वमा रहनेहरूको व्यक्तिगत महत्वाङ्काक्षासँग सम्बन्धित छ । नेकपाले निर्वाचनमा गरेका प्रतिबद्धतालाई व्यवहारमा लागू गर्न सकेन । आपसी झगडामा मात्र समय बितायो । देश सङ्क्रमणको महामारीबाट गुज्रिराखेको छ । यस्तो अवस्थामा दलका नेत...
विश्‍वमा हालसम्म ६ करोड ४८ लाख १० हजार ८५१ जनामा कोरोना भाइरस संक्रमण

विश्‍वमा हालसम्म ६ करोड ४८ लाख १० हजार ८५१ जनामा कोरोना भाइरस संक्रमण

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । विश्‍वमा हालसम्म ६ करोड ४८ लाख १० हजार ८५१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ६ लाख २२ हजार ४४० जना संक्रमित थपिएका छन्। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा १२ हजार २४९ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १४ लाख ९८ हजार २४२ पुगेको छ। अहिलेसम्म चार करोड ४९ लाख पाँच हजार २०५ जना संक्रमणमुक्त भएका छन्। विश्‍वमा हाल एक करोड ८४ लाख सात हजार ४०४ सक्रिय संक्रमित छन्। भने एक लाख छ हजार ९२ जना गम्भीर बिरामी छन्। ...
कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै

कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै

समाचार
कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ । कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको लकडाउनसँगै रोजगार अनुमति प्रणाली इपिएस माध्यमबाट कोरिया आउनेको सम्पूर्ण प्रक्रिया समेत स्थगन भएको थियो । बुधबार प्रवासी श्रमिक युनियन (एमटियु) र केसीटियुले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्रवासी श्रमिक विभागका निर्देशकलगायतसँग कोरियामा इपिएसअन्तर्गत प्रवासी श्रमिकका बारेमा छलफल तथा रोकिएका सम्पूर्ण प्रक्रिया सञ्चालन गरी कोरोना महामारीको कारणले प्रवेशमा रोक लगाएको श्रमिकको प्रवेश गराउने बारेमा छलफल भएको थियो । छलफलपश्चात् छ महिना रोस्टर अवधि बढाउने र रोकिएका प...
कोरोनाका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने

कोरोनाका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने

अन्तराष्ट्रिय, समाचार
 कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ । कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको लकडाउनसँगै रोजगार अनुमति प्रणाली इपिएस माध्यमबाट कोरिया आउनेको सम्पूर्ण प्रक्रियासमेत स्थगन भएको थियो । बुधबार प्रवासी श्रमिक युनियन (एमटियु) र केसीटियुले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्रवासी श्रमिक विभागका निर्देशकलगायतसँग कोरियामा इपिएसअन्तर्गत प्रवासी श्रमिकका बारेमा छलफल तथा रोकिएका सम्पूर्ण प्रक्रिया सञ्चालन गरी कोरोना महामारीको कारणले प्रवेशमा रोक लगाएको श्रमिकको प्रवेश गराउने बारेमा छलफल भएको थियो । छलफलपश्चात् छ महिना रोस्टर अवधि बढाउने र र...
अदुवाको औषधीय गुण

अदुवाको औषधीय गुण

समाचार, स्वास्थ्य
हाम्रो भान्सामा दैनीक जसो हामी अदुवा प्रयोग गर्छौं । अदुवाको प्रयोगले हाम्रो खाना मिठो तथा स्वादिलो बनाउँदछ । अचार बनाउन तथा तरकारीमा हालेर हामी यसलाई खान्छौ । तर हामी कतिपयलाई अदुवा औषधिको रुपमा पनि प्रयोग गरिन्छ भनेर थाहा नहुन सक्छ । यस आलेखमा अदुवाको औषधीय गुणको बारेमा प्रस्ट पार्न खोजिएको छ । १ खाना खानु अघि एक टुक्रा अदुवामा सिधेनून अथवा अरु नै नून मिलाएर खाएमा अरुचि रोग हुँदैन । जसले गला जिब्रो सफा हुन्छ । भोक बढाउँछ ,भुँडीमा पाचन रस बनाउँछ , पखाला तथा दिशा सम्बन्धी केही रोग भए ठीक हुन्छ । खाना खाए पस्चात् एक टुक्रा अदुवा खाने गरे अरोचक रोग आउँदैन । २ अदुवाको रसमा बराबर मौरीको मह मिलाएर खाएमा श्वास रोग,कफ बिकार,मन्दाग्नि,रुघा,अमन हुने,वातज अण्डवृद्धि र सास बढ्ने रोगमा लाभ हुन्छ । ३.कागतीको रसमा अदुवा मिलाएर खानाले पैत्तिक मन्दाग्निमा,खक्खरमा मिलाएर खानाले अजीर्णमा,पुरानो गु...
कोरोना महामारी असर : सन् २०२० मा पर्यटक आगमन ८० प्रतिशतले घट्यो

कोरोना महामारी असर : सन् २०२० मा पर्यटक आगमन ८० प्रतिशतले घट्यो

समाचार
कोरोना महामारीका कारण सन् २०१९ को तुलनामा सन् २०२० को ११ महिनामा ८० प्रतिशतले पर्यटक आगमनमा कमी आएको छ । सन् २०१९ को ११ महिनामा १० लाख ९६ हजार ३ सय २३ पर्यटकले नेपाल भ्रमण गरेका थिए । तर, सन् २०२० को ११ महिनामा २ लाख २० हजार १ सय २० पर्यटकले मात्रै नेपाल भ्रमण गरेका छन् । सन् २०१९ को नोभेम्बरमा १ लाख ३० हजार ३ सय २ पर्यटक नेपाल भ्रमणमा आएकोमा सन् २०१० मा १ हजार ९ सय ४७ मात्रै आएका छन् । यो संख्या गत वर्षको तुलनामा ९८.५० प्रतिशतले कमी हो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गर्दै भव्य उद्घाटन समेत गरेको थियो । तर, महामारी सुरु भएसँगै भ्रमण कार्यक्रम रद्द गरिएको थियो । सन् २०२० विश्वभर नै हरेक क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा पनि असर पारेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए । अव पहिलो चरणमा आन्तरिक पर्यटकबाटै पर्यटनको उत्थान गर्न...
राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको २९औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा  शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको २९औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त

समाचार, समाज
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको २९औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका फरक क्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन् । नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चिपत गरेको, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४’ निर्माण भएको तथा नेपाल सरकारले यसको कार्यान्वयनका लागि ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७७’ समेत जारी गरिसकेको जनाउँदै राष्ट्रपतिले यी संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिको पहिचान गरी सबै सुविधा र अवसरमा समान पहुँच स्थापित गरिनुपर्नेमा जोड दिएकी छन् । उनीहरूलाई ...
चैत ८ गतेदेखि बन्द धार्मिकस्थल हलेसी खुला

चैत ८ गतेदेखि बन्द धार्मिकस्थल हलेसी खुला

समाचार
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न गत चैत ८ गतेदेखि बन्द हलेसी आठ महिनापछि खुला गरिएको छ। कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने खतरालाई ध्यानमा राखेर दर्शन गर्न आउने दर्शनार्थीको पूजाआजा नरोकिने गरी मुख्य गुफा (महादेव–पार्वती थान) र बसाहा गुफा प्रवेशमा रोक लगाइएको आठ महिनापछि पुनः खुला गरिएको हो। हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी विश्वभर एकैसाथ महामारीका रूपमा कोभिड–१९ को सङ्क्रमण फैलिएसँगै बन्द गरिएको थियो। मुलुकका महत्त्वपूर्ण धार्मिक स्थल खुला गरी भक्तजन प्रवेश गराइएको तथ्यहरू उल्लेख गर्दै हलेसी तुवाचुङ नगरपालिकाले सूचना जारी गरेर जनस्वास्थ्यका मापदण्ड पालना गर्दै तीर्थालु भक्तजनलाई मन्दिर प्रवेशमा खुला गरिएको जानकारी दिएको छ। नगरप्रमुख इवन राईले मङ्गलबार जारी गरेको सूचनामा मूल गेटबाट एकपटकमा १० जना दर्शनार्थी मात्र मन्दिरभित्र प्रवेश गराइने, मन्दिर प्...
२०७७ साल मङ्सिर १८ गते बिहीवारको राशिफल

२०७७ साल मङ्सिर १८ गते बिहीवारको राशिफल

राशिफल, समाचार
 वि.सं. २०७७ साल मङ्सिर १८ गते । बिहीवार । इ.स.२०२० डिसेम्बर ०३ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । मंसिर कृष्णपक्ष । तिथी– तृतीया,१७ बजेर ४८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–आद्र्रा,११ बजेर ४७ मिनेट उप्रान्त पुनर्वसु । योग–शुभ,११ बजेर १६ मिनेट उप्रान्त शुक्ल । करण–भद्रा,१७ बजेर ४८ मिनेट उप्रान्त बव,२९ बजेर ५४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–काण योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३९ मिनेटमा, सूर्यास्त १७ बजेर ०६ मिनेटमा । दिनमान २६ घडी ०६ पला । विश्व अपाङ्ग दिवस । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राम्रा तथा परिणाममुखि काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थि काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्यमबाट सस्कार परिवर्तन गर्न तपाईको भूमिका महत्वपूर्ण रहनेछ । अ...
जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने

जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने

अन्तराष्ट्रिय, समाचार
 जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो । नयाँ कानुन अनुसार १२ करोड ६० लाख मानिसलाई कोरोना विरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेट समेत पारित गरिएको छ । सरकारले छ करोड मानिसका लागि औषधी उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरिसकेको छ भने बाँकी दुई करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडर्नासँग सम्झौता गरेको छ । त्यसैगरी १२ करोड मानिसलाई पुग्नेगरी अस्ट्राजेनिकाको खोप ल्याउने तयारी भएको अधिकारीहरुले जनाएका छन् । फाइजर र मोडर्नाले कोरोना विरुद्धको खोप आपत्कालिन प्रयोगका लागि अमेरिका र युरोपमा यसअघि नै अनुमति मागेका छन् । चिकित्सकीय परिक्षणबाट दुवैको खोप प्रभावकारी...