बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

विश्वमा कोरोनाबाट ६ हजार ९ सय २९ जनाको मृत्यु

विश्वमा कोरोनाबाट ६ हजार ९ सय २९ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार
विश्वमा एकैदिन ४ लाख ३ हजार ६छ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ । यसरी विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ११ लाख २२ हजार ६ सय ३९ पुगेको छ । त्यस्तै विश्वमा कोरोनाबाट ६ हजार ९ सय २९ जनाको मृत्यु भएको छ । यसरी विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ लाख ७१ हजार ३ सय ५५ पुगेको छ । त्यस्तै विश्वमा ५ करोड ७२ लाख ७७ हजार १ सय ९ जना संक्रमित कोरोना मुक्त भएका छन् । ...
चीनसँगको पारवहन सम्झौता चार वर्ष बित्यो, तर अझै कार्यान्वयन भएन

चीनसँगको पारवहन सम्झौता चार वर्ष बित्यो, तर अझै कार्यान्वयन भएन

समाचार
प्रधानमन्त्री ओलीले चीनसँगको पारवहन सन्धि समुद्रसँग नेपालको पहुँचमा भारतमाथिको निर्भरता समाप्त भएको भन्दै ठूलो सफलताका रूपमा प्रस्तुत गरिरहेका छन्, तर हालसम्म चीनतर्फबाट समुद्री पहुँच त टाढाको कुरा, एक वर्षदेखि रसुवागढी र तातोपानी नाका पनि सहज रूपमा खोलेको छैन  । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा चैत ०७२ मा चीनसँग गरेको व्यापार तथा पारवहन सन्धिलाई आफ्नो मुख्य उपलब्धिको सूचीमा राख्दै आएका छन् । हरेकजसो सार्वजनिक मञ्चमा चीनसँग आफूले गरेको पारवहन सन्धिले नेपाललाई समुद्रसँगको वैकल्पिक पहुँच दिएको उनी गर्वका साथ बताउँछन् । तर, सम्झौता भएको चार वर्ष बितिसक्दासमेत पारवहन सन्धि अझै कार्यान्वयनमा आउन सकेको छैन । चैत २०७२ मा प्रधानमन्त्री ओलीको चीन भ्रमणको अवसरमा नेपाल र भारतबीच पारवहन सन्धिको सम्झौता भएको थियो । त्यसको तीन वर्षपछि वैशाख ०७६ मा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक...
सरकारले मेडिकल कलेजबाहेक सबै निजी अस्पताललाई ‘कोभिड अस्पताल’को सूचीबाट हटायो

सरकारले मेडिकल कलेजबाहेक सबै निजी अस्पताललाई ‘कोभिड अस्पताल’को सूचीबाट हटायो

समाचार
सरकारले मेडिकल कलेजबाहेक सबै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ। आइतबार कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको आईसीएस बैठकले ‘कोभिड–१९ महामारीका सन्दर्भममा कोभिड तथा स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६’ को अनुसूची २ अनुसार मेडिकल कलेजबाहेक सबै निजी अस्पताललाई अर्काे व्यवस्था नभएसम्मका लागि ‘कोभिड अस्पताल’ को सूचीबाट हटाइएको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले जानकारी दिएका हुन्। आवश्यकता र औचित्यका आधारमा भोलिका दिनमा पुनः कोभिड अस्पतालमै सूचीकृत गरी सेवा प्रवाह गराउने भएकाले सबै अस्पताललाई तयारी अवस्थामा रहन भने अनुरोध गरिएको डा. अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ...
नेपाली सेनाले पृथ्वी जयन्तीका दिन   यस्ता कार्यक्रम गर्दै

नेपाली सेनाले पृथ्वी जयन्तीका दिन यस्ता कार्यक्रम गर्दै

समाचार
नेपाली सेनाले पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय कविता प्रतियोगीता गर्ने भएको छ । सो दिवसका अवसरमा सेनाले गोरखादेखि काठमाडौँसम्म एकीकरण पदयात्राका अतिरिक्त राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । प्रतियोगितामा भाग लिन इच्छुक कविले ‘राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय एकता प्रवद्र्धन र पृथ्वीनारायण शाह’सम्बन्धी भावमा कविता लेख्न सक्नुहुनेछ । त्यस्ता कविता यही पुस २० गतेभित्र सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय वा kabitapra@nepalarmy.mil.np इमेलमा पठाउन सकिनेछ । प्रतियोगितामा छानिएका २५ वटा कविता पुस्तकका रुपमा प्रकाशित गरी जङ्गीअड्डा परिसरमा स्थापना हुने ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’ मा राखिनेछ । प्रतियोगिताका उत्कृष्ट १० कविलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने जानकारी दिइएको छ । नेपालको संवि...
रंगपत्रकार कुबेर गिरी ‘रंग पत्रकारिता पुरस्कार २०२०’बाट सम्मानित

रंगपत्रकार कुबेर गिरी ‘रंग पत्रकारिता पुरस्कार २०२०’बाट सम्मानित

मनोरन्जन, समाचार
रंगपत्रकार कुबेर गिरी ‘रंग पत्रकारिता पुरस्कार २०२०’बाट सम्मानित भएका छन् । ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ उनलाई सो सम्मान प्रदान गरिएको हो ।  शनिबार ठमेल स्थित भोजन भुमिका आयोजित वार्ड समारोहमा सुचना प्रविधि तथा संचारमन्त्री पार्वत गुरुङ, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा, राष्ट्रिय गानका लेखक ब्याकुल माइला, गीतकार तथा बरिष्ठ रंगपत्रकार शान्ती प्रियलगायतले गिरीलाई नगद सहित माला, दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरिएको हो ।  रंगपत्रकारिता मार्फत लामो समयदेखि नेपाली कलासंस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गिरीलाई सम्मान गरिएको कार्यक्रममा बताइएको थियो ।कार्यक्रममा काभ्रेका पत्रकार नवराज बजगाईलाई ‘युवा पत्रकारिता सम्मान २०२०’, बरिष्ठ गायक सिताराम पोखरेललाई गायनमा २५ बर्ष पुरा गरेको उपलक्ष्यमा ‘रजत संगीत सम्मान २०२०’ र रंगपत्रकार डब्बु क्षत्रीलाई ‘कला सम्म...
‘मिस्टर एण्ड मिस टिकटक,२०२०’ को उपाधी सृजना घिमिरेको हातमा

‘मिस्टर एण्ड मिस टिकटक,२०२०’ को उपाधी सृजना घिमिरेको हातमा

मनोरन्जन, समाचार
पुस १२, २०७७। ‘मिस्टर एण्ड मिस टिकटक’ प्रतियोगितामा अष्ट्रेलियामा रहेर टिकटकमा सक्रिय सृजना घिमिरे विजेता भएकी छिन। राजधानीमा शनिवार सम्पन्न प्रतियोगितामा सृजनाले विजेताको अवार्डसहित १ लाख ५० हजार रुपैयाँ हात पार्न सफल भईन। साथै उनले एउटा चलचित्र र दुईवटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत प्राप्त गरेकी छिन। प्रतियोगिताको फर्स्ट रनरअप काठमाडौं निवासी काजोल नेपाल भएकी छिन। उनले फर्स्ट रनरअपको अवार्डसहित १ लाख रुपैयाँ हात पार्न सफल भईन। साथै नेपालले एउटा वेब सिरिज र एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरिन । त्यसैगरी पुनम तिरुवाले सेकेण्ड रनरअपको उपाधीसहित ५० हजार रुपैँया हात पारिन। त्यसैगरी पुनम तिरुवा र सम्मान मल्ल श्रेष्ठले सेकेण्ड रनरअपको उपाधीसहित ५० हजार रुपैँया हात पारे । कंडेल कन्सल्टेन्सीको प्रस्तुतीमा द जीएमआई एकेडेमीको आयोजना तथा सही हो ईभेन्ट्सको सहकार्यमा संचा...
नेपालको राजनीति धमिलिदैं

नेपालको राजनीति धमिलिदैं

राजनीति, समाचार
डा.डिआर उपाध्याय यतिबेला नेपालको राजनीति धमिलिएको छ । धमिलो पानीमा माछा मार्ने दाउ खेल्नेहरु पनि प्रशस्त छन् । उनीहरुको चाहना धमिलो पानीमा माछा मार्नु हो । मुलुकको असहज परिस्थितिका बिच प्रतिगामी तत्वहरुले टाउको उठाउँदै छन् । मुलुकलाई अझै पछाडि धकेल्नेहरु पनि छन् । तिनीहरुबाट परिवर्तनकारी र लोकतन्त्रवादी शक्तिहरु सचेत र जागरुक बन्नुपर्ने बेला आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि यी समस्याहरु उब्जिएका हुन् । प्रचण्ड –नेपाल समूह एकातिर, ओली समूूह अर्कोतिरको भिडन्त सिर्जना गर्ने स्थिति आएको छ । प्रचण्ड –नेपाल समूह सडक संघर्षबाटै संसद पुनस्थापना गर्ने चुनौती दिँदै आएका छन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेश लिनका लागि सबै लोकतन्त्रवादीहरु चुनाबमा जानुपर्ने बताइ रहेका छन् । सबै राजनीतिक दल र तिनका नेताहरुका आ–आफ्नै दाउपेच छन् । कुनैपनि राजनीतिक दल र तिनका न...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लागू

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लागू

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लागू गरेको छ । नेप्सेमा कारोबार पछि उत्पन्न भएका तथ्याङ्क, धितोपत्र मूल्यमा प्रभाव पार्ने सुचना तथा समितिले समय समयमा वितरण योग्य भनि तोकिएको तथ्याङ्क प्रयोगका लागि नेप्सेले कार्यविधि बनाएर लागू गरेको हो ।  यो कार्यविधि पुस १ गतेदेखिनै लागू भएको नेप्सेको भनाई छ । कार्यविधि लागू भएसँगै अव नेप्सेको तथ्याङ्क व्यक्तिगत प्रयोजनमा प्रयोग गर्नका लागि तोकिएको शूल्क तिर्नुपर्ने भएको छ । इन्भेष्टमेण्ट कम्पनी, विश्लेषक, सञ्चार माध्यमका साथै गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक संस्थाहरुले नेप्सेको तथ्याङ्क प्राप्त गर्न सक्नेछन् । तर त्यसका लागि नेप्सेलाई प्रतिमहिना शुल्क तिर्नुपर्ने हुन्छ ।  नेप्सेको कुनै पनि तथ्याङ्क प्रयोगकर्ताले नेप्से समक्ष स्पष्ट उदेश्य समेत खुलाई सम्झौता गर्नुपर्नेछ । नियामक वा ...
(नेप्से)  आज ४ अर्ब ६६ करोड ९३ लाख ६३ हजार ६५८ रुपैयाँ बराबरको कारोबार

(नेप्से) आज ४ अर्ब ६६ करोड ९३ लाख ६३ हजार ६५८ रुपैयाँ बराबरको कारोबार

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) राताम्मे भएको छ । आज नेप्से ३९.९८ अंकले घटेर एक हजार ९९१ दशमलब ६५ विन्दुमा थामिएको छ भने ४ अर्ब ६६ करोड ९३ लाख ६३ हजार ६५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।    आज बजार घटेपनि १० कम्पनीको कारोबार भएको छ । आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ ।  कम्पनीले ६७ करोड १० लाख ८०  हजार ९ सय ३९ रुपैयाँ बराबरको कारोबार गरेको छ ।   त्यस्तै, नबिल बैंक लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नागरिक लगानी कोष, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, शिवम् सिमेन्ट, एनसीसी बैंक र हिमालयन डिष्टीलरीको सर्बाधिक कारोबार भएको छ । ...
बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने

बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने

आर्थिक, समाचार
बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी)मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो । मल खरिदको सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतितपत्र) खोल्ने काम शुरु भएको जनाएको छ । मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले शुक्रबार सिदार्थ बैंङ्कमा एलसी खोल्न पत्र पठाएको जनाएको छ । नेपालमा एलसी खोलेको जानकारी गराएपछि बङ्गलादेशको कम्पनीले एलसी खोलेर मल खरिदको तयारी गर्ने जानकारी आएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार दुवै देशले एलसी खोलेको १५ दिनभित्रमा मल खरिद शुरु हुनेछ । ‘बङ्गलादेशमा गएर सम्झौता गरेपछि मल आउने ढुक्क भएको छ, हामी जतिसक्दो छिटो खरिद गर्ने तयारीमा छौँ, पुस अन्तिमसाता पहिलो लटको मल नेपाल आइपुग्छ,’ उनले भने । ...