मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

सरकारले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप  आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने

सरकारले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने

समाचार, स्वास्थ्य
सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि  दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताए ।  माघ र फागुनमा पहिलो मात्रा लगाएको आठ हप्ता पुगेपछि सबैलाई वैशाख ७ गतेदेखि नै खोप लगाउने थालिएको हो । पहिलो चरणको खोप अभियान अन्तर्गत माघ १४ देखि ३० गतेसम्म लगाएका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलगायतलाई ‘कोभिशिल्ड’ को दोस्रो मात्रा वैशाख ७ देखि १५ गतेसम्म लगाइने भएको छ ।   पहिलो चरणक...
पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चयन

पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चयन

राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ । जेठो सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको नेता परिर्वतन गरेको हो । बैठक अघि प्रचण्ड–माधव पक्षले आफू पक्षीय सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो । आज ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको र नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको प्रचण्ड–माधव पक्षको दाबी छ । आजको बैठकमा कति सांसद उपस्थित हुन्छन् भन्ने चासोका साथ हेरिएको थियो । नेकपाका विवाद बढिरहेको र दुबै पक्ष (प्रचण्ड नेपाल पक्ष र ओली पक्ष) पार्टीको आधिकारिकता दाबी गरिरहेको बेला संसदीय दलमा कसको बहुमत छ भन्ने विषय पनि महत्त्वपूर्ण रहेको छ । ...
नेपाली कांग्रेसको आज संसदीय दलको वैठक बस्दै

नेपाली कांग्रेसको आज संसदीय दलको वैठक बस्दै

राजनीति, समाचार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज संसदीय दलको वैठक बस्दैछ । अब बन्ने नयाँ सरकारमा सहभागिता र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव सम्बन्धमा छलफल गर्न वैठक बस्न लागेको कांग्रेसले जनाएको छ । हिजो साँझ सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले यस विषयमा छलफल गरे पनि कुनै निष्कर्ष निकाल्न सकेकाे थिएन । पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा (फागुन २३ गते) कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा तय गर्न देउवाले बैठक राखेका थिए । तर बैठक बिना निष्कर्ष टुंगिएको नेताहरूले जानकारी गराएका छन् । कांग्रेसका शीर्ष नेताहरुमा सरकारमा जाने–नजाने भन्ने विषयमा फरक धारणा देखिंदै आएको छ । ...
हेटौँडामा अवस्थित क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी रङ्गशाला बनाउने

हेटौँडामा अवस्थित क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी रङ्गशाला बनाउने

खेलकुद, समाचार
 वाग्मती प्रदेशको राजधानी हेटौँडा बजारमा अवस्थित क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी रङ्गशाला बनाउने काम थालिएको छ। खेलमैदानको वरपर आठ लेनको ४०० मिटर लामो एथलेटिक्स ट्र्याक निर्माण शुरु भएको हो । ट्र्याक निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा रु ११ लाख बजेट उपलब्ध गराएको छ। मकवानपुरमा एथ्लेटिक्स ट्र्याक हालसम्म निर्माण भएको थिएन। यसअघि जिल्ला एथलेटिक्स सङ्घ मकवानपुरले हुप्रचौरभित्र ट्र्याक निर्माण गर्ने नाममा केही रकम खर्च गरेर योजना बीचैमा अलपत्र बनाएको थियो। अब क्याम्पाचौरमा एथलेटिक्स ट्र्याक निर्माणले पूर्णता पाउने हेटौँडा–५ का वडाध्यक्ष राजेश बानियाँले जानकारी दिए। यस वर्ष प्यारापिटको जग निर्माण गरिसक्ने र आगामी वर्ष माथिल्लो भाग निर्माण सक्ने योजना छ। प्यारापिट निर्माणका लागि आगामी वर्ष उपयुक्त बजेट उपलब्ध गराइने हेटौँडा उपमहानगरपालिकाका प्रम...
सडक कालोपत्र भएको एक हप्ताभित्रै  कोरकटर मेसिनबाट गुणस्तर जाँच

सडक कालोपत्र भएको एक हप्ताभित्रै कोरकटर मेसिनबाट गुणस्तर जाँच

समाचार, समाज
पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशले राजधानी सुर्खेतमा कालोपत्र गरिएका सडकको गुणस्तर जाँच शुरु गरेको छ । निर्देशनालयले कर्णालीमै पहिलोपटक कोरकोटर मेसिनले पक्की सडकको गुणस्तर मापन गर्न थालेको हो । यसअघि बनेका सडक बनेको दुईरतीन महिनामै कालोपत्र उप्कने र बाहिर आँखाले मात्र गरिएको अवलोकनले गुणस्तरको वास्तविकता थाहा नभएकाले चालु आर्थिक वर्ष २०७७/७८ बाट कोरकटर मेसिनबाट कालोपत्र सडकको गुणस्तर जाँचकार्य शुरु गरिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निर्देशक वासुदेव पौडेलले जानकारी दिए । “सडक कालोपत्र भएको एक हप्ताभित्रै हामीले कोरकटर मेसिनबाट गुणस्तर जाँच गर्छौँ”, निर्देशक पौडेलले भने, “यसले निर्माण व्यवसायीले मापदण्डानुसार सडक पक्की गरे÷नगरेको बेलैमा जानकारी हुन्छ ।” उनले पक्की सडकको मोटाइ चार सेन्टिमिटर हुनुपर्ने र कालोपत्र गरिएको सडकको गुणस्तर जाँच गर्दा मापदण्डअनुसार हुनुपर्...
भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ आज शुक्रवार सार्वजनिक हुँदै

भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ आज शुक्रवार सार्वजनिक हुँदै

राजनीति, समाचार
पछिल्लो दुई वर्षदेखि भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ आज शुक्रवार सार्वजनिक हुँदै छन् । सरकारसँग भएको तीनबुँदे सहमतिपछि विप्लव आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने विशेष समारोहमा सार्वजनिक हुन लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले आज संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन समेत गर्नेछन् । हिजो बिहीवार बिहान भएको तीनबुँदे सहमतिपछि हिजो साँझ नै बसेको मन्त्रिपरिषद बैठकले उक्त सहमति अनुमोदन गर्दै चन्द नेतृत्त्वको नेकपालाई लगाइएको प्रतिबन्धसमेत फुकुवा गरिसकेको छ । विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र पक्राउ परेका पार्टीका सम्पूर्ण नेता कार्यकर्ताको रिहाइ र मुद्दा खारेज गर्ने लगायतका विषयमा सहमति जुटेसँगै विप्लव शान्तिपूर्ण राजनीतिमा आउन लागेका हुन्...
४८१३ मिटर उचाईमा निर्माण भएको ‘गोक्यो रि’ को अडियो भिडियो सार्वजनिक(भिडियो सहित)

४८१३ मिटर उचाईमा निर्माण भएको ‘गोक्यो रि’ को अडियो भिडियो सार्वजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
नेपाली गित संगितको दुनियामा नेपाली साहासीक कलाकारहरुको टोलिले एउटा छुट्टै नयाँ आयम थपेका छन । कोरोना महामारिले विश्वको जनजीवन मात्र नभै सबै क्षेत्रका उद्योगहरु बन्दा हुने अवस्थामा पनि नेपाली कलाकारहरुले नेपाली गित संगितसङ्ग नजिक रहेर एउटा साहासिक र ऐतिहासिक काम सम्पन्न गरेका छन । दैनिक जसो गित रेकर्ड गर्न ब्यस्त स्टुडियोहरु अहिले बन्दा जस्तै रहेको बेला सोलुखुम्बु जिल्लाको हिमाली क्षेत्र गोक्योमा कलाकारहरु बाद्यबादन र रेकर्डिङका लागि आवस्यक उपकरण सहित पुगेर लाईभ बाजा बजाएर सोही ठाउमा अडियो रेकर्ड तथा भिडियो छायांकन सम्पन्न गरि गोक्यो रि नामक म्युजिक भिडियो सार्बजनिक गरेका छन। भिडियो भखरै गायिका तथा मोडेल बबिना किराँतीको अफिसियल युट्युब च्यानलबाट अपलोड भएको छ । झट्ट सुन्दाअसम्भव जस्तो लाग्न सक्छ तर कलाकारहरुले यसलाई ४८१३ मिटर उचाईमा अडियो तथा भिडियो छायांकन गरि सम्भव बनाएका छन । उक...
“चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१”को मनोनयन सूची सार्वजनिक

“चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१”को मनोनयन सूची सार्वजनिक

मनोरन्जन, समाचार
पीम नेपालको प्रस्तुती रहेको नेपालको पहिलो समावेशी अवार्ड “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१”को मनोनयन सूची सार्वजनिक गरिएको छ । आयोजकले एक विज्ञप्ति मार्फत ५३ विधाका लागी आज उत्कृष्ट परेकाहरुको मनोनयन सूचि सार्वजनिक गरेको हो । नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले विगत तीन वर्षदेखि नियमित आयोजना हँुदै आएको अवार्ड श्रष्टा र सर्जकहरुलाई प्रोत्साहन गर्ने उदेश्यले नियमित आयोजना हुँदै आएको कार्यक्रमका अध्यक्ष माधवराज खरेलले बताए । यसपटकको अवार्डमा नेपाली मुलभाषा अन्तर्गत (स्वदेशगान, गजल, आधुनिक, पप, लोकपप र लोकदोहोरी सहित ६ विधा समावेश भउको छ भने नेपालमा वोलिने अन्य विभिन्न राष्ट्रिय भाषाहरु अन्तर्गत नेपाल भाषा, देउडा भाका, तामाङ भाषा, तामाङ सेलो, काँठे भाका, थारु भाषा , लिम्बु भाषा , भोजपुरी भाषा र मैथली भाषा गरेर ५...
चलचित्र ‘तिम्रो हुने कहिले ?’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

चलचित्र ‘तिम्रो हुने कहिले ?’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
चलचित्र ‘तिम्रो हुने कहिले ?’को शीर्ष गीत सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक भएको हो । रोमाण्टिक भावको यस युगल गीतमा चर्चित गायक बबुल गिरी र सुजाता केसीले स्वर दिनुभएको छ । प्रस्तुत गीतमा शब्द, सङ्गीत र सङ्गीत संयोजन बाबुल गिरीको छ । चोखो मायालाई गहिरो तरिकाले उजागर गर्न खोजिएको यस गीतमा नितु पौडेल र रमिला बानले कोरस स्वर दिनुभएको छ । मनोज डङ्गोलको रेकर्डिङ र मिक्सिङ रहेको यो गीतको गिरिस रिजालले डबिङ गर्नुभएको हो । गीतको भिडियो क्लासिक फार्म मुभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । https://www.youtube.com/watch?v=ynAoBJqMmGs गीतको भिडिओमा प्रकाश चन्द, मौसमी ओली, कारण पाण्डे, सविन बास्तोला, शारदा गिरी, मिना जिसी, सुधन धिताल, मुस्कान रेग्मी, मोहन घिमिरे, सुपा खनाल, ललित सिंह साउद, सेखर खनाल, सश अधिकारी, रचना पौडेल, काजल गिरी...
राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर

राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर

राजनीति, समाचार
डा.डिआर उपाध्याय, अब नेपाली राजनीति नयाँ ढंगले अघि बढ्ने अनुमान गरिएको छ । सर्वाेच्चको फैसलाले १३ दिनभित्र संसद् बैठक बोलाएर संसदीय गतिविधि सञ्चालन गर्नुपर्ने परमादेश दिएको छ ।अदालतको फैसलापछि राजनीतिमा एकाएक सरगर्मी बढेर गएको छ । यतिबेला राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर लाग्न थालेका छन् । नेकपा दुई खेमामा बिभाजित भएपछि सत्ताको जोड घटाउ चल्नु स्वभाविक हो । सरकारको नेतृत्व लिन एक्लै बहुमत कसैको पुग्दैन । त्यसो भएकाले पनि अब बन्ने सरकार दुई वा दुई भन्दा बढी दल मिलेर बनाउनु पर्ने अवस्था छ । ओली नेतृत्वको नेकपासँग अहिले नै एकता गरेर जाने अवस्थामा दाहाल—नेपाल समूह तयार देखिएको छैन । पार्टीको विवाद निकै अघि बढिसकेको छ । अहिले नै एक हुने अवस्था देखिदैन । घटना र परिदृश्यले पनि यही कुरा बताउँछ । नेकपाको विवाद समाधान नहुन्जेलसम्म राजनीति अन्योलता बढने निश्चित छ । नेकपा दुइ खेमामा बिभाजित...