मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

आज बि.सं.२०७८ साल बैशाख १ गते वुधवारको राशि

आज बि.सं.२०७८ साल बैशाख १ गते वुधवारको राशि

राशिफल, समाचार
आज बि.सं.२०७८ साल बैशाख १ गते वुधवार ई. सं. २०२१ अप्रील १४ नेपाल सम्बत ११४१ पोहेलागा द्धितीया, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत शुक्ल द्धितीया, चन्द्रमा कुम्भ राशिमा, भरणी नक्षत्र, प्रीति योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५:४० बजे, सूर्यास्त साँझ ६:२७ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ४० मिनेट देखि ७ बजेर १६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने य...
एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् र (सिसिएमसी)मा बैठक

एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् र (सिसिएमसी)मा बैठक

शिक्षा, समाचार
 स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौंलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।   स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नयाँ खालको भाइरस बढ्दै गएपछि एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् बैठक र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा समेत छलफल गरिएको जानकारी दिए ।   “शहरी क्षेत्रमा कम्तीमा एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने कि भन्ने तयारी छ”, उनले भने, “अनलाइनबाट कक्षा सञ्चालन गर्दा सात–आठ लाख विद्यार्थी घरमै रहेर पढ्ने र त्यसले २० प्रतिशत आवतजावतमा कमि आउने देखिएको छ ।” मन्त्री त्रिपाठीले अहिलेको नयाँ भाइरस (भेरियन्ट) युवा र बालबालिकामा पनि देखिएकाले डर लाग्दो रहेको बताए । “१८ वर्षभन्दा मुन...
नेप्से आज  हालसम्मकै उच्च विन्दुमा

नेप्से आज हालसम्मकै उच्च विन्दुमा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (मंगलबार) हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से दुई हजार सात सय १४ दशमलब ७९ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि गत चैत्र २५ गते बुधबार नेप्से दुई हजार छ सय ८४ दशमलब ७८ विन्दुमा पुगेको थियो ।   नेप्सेका अनुसार आज नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २३.२३ अंकले बढेर दुई हजार सात सय १४ दशमलब ७९ विन्दुमा पुगेको छ ।   आज ७ अर्ब १४ करोड ३१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये सात समूह बाहेक अन्यसबै समूह बढेका छन् ।  आज ६ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।  ...
स्वास्थ्य  मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका ठूला शहरका विद्यालयहरु कम्तीमा १ महिनाका लागि बन्द गर्न सिफारिस

स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका ठूला शहरका विद्यालयहरु कम्तीमा १ महिनाका लागि बन्द गर्न सिफारिस

समाचार, स्वास्थ्य
 कोरोना भाइरस (कोभिड १९) संक्रमणको दोस्रो लहर फैलिने जोखिम कम गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका ठूला शहरका विद्यालयहरु कम्तीमा १ महिनाका लागि बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयले काठमाडौंसहित देशका १५ वटा जिल्लाका ठूला शहरका विद्यालय कम्तीमा १ महिनाका लागि बन्द गर्न सिफारिस गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले दोस्रो लहरको कोरोना संक्रमण फैलिने जोखिम कम गर्न विद्यालय बन्द गर्नुपर्ने सुझावसहित कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिस गरिएको जानकारी दिए । काठमाडौं उपत्यकासहित भरतपुर, पोखरा, वीरगन्ज, विराटनगरसहितका शहरका विद्यालय १ महिनाका लागि बन्द गर्नुपर्ने भनेर सिफारिस गरिएको सचिव न्यौपानेले जानकारी दिए । फछिल्लो समय नयाँ प्रकार (भेरियन्ट)को कोरोना भाइरसको संक्रमण देखिन थालेको मन्त्रालय...
नेपालमा पछिल्लो २४ घण्टामा थप ४६० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ४६० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 नेपालमा पछिल्लो २४ घण्टामा थप ४६० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ५ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ३ हजार ५८ पुगेको छ । मन्त्रालयका अनुसार आज थप १५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ३ सय १८ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ८ रहेको र भने ८५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । यसअघि सोमवार नेपालमा थप ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने १३ जनाको मृत्यु भएको थियो । ...
विश्व किर्तिमानी गितकार डा.डिआरले थप १९ सहित ५१ वटा विश्व रेकर्ड राख्ने

विश्व किर्तिमानी गितकार डा.डिआरले थप १९ सहित ५१ वटा विश्व रेकर्ड राख्ने

मनोरन्जन, समाचार
यसअघि गीत सङ्गीतका क्षेत्रबाट ३२ गिनिज बुकसहित विभिन्न ३२ वल्र्ड रेकर्ड राख्न सफल गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायले थप विश्व रकेर्ड सार्वजनिक गर्नुहुने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उहाँँले थप १९ विश्व रेकर्ड सार्वजनिक गर्न लागेको जानकारी गराउनु भएको हो । उहाँले फेरि गिनिज अफ वल्र्ड रेकर्डसहित अमेरिकन बुक रेकर्ड, बृटिस रेकर्डसहित थुप्रै विभिन्न १९ वटा वल्र्ड रेकर्ड राख्न लागेको सार्वजनिक गर्नुभएको हो । नयाँ वर्षको अबसर पारेर वैशाख ६ गते काठमाडौंको रशियन कल्चरल सेन्टरमा एक कार्यमाझ उहाँले थप १९ वटा विश्व रेकर्ड ग्रहण तथा सार्वजनिक गर्दै हुनुहुन्छ । यो १९ सँगै अव उहाँका विभिन्न विधामा ५१ विश्व रेकर्ड कायम हुने भएको छ । आफूले विश्व रेकर्डमा नेपाल पनि गीतसङ्गीत र साहित्यमा कम छैन भनेर देशको खातिर गीत सङ्गीतबाट सबैभन्दा बढी विधामा वल्र्ड रेकर्ड बनाउन लागेको डा. ...
समानताका लागी जनता धेरै बर्ष देखि लडदै आए

समानताका लागी जनता धेरै बर्ष देखि लडदै आए

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, अहिले नेपाली जनता नांगो आङ र भोको पेट लिएर बाँच्न बिवश छन । नेपाली जनताले यस्तो व्यवस्था चाहेका छन् जुन प्रयोगले संसदीय व्यवस्थामा विकृति नआओस् । अहिले देशमा जुन किसिमको विकृति छाएको छ , यसले लोकतन्त्रको धज्जि उडाएको छ । लोकतन्त्रमा जनताले बोल्न , लेख्न , सभा सम्मेलन गर्न पाउँछन । यो जनताको अधिकारको कुरा हो । नेपाली जनताले समानता चाहेका छन । समानताका लागी नेपाली जनता धेरै बर्ष देखि लडदै आएका छन । यो कुरा सवैले बुझन जरुरी छ । अहिले नेपालको राजनीति तरल बनेको छ । वर्तमान राजनीतिक अवस्था त्यति सहज ढंगले अघि बढन सकेको छैन । यो नै समस्याको बिषय हो । देशलाई कुनै पनि नेताले बन्दी बनाउनु हुदैन । अहिले जे देखिएको छ , त्यो राम्रो संकेत होइन । अहिले देशमा राजनीतिक दलहरु गुटउपगुटमा बिभाजित छन । यसले मुलुकमा संकट निम्त्याएको छ । जनताको मतलाई दल र तिनका नेताहरुले अपमान गरेका ...
अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुदै, प्रधानमन्त्रिबाट समुदघाटन

अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुदै, प्रधानमन्त्रिबाट समुदघाटन

खेलकुद, समाचार
महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता राजधानीको भृकुटीमण्डपमा आगामी वैशाख ४ गतेबाट सञ्चालन हुने भएको छ । सो प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । फाउन्डेसनले गर्न लागेको चौथो अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा अमेरिका, जापान, अष्ट्रेलिया, भारत र पाकिस्तान लगायत विभिन्न देशबाट रेस्लरहरु आउनुहुने फाउन्डेसनको अध्यक्ष तथा नेपालकै पहिलो रेस्लर भगवति खड्का ‘युनिका’ ले जानकारी दिइन् । त्यस्तै रेस्लर तथा कलाकार अस्मिता जुरेलीले कोरोनाका कारण कार्यक्रममा असर नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘कोरोना भाइरस (कोभिड–१९) को महामारीले गर्दा कार्यक्रम गर्न केही असहज भएपनि स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षा सामग्रीको उपयोग गरेर नै प्रतियोगिता सञ्चालन गर्दैछौं ।’ ...
‘फेस अफ स्मार्ट किड्स २०२१’ को उपाधी आश्रुत्य र परिधीले हात पारे

‘फेस अफ स्मार्ट किड्स २०२१’ को उपाधी आश्रुत्य र परिधीले हात पारे

मनोरन्जन, समाचार
राजधानीमा सम्पन्न फेस अफ स्मार्ट किड्स २०२१ को उपाधी आश्रुत्य घिमिरे र परिधी पाण्डेले हात पार्न सफल भएका छन । आईतवार सम्पन्न उक्त प्रतियोगितामा घिमिरेले मुख्य उपाधी सहित मल्टिमिडिया च्वाईस तथा पाण्डेले मुख्य उपाधी सहित भ्यूवर्स च्वाइस,मल्टिमिडिया, बेष्ट ड्रेस, मिस टैलेन्ट, मस्ट ईन्टलिजेन्टको सब टाईटल समेत हात पार्न सफल भए । त्यसै गरि गल्र्स तर्फ भने क्रिष्टल रुम्वाले फस्ट रनर अप सहित मस्ट ईन्नोसेन्ट र मस्ट क्यूट , अनिषा भट्ले मस्ट ईन्टलिजेन्ट र बेष्ट फोटोजेनीक तथा मेरिका राईले बेष्ट वाकको सबटाईटल हात पारेका थिए ।धिरज तण्डुकार, कला सुब्बा,राधा ढकाल र यम बरालको निर्णायक मण्डल रहेको प्रतियोगिता मा ब्वाइज तर्फ भने स्वराज सापकोटाले फस्ट रनर अप सहित भ्यूवर्स च्वाईस र आरनेश सिखंडाले बेष्ट फोटोजेनिक तथा बेष्ट ड्रेस हात पारेका थिए । युथ क्रियसन नेपालको आयोजनामा आयोजित उक्त प्रतियोगीतमा फेशन शो ...
घरबाहिर निस्किँदा हरेकले जनस्वास्थ्यका मापदण्डहरूको ख्याल गरौं

घरबाहिर निस्किँदा हरेकले जनस्वास्थ्यका मापदण्डहरूको ख्याल गरौं

समाचार, स्वास्थ्य
डा.डिआर उपाध्याय, मुलुकमा कोरोना भाइरसको संक्रमण दर पुनः उकालो लाग्ने संकेत देखिन थालेको छ । फेरि जनतामा एक खालको त्रास उत्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले दिनहुँ ३ सय जना हाराहारी नयाँ संक्रमित थपिन थालेका छन । यो बडो चिन्ताको बिषय हो । अव हामी सवै नागरिक हरु सचेत बन्नु पर्ने बेला फेरि आएको छ । कोही पनि यो रोग संग हेलचेक्राइ गरेर बस्नु हुदैन । कोरोना संक्रमण भनेको महामारी हो । यो संग डराउनुका साथै सचेत हुनु पर्छ । सवै भन्दा पहिला आफू सचेत भएर अरुलाई सचेत गराउनु पर्छ । अहिले विश्वभर जुन किसिमले पुनः संक्रमण दर बढिरहेको छ, त्यस हिसाबले यहाँको थोरै मात्राकै संख्यात्मक वृद्धिलाई पनि खतराको सूचकका रूपमा लिनुपर्छ । अव ढिला नगरी कोरोनालाई नियन्त्रणमा ल्याउनका लागि सरकार अग्रसर हुनुपर्छ । पूर्व तयारीका साथ सरकार बस्नु पर्छ । रोगले माहामारी लिए पछि गरिएको तयारीले कुनै अर्...