मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु

समाचार, समाज
 तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते छन् । बुधबार मध्यराति नयाँ वर्षको दिन भक्तपुरबाट काठमाडौं जाँदै गरेको बा५३प ६९३८ नम्बरको मोटरसाइकल मध्यपुर ठिमी नगरपालिका-४ एसएस चोकनजिक दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल पछाडि सवार धुलिखेल नगरपालिका-१० का ३२ वर्षीय महेश शाहको मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँ बस्ने चालक २२ वर्षीय महेन्द्र शाह घाइते छन् । उनको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ । मोटरसाइकल सडकको बायाँतर्फको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो । दुबैले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ । नयाँ वर्ष मनाउने क्रममा मदिरा सेवन गरी तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । ...
रुरु जलविद्युतको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने

रुरु जलविद्युतको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने

आर्थिक, समाचार
रुरु जलविद्युतले जारी गरेको आईपीओमा भोलि (शुक्रबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आइपीओ शुक्रबार बिहान साढे ८ बजे एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट हुने भएको हो। कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा करिब १६ लाख ६९ हजार १९ आवेदनबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्। जुन कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको शेयरको ६१.६८ गुणा धेरै हो। यस अनुसार कम्पनीको आइपीओमा आवेदन दिने झण्डै ९८ प्रतिशत लगानीकर्ताको हात खालि हुने प्रारम्भिक तथ्याँकले देखाउछ। ...
काठमाडौं उपत्यका सहित१४ जिल्ला सरकारको अति प्रभावित सूचीमा,सर्तकता अपनाउन अनुरोध

काठमाडौं उपत्यका सहित१४ जिल्ला सरकारको अति प्रभावित सूचीमा,सर्तकता अपनाउन अनुरोध

समाचार, स्वास्थ्य
नेपालमा कोरोना भाइरस संक्रमणका घटना बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्तकता अपनाउन अनुरोध गर्दै अपील जारी गरेको छ। मन्त्रालयले काठमाडौं उपत्यका सहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लामा राखेको जनाएको छ। यस क्षेत्रमा विद्यालय, जात्रा, सभा सम्मेलन र सपिङ मलहरु बन्द गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। आग्रह गरेको छ। ...
अव आउँदा दिन शुभ रहुन् :डा.डिआर उपाध्याय

अव आउँदा दिन शुभ रहुन् :डा.डिआर उपाध्याय

आर्थिक, समाचार
हामी २०७७ साललाई बिदा गरेर २०७८सालमा प्रवेश गरेका छौ । राजनीतिक रूपमा २०७७ साल त्यति सुखद रहेन । सरकारले जुन किसिमले विकास र समृद्धिको नारा अघि सारेको थियो त्यस अनुसार द्रुत गतिमा अघि बढन सकेन । अझै पनि नागरिकहरू महँगीको मारबाट पीडित छन । सर्वसाधारणले सेवा प्रवाह र सुशासनको प्रभावकारी कार्यान्वयन भएको महसुस गर्न पाएका छैनन् । अहिले जनता किन वाक्क दिक्क छन ? जनतामा निराशा बढेर गएको छ । जनतामा निराशा आउन दिनु हुदैन । जनता निराश भए भने देशलाई राम्रो हुदैन । निराशा र अभावले बिद्रोह जन्माउँछ । यो बिषयमा हामी सवै गम्भिर बनौं । बिगतमा पनि अभाव र असन्तुष्टिले जनता बिद्रोहमा उत्रिएका थिए । अव त्यस्तो स्थिती आउन दिनु हुदैन । अव सरकारले गम्भीर भएर सोच्नुपर्छ । गत वर्ष राजनीतिक मुद्धा विवादमा परे । सरकारले ल्याएका विधेयक विवादित भए । पार्टी भित्र आन्तरिक राजनीतिक बिवाद चर्किएर सर्बोच्चको फैसला पछि अन...
वेब सिरिज “इ ओ जी” इरोर्स अफ गडको पोस्टर सार्वजनिक

वेब सिरिज “इ ओ जी” इरोर्स अफ गडको पोस्टर सार्वजनिक

मनोरन्जन, समाचार
कलासी प्रोडक्सनको ब्यानरमा निर्माण भएको वेब सिरिज “इ ओ जी” इरोर्स अफ गडको पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा सिरिजका मुख्य कलाकारहरूलाई देखाइएको छ जसमा राज न्यौपाने, घनश्याम जोशी र विकास जोशीलाई प्रस्तुत गरिएको छ । प्रकु पाण्डेको निर्देशन रहेको सिरिजको कथा, संगीत सापकोटाले गरेका हुन् । सगुन पोख्रेलको लगानीमा निर्माण भएको सिरिजमा विजय बराल, राज न्यौपाने ,घनश्याम जोशी, आनन्द छेत्री लगायत दर्जनौँ कलाकारहरूको अभिनय रहेको छ । महँगो बजेट साथै फरक कथा र दर्जनौँ कलाकारहरू राखेर निर्माण गरिएको “इ ओ जी”रङगीन क्षेत्रमा पहिलो सिरिज रहेको निर्माण टिमले जनाएका छन् । सिरिजको प्रदर्शन मिति केही समयपछि पत्रकार सम्मेलन गरेर बताउने निर्माण टिमको योजना छ । ...
नयाँ बर्षको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई दिदी बैनीहरुमा मगंलमय शुभकामना :डा.डिआर उपाध्याय

नयाँ बर्षको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई दिदी बैनीहरुमा मगंलमय शुभकामना :डा.डिआर उपाध्याय

राजनीति, समाचार
नयाँ बर्षले सबैमा खुसी र उमंग ल्याओस् । आज देखि नयाँ बर्ष सुरु भएको छ । नयाँ बर्षको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई दिदी बैनीहरुमा मगंलमय शुभकामना । २०७७ साल आम नेपालीले सोचे अनुरुप हुन सकेन । गत साल राजनीतिक अस्थिरता, कोरोना संक्रमण र आर्थिक संकटका कारण मुलुक सहज रुपमा अघि बढ्न सकेन । यही अवस्थाबाट गुज्रदै आजैबाट नयाँ वर्ष सुरुवात भएको छ । हामी सबै नेपाली जनताले आशा गरौं, विगत वर्ष जस्तो हरेक हिसाबले यो नयाँ वर्ष खेप्न नपरोस् । मुलुकले खेपिरहेको संक्रमणलाई नयाँ वर्षले सजिलै पार गरोस् । मुलुक राजनीतिक , आर्थीक, सामाजिक सबै क्षेत्रबाट अघि बढोस् भन्ने मेरो कामना छ । नयाँ वर्षलाई शुभ साइतका रुपमा मानेर हरेक नागरिक आ आप्नो कर्म मा जुट्यौ ।विगत वर्षलाई भुलेर नयाँ वर्षलाई थप उत्साह र उमंगका साथ सबै नेपालीले बिताउने प्रण गरौँ । देशको जतिसुकै कठिन परिस्थितिमा प...
नयाँ सरकार गठनबारे शेरबहादुर देउवा र  ‘प्रचण्ड’बीच छलफल

नयाँ सरकार गठनबारे शेरबहादुर देउवा र ‘प्रचण्ड’बीच छलफल

राजनीति, समाचार
नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार राति अबेरसम्म वार्ता भएको छ। देउवासँग छलफल गरेर जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई  देउवा निवास (बूढानीलकण्ठ) बाट मंगलबार साँझ साढे ५ बजेतिर निस्किएका थिए। त्यसपछि देउवा र प्रचण्डबीच देउवाको ससुराली नाता पार्ने प्रमोद राणाको निवास (महाराजगन्ज) मा छलफल भएको हो। ...
राष्ट्रपति विद्यादेवी भण्डारीको नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश

राष्ट्रपति विद्यादेवी भण्डारीको नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश

समाचार, समाज
राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताएकी छन्। नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलहरूबीचमा मतैक्य कायम हुनु, केही राजनीतिक समूह सशस्त्र विद्रोहको बाटो परित्याग गरी शान्तिपूर्ण मार्गमा आउनु महत्वपूर्ण राजनीतिक उपलब्धि भएको उल्लेख गरेकी हुन्। उनले संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरिनु, विश्व खुशी प्रतिवेदन–२०२१ मा नेपाललाई दक्षिण एशियाको सबैभन्दा खुशी मुलुकको रूपमा उल्लेख गरिनु, कोभिड–१९ महामारीविरुद्ध सरकारले अवलम्बन गरेको प्रभावकारी प्...
गृह मन्त्रालयले  बुधबारदेखि मुलुकभर दुई हप्ते घटना दर्ता विशेष अभियान सञ्चालन

गृह मन्त्रालयले बुधबारदेखि मुलुकभर दुई हप्ते घटना दर्ता विशेष अभियान सञ्चालन

समाचार, समाज
गृह मन्त्रालयले नागरिकको घटना दर्ता गराउने कार्यलाई तीव्रताका साथ अघि बढाएको छ । घटना दर्ता कार्यक्रमलाई प्रभावकारी बनाउन र छुटेकालाई समावेश गर्न बुधबारदेखि मुलुकभर दुई हप्ते घटना दर्ता विशेष अभियान सञ्चालन गर्न लागेको मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । वैशाख १ देखि १६ गतेसम्म मुलकुभर एक साथ अभियान चलाउन लागिएको विभागले जानकारी दिएको छ । उक्त अभियान सबै स्थानीय तहबाट सञ्चालन हुने गरी संयन्त्रसमेत निर्माण गरिएको छ । विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले यस वर्ष घुम्ती शिविरसमेत सञ्चालन गरी विशेष दर्ता अभियान सञ्चालन गर्न लागिएको बताए । नेपाल सरकारले व्यक्तिगत घटना दर्तालाई उच्च प्राथमिकता दिँदै सन् २०२४ सम्ममा जन्म र मृत्यु दर्तालाई शत–प्रतिशत पुर्‍याउने तथा अन्य घटना उल्लेख्यरुपमा वृद्धि गर्ने उद्देश्य राखेको छ । नेपालमा हरेक वैशाख १ लाई व्यक्तिगत घट...
नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै

नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै

समाचार, समाज
आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराई बताउँछन् । ‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ’, उनले भने । सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानको भनाइ छ । सौरमान र च...