मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

(नेप्से)मा आज नयाँ रेकर्ड कायम

(नेप्से)मा आज नयाँ रेकर्ड कायम

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज नयाँ रेकर्ड कायम भएको छ। नेप्सेमा आज एकैदिन १३ अर्बमाथिको कारोबार भएको छ। यो हालसम्मकै धेरै हो। यसदिन नेप्से परिसूचक पनि हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ। आज बजार ३ अंकले बढेर २८२३.०७ को बिन्दुमा पुगेर बन्द भएको छ। ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.३१ अंकले बढेर ५०८.५० को बिन्दुमा पुगेको छ। ...
नेपालमा पछिल्लो २४ घण्टामा ७,२२० जना नयाँ कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ७,२२० जना नयाँ कोरोना संक्रमित थपिए

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा ७,२२० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। १९ हजार ८ सय ४६ जनाको पीसीआर रिपोर्ट परीक्षण गरिएकोमा सो संख्यामा नयाँ संक्रमित फेला परेका हुन। सोही अवधिमा ७,१३५ जनाले कोरोनालाई परास्त गरेका छन्। यस्तै, पछिल्लो २४ घण्टामा १८५ जना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रिमतको संख्या १ लाख १५ हजार ४ सय ४७ जना रहेका छन्। आज थपिएका कोरोना संक्रमित मध्ये काठमाडौं उपत्यकामा धेरै छन्। उपत्यकामा एकैदिन दुई हजार ७ सय ९३ जनामा संक्रमण पुष्टि भएको हो। जस मध्ये काठमाडौंका एक हजार ८ सय ६ रहेका छन्। यस्तै, भक्तपुरमा २ सय ९८ र ललितपुरमा ६ सय ८१ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ...
इङलिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सिजनको आफ्नो अन्तिम खेलमा जित हासिल

इङलिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सिजनको आफ्नो अन्तिम खेलमा जित हासिल

अन्तराष्ट्रिय, खेलकुद, समाचार
 इङलिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सिजनको आफ्नो अन्तिम खेलमा जित हासिल गरेको छ । टोटेनहमलाई जित दिलाउन अन्तिम खेलमा एक गोल गरेका ह्यारी केनले प्रिमियर लिग गोल्डेन बुट पाएका छन् । उनले यो सिजन टोटेनहमका लागि २३ गोल गरे । उनीपछि लिभरपुलका मोहम्मद सलाहले २२ गोल गरे । सिजनको अन्तिम खेलमा टोटेनहमले लेस्टर सिटीलाई ४–२ ले पराजित गरेको हो । टोटेनहलाई जित दिलाउन ग्यारेथ बेलले दुई गोल गरे । ह्यारी केनले एक गोल गरे । एक गोल टोटेनहमले आत्मघाती उपहार पाएको थियो । लेस्टरका लागि जिम्मी भार्डीले पेनाल्टीमार्फत दुई गोल गरे । लेस्टर टोटेनहमसँग पराजित हुँदा अर्काे सिजन च्याम्पियन्स लिगका लागि छनोट हुन सकेन । लेस्टर पराजित हुँदा चेल्सीले च्याम्पियन्स लिगमा स्थान बनायो । ...
विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध आज सर्वोच्चमा रिट दायर गर्ने

विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध आज सर्वोच्चमा रिट दायर गर्ने

राजनीति, समाचार
विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध आज रिट दायर गर्ने भएका छन् । गठबन्धनले बिहान १० बजे १४९ मध्ये मुख्य नेताहरू भाैतिक रूपमा उपस्थित भएर रिट दायर गर्न लागेकाे हाे । यसका लागि हिजाे सबै सांसदहरूकाे हस्ताक्षर संकलन भइसकेकाे बताइएकाे छ । आइतबार नै अदालत जाने भनिए पनि कानुनी ढाँचाअनुसार कागजातसहितको विवरण र मस्यौदा तयार पार्न ढिलाइ भएपछि सोमबार मात्रै रिट पेस गर्ने तयारी गरिएको हो । विपक्षी गठबन्धनले दायर गर्न लागेको रिटमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएकोले सो सम्बन्धी निर्णय बदर गर्न माग गरिएकाे छ । रिटले संविधानको धारा ७६ (५) अनुसार बहुमत सांसदहरुको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको दावी सदर गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग समेत गरेको छ । यस्तै, रिटमा नेपालको संविधान र सर्वोच्च अदालतले विगतमा स्थापित गरेका नजीर र सिद्धान्त व...
राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्धका सन्तानले नागरिकता पाउने अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्धका सन्तानले नागरिकता पाउने अध्यादेश जारी

समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्धका सन्तानले नागरिकता पाउने अध्यादेश जारी गरेकी छन्। सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले आइतबार सो अध्यादेश जारी गरेकी हुन। संविधानको धारा ११ को उपधारा (३)मा संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ। राष्ट्रपतिले सो प्रावधानलाई संसोधन गरिएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन । प्रधानमन्त्री ओलीले जनता समाजवादी दल (जसपा) का अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतोको माग पूरा गर्न यो अध्यादेश ल्याएको बताइएको छ। 443Shares ...
आज जेठ १० गते साेमबारको राशिफल

आज जेठ १० गते साेमबारको राशिफल

राशिफल, समाचार
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला । सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ । परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ । मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन...
नारेश्वर युवा समाजद्वारा स्थानीयलाई स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोग

नारेश्वर युवा समाजद्वारा स्थानीयलाई स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोग

समाचार, समाज
गोरखा । मुलुकमा कोरोना महामारीले गर्दा लकडाउनमा परेर पीडा भोगिरहेका स्थानीय बासिन्दाहरुलाई नारेश्वर युवा समाजले सहयोग हस्तान्तरण गरेको छ । गोरखा नगरपालिका वडा नं. ३ नारेश्वरको कार्यालयमा समाजले सहयोग जुटाएर स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोग हस्तान्तरण गरेको हो । गायक तथा संचारकर्मी एवम् संस्थाकाे सल्लाहकार लवकुमार भट्टको अगुवाई नारेश्वर युवा समाजले देशविदेशबाट सहयोग जुटाएर लकडाउनको मारमा परेका गरीब, असहाय, अपाङ्ग र एकल महिलाहरुलाई सहयोग गरेको हो । समाजले काठमाडौंदेखि गोरखा नारेश्वरमा पुगेर जेठ ८ गते शनिबार उक्त सहयोग हस्तान्तरण गरेको हो । सहयोग लिएर काठमाडौंदेखि गायक तथा संचारकर्मी लवकुमार भट्ट, रुपेश विश्वकर्मा, सुवास थापा र पत्रकार सुमन पण्डित लगायतको टोली गोरखा नारेश्वर पुगेको थियो । गारेखा नारेश्वरको शान युव जनशक्तिको अभियान भन्ने नाराका साथ ‘अहिले नगरे कहिले गर्ने हामीले नगर...
कोभिडको खोप नेपाललाई उपलब्ध गराउन दूतावास प्रयत्नशील : अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा

कोभिडको खोप नेपाललाई उपलब्ध गराउन दूतावास प्रयत्नशील : अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा

अन्तराष्ट्रिय, समाचार
अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी सरकारसंग कोभिडको खोप नेपाललाई उपलब्ध गराउन दूतावास प्रयत्नशील रहेको बताएका छन्। उनले नेपाललाई तत्काल चाहिने ५० लाख खोप उपलब्ध गराउन अमेरिका लगायत विश्व समुदायसँग नेपालले आग्रह गरेको पनि बताए। नेपालीहरुको नेतृत्वमा रहेका दुई अमेरिकी संस्थाहरु ब्लड डोनर्स अफ अमेरिका(बीडीए) र सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस (सान) को तेस्रो संयुक्त सम्मेलनको भर्चुअल माध्यमबाट आज उद्घाटन गर्दै उनले नेपालको गम्भीर स्वास्थ्य संकटको अवस्थामा विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोगका लागि अमेरिकी सरकारसंग आग्रह गरिएको पनि उनले बताएका छन्। उनले अमेरिकी सरकार, यहाँका गैरसरकारी संघ संस्थाहरु र नेपाली समुदायसहित विश्व समुदायलाई समेत नेपालको स्वास्थ्य संकटमा सहयोगका लागि आह्वान गरिएको बताए । अमेरिकास्थित नेपाली दुतावास नेपाललाई सहयोग गर्न प्रयत्नरत सबैसँग मि...
निषेधाज्ञालाई कडाई पूर्वक पालना गराउन गृह मन्त्रालयको निर्देशन

निषेधाज्ञालाई कडाई पूर्वक पालना गराउन गृह मन्त्रालयको निर्देशन

समाचार, समाज
गृह मन्त्रालयले निषेधाज्ञालाई कडाई पूर्वक पालना गराउन सबै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको छ । शनिवार सबै प्रजिअलाई कोभिड नियन्त्रणका लागी ‘निषेध आदेशलाई कडाइका साथ कार्यान्वयन गर्न’ सर्कुलर गरिएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) जनकराज दाहालले बताए । सरकारले हालै कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–०७८ जारी गरेको थियो । सो अध्यादेश अनुसार प्रमुख जिल्ला अधिकारीको आदेश नमानेर अनावश्यक रुपमा हिँडडुल गर्नेलाई जरिवाना हुने व्यवस्था छ । कोभिड–१९ संक्रमण बढेको तर निषेध आदेश उल्लंघन भइरहेको गृह मन्त्रालयको निष्कर्ष छ । पछिल्लो राजनीतिक घटनाक्रमलाई पनि संकेत गरेर गृह मन्त्रालयले भिडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारीलाई लिखित निर्देशन दिएको छ । ‘भिडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारीहरुलाई भनिएको छ’ गृह प्रवक्ता दाहालले भने–‘अध्यादेश पनि जारी भएको हुनाले सो अध्यादेशअनुसार कार्...
नौटंकी राजनीतिको जालमा नफसौं

नौटंकी राजनीतिको जालमा नफसौं

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, सरकारले फेरी प्रतिनिधिसभा बिघटन गरेर मध्यावधि चुनावको घोषणा गरेको छ । बिपक्षी पाँच दलले यो कदम प्रतिगामी र अवैधानिक,असंवैधानिक भएको ठहर गरेको छ । हिजो बसेको बिपक्षी पाँच दलको बैठकले कानुनी बाटो र राजनीति बाटो समातेर यसको प्रतिवाद गर्ने जनाएको छ । बिभिन्न संघ संस्था देखी नागरिक तहवाट समेत यो कदमको चर्को बिरोध भएको छ । केही कानुनबिद्धहरुले पनि यो कदम असंवैधानिक भएको तर्क गरिरहेका छन । यो भन्दा पहिला पनि केपी ओलीको सिफारिसमा राष्टपतिवाट संसद बिघटन गरी मध्यावधि निर्वाचनको घोषणा भएको थियो । त्यो कदम असफल भएर अन्ततः संसद पुनस्थापना भएको थियो । त्यहीपुनस्थापित ंसंसद फेरी बिघटन भएको छ । अव मुलुकको राजनीति कता जान्छ र के हुन्छ केही भन्न सकिने अवस्था छैन । बिपक्षी दलहरु चुनावमा सहभागी भएनन् भने अहिले घोषणा गरिएको चुनावको कुनै अर्थ छैन । अर्को कुरा कोरोना माहामारीले थि...