चेतन राईको पाँचौं गीतिसंग्रह ‘स्पिड’ सार्वजनिक(भिडियो)
गायक तथा संगीतकार चेतन राईको पाँचौं गीतिसंग्रह ‘स्पिड’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंह, गीतकार लोकराज अधिकारी, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठलगायत अतिथिहरूले सामूहिक रूपमा उक्त गीति संग्रहको विमोचन गर्नुभएको हो ।
https://youtu.be/Tc_jfnROkOA
कार्यक्रमका प्रमुख अतिथि संगीतकार सिंहले चेतनलाई बहुमुखी प्रतिभाशाली कलाकारको रूपमा परिचित गराउँदै आगामी दिन अझ उज्ज्वल हुने विश्वास व्यक्त गर्नुभयो । गीतकार अधिकारीले करिब तीन दशकअघि चेतनसँगको भेट स्मरण गर्दै त्यतिबेलादेखि नै उहाँ लेखन, संगीत र गायनमा सक्रिय रहेको उल्लेख गर्नुभयो । उहाँले हालै दुई गीतमा चेतनसँग सहकार्य भएको जानकारी पनि दिनुभयो ।
कीर्तिमानी संगीतकार श्रेष्ठले डेढ दशकदेखि चेतनलाई चिन्ने अवसर पाएको उल्लेख गर्दै, बाहिर बढी देखाउन नचाहने तर निरन्तर कर्ममा लागिरहने उहाँ कुशल...









