बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

सरकारले मेडिकल कलेजबाहेक सबै निजी अस्पताललाई ‘कोभिड अस्पताल’को सूचीबाट हटायो

सरकारले मेडिकल कलेजबाहेक सबै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ।

आइतबार कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको आईसीएस बैठकले ‘कोभिड–१९ महामारीका सन्दर्भममा कोभिड तथा स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६’ को अनुसूची २ अनुसार मेडिकल कलेजबाहेक सबै निजी अस्पताललाई अर्काे व्यवस्था नभएसम्मका लागि ‘कोभिड अस्पताल’ को सूचीबाट हटाइएको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले जानकारी दिएका हुन्।

आवश्यकता र औचित्यका आधारमा भोलिका दिनमा पुनः कोभिड अस्पतालमै सूचीकृत गरी सेवा प्रवाह गराउने भएकाले सबै अस्पताललाई तयारी अवस्थामा रहन भने अनुरोध गरिएको डा. अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *