बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

गायक नकुल कार्किको स्वर, संगीत तथा शब्द रहेको ‘मेरो साथ’ बोलको गीतको भिडियो सार्वजनिक  (भिडियो )

गायक नकुल कार्किको स्वर, संगीत तथा शब्द रहेको ‘मेरो साथ’ बोलको गीतको भिडियो सार्वजनिक (भिडियो )

मनोरन्जन, समाचार
गायक, संगीतकार तथा बहुप्रतिभाका धनी नकुल कार्किको स्वर, संगीत तथा शब्द रहेको ‘मेरो साथ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।मोहनी मन्त्र एल्बममा समावेश यस् गीतमा मोडेल यमुना रसालको अभिनय तथा निर्देशन् रहेको छ । भिडियो लगभग ३ दिनको कडा मिहिनेत गरी पर्वत जिल्लाको सबैभन्दा उच्च स्थानमा रहेको सालीजा जलजला गाँउपालिकाको रमणीय ठाँउहरुमा शुटिङ सम्पन्न गरिएको हो । त्यस ठाँउमा बिजुली नभएको र बस्नका लागि होटेल रेष्टुरेण्ट पनि नभएको तर पनि जे जसो दु:ख गरी त्यस ठाँउलाई पर्यटकिय हिसाबले नेपालको ठाँउ भनेर चिनाउन खोजेको टिमको भनाई छ । https://youtu.be/lW2c1Kxg748 भिडियो धेरै दु:ख गरेर बनाएको र केही नयाँ होस र नेपालको यस्तो दुर्लभ अनी रमणीय ठाँउहरुको पहिचान होस् भन्ने उद्देश्यले आफुहरुले गरेको काममा सन्तुष्ट रहेको भिडियो कि मोडेल तथा निर्देशक यमुनाले बताईन । साथै आफुलाई यस् कामका लागि साथ सहयो...
महिला चेम्बरको आयोजनामा क्यान्सर र कोभिड १९ बिषयक वेमिनार कार्यक्रम सम्पन्न

महिला चेम्बरको आयोजनामा क्यान्सर र कोभिड १९ बिषयक वेमिनार कार्यक्रम सम्पन्न

आर्थिक, समाचार
ललितपुर, १९ मंसिर – नेपाल महिला चेम्बरले क्यान्सर र कोभिड १९ बिषयक वेमिनार कार्यक्रमको आयोजना गरेको छ । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा शुक्रबार आयोजित सो वेमिनार कार्यक्रम माझ प्रमुख वत्ताका रुपमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठ र चिकित्सा वैज्ञानिक डा. दिग्विजय राजा महतले प्रस्तुती दिएका थिए । महिला चेम्बरकी सदस्य सोनी जोशीले वक्ता डा. सुदिप श्रेष्ठको व्यक्तित्व बारे चर्चा गर्दै चिकित्सा विज्ञान अन्तर्गत क्यान्सर उपचारको क्षेत्रमा उनको पृथक पहिचान रहेको भन्दै उनको विज्ञता, अनुभव र आवद्धता सम्बन्धमा प्रकाश पारेकी थिईन । वेमिनार कार्यक्रम माझ आफ्नो प्रस्तुती दिने क्रममा नेपाल ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका अध्यक्ष समेत रहेका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले कोरोना महामारी शुरु भएका केही साता क्...
संस्कृति र परम्पराको जगेर्ना गर्ने कुरामा काठमाडौँ महानगरपालिका दत्तचित्त:महानगर प्रमुख विद्या सुन्दर शाक्य

संस्कृति र परम्पराको जगेर्ना गर्ने कुरामा काठमाडौँ महानगरपालिका दत्तचित्त:महानगर प्रमुख विद्या सुन्दर शाक्य

समाचार, समाज
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संस्कृति र परम्पराको जगेर्ना गर्ने कुरामा काठमाडौँ महानगरपालिका दत्तचित्त भएर लागेको बताएका छन् । उनले सम्पदा संरक्षणलाई महानगरपालिकाले प्राथमिकतामा राखेर निर्माण–पुर्ननिर्माणको अभियान अघि बढाएको पनि बताए । आज वडा २५ श्रीघः, नघलस्थित धर्मकीर्ति विहारको विस्तारित भवनको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । ‘क्वाःपा, द्योःछेँ, बहाल, बही, सत्तल जस्ता सांस्कृतिक सम्पदाको निर्माण–पुर्ननिर्माणको अभियानलाई महानगरपालिकाले प्राथमिकतामा राखेर अघि बढाएको छ,’ उनले भने, ‘गुठी परम्परालाई जीवन्त बनाइराख्न पनि काठमाडौँ महानगरपालिकाले आवश्यक लगानी गर्दै आएको छ ।’ उनले सम्पदा निर्माण गर्दा जनसमुदायको पनि अपनत्व हुने गरी काम आग्रह समेत गरे । ‘तपाईँहरु सम्पदा निर्माण–पुर्ननिर्माणको योजना लिएर आउनुहोस् बजेट अभाव हुन दिन्न,’ उनले भने, ‘सम्पदा निर्मा...
नेपालमा थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 शनिबार नेपालमा थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार २५५ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार २०६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा १० जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५७७ पुगेको छ। यस्तै हालसम्म ५३६ जना क्वारेन्टिनमा रहेका छन् । ...
सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने तयारी

सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने तयारी

समाचार, स्वास्थ्य
काठमाडौं । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ। विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ। मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ), ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत सहुलियत दरमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप ल्याउन थालेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए। उनले अझै खोप परीक्षणकै क्रममा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित भइनसकेको बताए। उनले शुरुमा २० प्रतिशत जनतालाई खोप ल्याएपछि विस्तारै सबैलाई पुग्नेगरी खोप ल्याइने जानकारी दिए। कोभ्याक्सअन्तर्गत आउने खोप नेपाललाई निःशुल्क प...
राजतन्त्र पुनःस्थापनाको माग राख्दै काठमाडौंमा प्रदर्शन

राजतन्त्र पुनःस्थापनाको माग राख्दै काठमाडौंमा प्रदर्शन

समाचार, समाज
काठमाडौं । राजतन्त्र पुनःस्थापनाको माग राख्दै काठमाडौंमा प्रदर्शन भएको छ। शनिवार राष्ट्रिय नागरिक आन्दोलनको नेतृत्वमा काठमाडौँमा प्रदर्शन भएको हो। राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीहरुले राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा विभिन्न नारा लगाएका थिए। पृथ्वीनारायण शाहको तस्वीर बोकेका प्रदर्शनकारीहरुले राजसंस्थाको स्थापना तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने नारा लगाएका हुन। माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको छ। कोणसभामा बोल्ने वक्ताहरुले संघीयताको विकल्प खोजिनु पर्ने बताएका छन्। सभामा आगामी फागुन ७ गते काठमाडौंबाट निर्णायक आन्दोलन सुरु गर्ने जानकारी समेत दिइएको थियो । साथै जनताको आन्दोलनको नेतृत्व गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई अगाडि आउन समेत अपील गरेका छन्। पछिल्ला दिनमा देशका विभिन्न ठाँउमा राजतन्त्रको पक्षमा प्...
नायिका श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग मंसिर २२ गते विवाह गर्ने

नायिका श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग मंसिर २२ गते विवाह गर्ने

मनोरन्जन, समाचार
नायिका श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने भएकी छिन् । उनीहरुको विवाह यही मंसिर २२ गते हुने भएको छ । श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । पछिल्लो समय श्वेताले बेडरुममा श्रीकृष्णको फोटो राख्ने सर्तमा विवाह स्वीकार गरेको बताएकी छिन् । ‘जसले मेरो बेड रूममा श्री हजुरको फोटो राख्न दिन्छ अनि म त्यो मान्छेसंग विवाहको बारेमा सोच्छु ।’ श्वेताले केही समय अगाडी भनेकी थिइन् । श्वेता विजयन्द्रको विवाहको कार्ड सार्वजनिक भैसकेको छ । गोकर्ण फरेस्ट रिसोर्टमा उनीहरुको विवाह हुने भएको छ । नायिका खड्काले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको एक महिना नपुग्दै श्रीकृष्णको निधन भएको थियो । राजधानीमा खबर छ । ...
एचआइभी एड्सका बिरामीको सङ्ख्या बढ्दै

एचआइभी एड्सका बिरामीको सङ्ख्या बढ्दै

समाचार, समाज
कञ्चनपुर । कञ्चनपुरमा एचआइभी एड्सका बिरामीको सङ्ख्या बढ्दै गएको छ। यहाँ खासगरी भारतका विभिन्न ठाउँबाट फर्किनेमा यसको सङ्क्रमण बढी मात्रामा देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा हालसम्म ५४९ जना एचआइभी सङ्क्रमित छन् । “केही वर्षयताको बिरामीको रेकर्ड हेर्दा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ”, स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने, “भारतबाट काम गरेर फर्किने नेपालीमा धेरै एचआइभी एड्सको सङ्क्रमण देखिने गरेको छ।” आर्थिक वर्ष २०७३/७४ मा २१ जनामा एचआइभी सङ्क्रमित पुष्टि भएको थियो, भने ०७४/७५ मा थप २८ जना सङ्क्रमित थपिएका थिए । त्यसैगरी आव ०७५/७६ मा ४५ जना सङ्क्रमित थपिए भने ०७६/७७ मा थप ३३ जनामा एचआइभीका नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयको रेकर्डमा उल्लेख छ। त्यसैगरी चालु आवको हालसम्म १३ जना एचआइभीका नयाँ सङ...
जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु , एक बच्चासहित सात जना घाइते

जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु , एक बच्चासहित सात जना घाइते

समाचार, समाज
काेट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन्। सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए। दुर्घटनामा परी एक महिलासहित चारको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सोही पालिका वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सुवेदीले जानकारी दिए। दुर्घटनामा परी एक वर्षको बच्चासहित सात जना घाइते भएका छन्। घाइते हुनेमा सिमकोट–२ ठेहेका...
२०७७ मंसिर २० गते शनिवारको राशिफल

२०७७ मंसिर २० गते शनिवारको राशिफल

राशिफल, समाचार
 विक्रम सम्बत २०७७ मंसिर २० गते शनिवार । इश्वी सम्बत २०२० डिसेम्बर ०५ तारिख । नेपाल सम्वत् ११४१ कछलागा । मार्ग कृष्णपक्ष त्रयोदशी, १५:२५ बजे उप्रान्त चतुर्दशीपञ्चमी , १७:२८ बजे उप्रान्त षष्ठी । नक्षत्र : तिष्य , १२:५० बजे उप्रान्त अश्लेषा । करण: तैतिल १७:२८ बजेदेखि गर , २९:०५ बजे उप्रान्त वव । योग : ब्रह्म , ०८:५१ बजे उप्रान्त ऐन्द्र । आज सूर्योदय बिहान ६ बजेर ४१ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेटमा हुने छ । आजको राशिफल निम्नानुसार छ– मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज केही महत्वाका‌ंक्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । आमा वा घरकी बृद्ध स...