आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

भविष्यका सम्भावनाहरू खोज्दै ‘फेस अफ जुनियर मोडल सिजन १’ सम्पन्न

भविष्यका सम्भावनाहरू खोज्दै ‘फेस अफ जुनियर मोडल सिजन १’ सम्पन्न

मनोरन्जन, समाचार
ललितपुर- बालबालिकाको प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले ब्ल्याक बर्ड इन्टरटेन्मेन्ट प्रा.लि.ले आयोजना गरेको ‘फेस अफ जुनियर मोडल सिजन १’ को ग्राण्ड फिनाले शनिबार ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी नेपालमा अत्यन्तै भव्य र अनुशासित वातावरणमा सम्पन्न भएको छ। काठमाडौं उपत्यकाका १५ विद्यालयका १८ जना प्रतिभाशाली बालबालिकाहरूले सहभागिता जनाएका उक्त प्रतियोगितामा सहभागीहरूले विविध विधामा आफ्नो कौशल, प्रस्तुति र आत्मविश्वास देखाएका थिए। आकर्षक कोरियोग्राफी, सुव्यवस्थित व्यवस्थापन र मनमोहक प्रस्तुतिले कार्यक्रमको स्तर उच्च बनाएको थियो। कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, बागमती प्रदेशकी प्रमुख श्रीमती जयंती साट्याल रहनुहुन्थ्यो। उहाँले ब्ल्याक बर्ड इन्टरटेन्मेन्टले बालप्रतिभा अभिवृद्धि, आत्मविश्वास विकास र व्यावहारिक सीपको क्षेत्रमा पुर्‍याए...
मिनु शर्मा ‘सपना’को निर्माण तथा अशोक दर्जी अभिनित ‘मन बिनाको धन’२१ गतेदेखि प्रदर्शनमा

मिनु शर्मा ‘सपना’को निर्माण तथा अशोक दर्जी अभिनित ‘मन बिनाको धन’२१ गतेदेखि प्रदर्शनमा

मनोरन्जन, समाचार
काठमाडौं — बालगायक अशोक दर्जी अभिनीत चलचित्र ‘मन बिनाको धन’ आगामी कार्तिक २१ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउँदैछ। निर्देशक तथा संगीतकार टंक बुढाथोकीको कथा, संगीत र निर्देशनमा बनेको यो चलचित्रले मन र धनबीचको सम्बन्धलाई भावनात्मक रूपमा प्रस्तुत गर्ने उद्देश्य राखेको छ। सार्वजनिक गरिएको ट्रेलरमा समाजमा पैसाको प्रभाव, मानवीय संवेदना र पारिवारिक सम्बन्धका विविध आयाम चित्रण गरिएको देखिन्छ। फिल्मले ‘धनभन्दा मन ठूलो हो’ भन्ने सन्देश दिन खोजेको निर्देशक बुढाथोकीले बताएका छन्। चलचित्रमा अशोक दर्जी, आर बुढाथोकी, नीता ढुंगाना, रमेश विश्वकर्मा, सरोज खनाल, भोलाराज सापकोटा, सन्तोष पन्त, रबिन्द्र झा, बुद्धि तामाङ, बिनु राउत, रमेश बुढाथोकी, पार्वती अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ। बाल कलाकारका रूपमा सम्रागी थापा, बाबु पराजुली, दीपजल बस्नेत, आरिका झा, अभिषेक थापा लगायत देखिएका छन्। फि...
‘अब गाउँछ अमेरिका’ विवादप्रति कार्यक्रम व्यवस्थापन संघ, नेपालको गम्भीर ध्यानाकर्षण

‘अब गाउँछ अमेरिका’ विवादप्रति कार्यक्रम व्यवस्थापन संघ, नेपालको गम्भीर ध्यानाकर्षण

मनोरन्जन, समाचार
मनोरञ्जन क्षेत्रमा नकारात्मक सन्देश पुगेको संघको भनाइ काठमाडौं । कार्यक्रम आयोजक तथा इभेन्ट व्यवस्थापकहरूको हक, अधिकार र हित संरक्षणका उद्देश्यले स्थापना भएको राष्ट्रिय संस्था कार्यक्रम व्यवस्थापन संघ, नेपालले हालै अमेरिकामा आयोजना गरिएको ‘अब गाउँछ अमेरिका’ कार्यक्रममा उत्पन्न विवादप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। संघका अध्यक्ष राजेन्द्र लुईटेलले जारी गरेको विज्ञप्तिमा गायिका एलिना चौहान र सो कार्यक्रमका आयोजक संस्था नेपफ्लाईका सञ्चालक विनोद अधिकारीबीच उत्पन्न विवादका समाचार र सामाजिक सञ्जालमा प्रसारित सामग्रीहरूले मनोरञ्जन क्षेत्रमा नकारात्मक सन्देश पुर्‍याएको उल्लेख गरिएको छ। संघका अनुसार कलाकार र कार्यक्रम आयोजकबीचको सम्बन्ध अत्यन्त घनिष्ठ र सहयोगमूलक हुन्छ, जसलाई “नङ र मासु” जस्तै अविभाज्य सम्बन्धको रूपमा लिन सकिन्छ। संघले कार्यक्रम सञ्चालनका क्रममा कहिलेकाहीँ समस्या वा असम...
बानेश्वरस्थित राज मेकअप स्टुडियोमा मेकअप कोर्षमा आकर्षक अफर

बानेश्वरस्थित राज मेकअप स्टुडियोमा मेकअप कोर्षमा आकर्षक अफर

आर्थिक, समाचार
छठ पर्वको शुभ अवसरमा बानेश्वरस्थित राज मेकअप स्टुडियो तथा राज ब्यूटी एकाडेमीले मेकअपसम्बन्धी विभिन्न कोर्षहरूमा २५ प्रतिशत विशेष छुटको घोषणा गरेको छ। सन् २०१२ मा स्थापना भएको यस स्टुडियोले विश्वप्रसिद्ध नेदरल्याण्ड्स ब्रान्ड ‘मेकअप स्टुडियो’बाट भारत, दिल्लीमा उच्चस्तरीय मेकअप अध्ययन एवं दीर्घ अनुभव हासिल गरेका मेकअप ट्रेनर तथा आर्टिष्ट टेक राज पाण्डेको नेतृत्वमा मेकअप आर्टिष्ट र ब्यूटिसियन क्षेत्रमा करियर बनाउन इच्छुक युवा–युवती तथा गृहणीहरूका लागि नयाँ, उपयोगी तथा व्यावसायिक कोर्षहरू सञ्चालन गर्दै आएको छ। स्थापनाकालदेखि हालसम्म हजारौँ प्रशिक्षार्थीहरूलाई दक्ष मेकअप आर्टिष्ट तथा सफल उद्यमी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्टुडियोले ग्राहक सेवामा पनि उत्कृष्ट पहिचान बनाएको छ। मेकअप आर्टिस्ट तथा नेल आर्टिस्ट ब्युटिसन मेहन्दी आर्टिस्ट र विभिन्न कोषहरू लाई क्षेत्रमा भविष्य...
शिवभजन ‘त्रिनेत्रधारी’ लिएर आइन निता आचार्य

शिवभजन ‘त्रिनेत्रधारी’ लिएर आइन निता आचार्य

मनोरन्जन, समाचार
गायिका निता आचार्यको स्वरमा रहेको शिवभजन ‘त्रिनेत्रधारी’ सार्वजनिक भएको छ । भक्तिपूर्ण भावनाले भरिएको यस भजनमा गायिकाको भक्ति, समर्पण र भावप्रवण प्रस्तुतिले गीतलाई अझ मार्मिक र प्रभावशाली बनाएको छ । गोविन्द राईको निर्देशन तथा कोरियोग्राफी रहेको भजनको छायांकन र सम्पादन अञ्जय खड्काले गर्नुभएको हो । भिडियोमा गायिका निताका साथमा बालकलाकार महर्षि घिमिरेको समेत अभिनय देख्न सकिन्छ । महर्षि निर्देशक शंकर घिमिरे र अभिनेत्री रिचा घिमिरेको सुपुत्र हुनुहुन्छ । ‘त्रिनेत्रधारी’लाई अमेरिकाको मेरिल्याण्डस्थित हिन्दु-बुद्ध मन्दिर तथा बाल्टिमोर वरपरका क्षेत्रहरूमा छायांकन गरिएको हो । गीतको भौगोलिक परिवेशले पनि विदेशमा रहेको नेपाली धर्म-संस्कृतिको जगेर्ना र प्रस्तुतिलाई थप सशक्त बनाएको छ । अमेरिकामा बसोवास गर्दै आउनुभएकी निता लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँका ‘समर्पण’, ‘...
तेजुलाको ‘तिमिसंग’(भिडियो)

तेजुलाको ‘तिमिसंग’(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं  । सुरेश लामा र सुष्मा थापाको स्वर, विष्णु भण्डारीको शब्द, सरोज पोखरेलको संगीत रहेको रोमान्टिक शैलिको आधुनिक गीत ‘तिमिसंग’ को भिडियो सार्वजनिक भएको छ । https://www.youtube.com/watch?v=lkTZKDGTuqA लोकप्रिय मोडल यसराज गराच र चर्चित नायिका तेजुला खतिवडाको अभिनय रहेको भिडियोमा छायांकन उत्सव दाहाल, सम्पादन विकास दाहाल, निर्माता सुदिप अधिकारी, निर्देशन सोनम पाख्रिनको रहेको छ । ...
एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टद्वारा मनिला अन्तरराष्ट्रिय आर्थिक तथा सांस्कृतिक कार्यक्रम घोषणा

एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टद्वारा मनिला अन्तरराष्ट्रिय आर्थिक तथा सांस्कृतिक कार्यक्रम घोषणा

मनोरन्जन, समाचार
काठमाडौँ, १२ असोजः एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट र ग्लोबल एकेडेमी फर ह्युमन एक्सिलेन्सको आयोजनामा फिलिपिन्सको मनिलामा आगामी नोभेम्बर ९ मा मनिला अन्तरराष्ट्रिय आर्थिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रमबारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका अध्यक्ष सत्यकला तामाङ लामाले उक्त जानकारी दिँदै नेपाल र फिलिपिन्सबीच सांस्कृतिक तथा आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको बताउनुभयो । “नेपालको पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो, त्यस अवसरमा नेपाल र फिलिपिन्स दुवै देशका कलाकारहरुले मौलिक प्रस्तुति दिनुहुनेछ”, अध्यक्ष लामाले भन्नुभयो, “कार्यक्रममा विभिन्न विधामा अवार्ड तथा सम्मान पनि प्रदान गरिनेछ ।” कार्यक्रमको उद्देश्य केबल मनोरञ्जनमा म...
गायक प्रश्ना धमलासँगै राजकुमार तामाङको ‘तस्बिर’ सार्वजनिक

गायक प्रश्ना धमलासँगै राजकुमार तामाङको ‘तस्बिर’ सार्वजनिक

मनोरन्जन, समाचार
एक दशकभन्दा बढी समयदेखि संगीत क्षेत्रमा योगदान पुर्‍याउँदै आएका प्रतिभाशाली संगीतकार राजकुमार तामाङ केही वर्षअघि दुर्भाग्यवश भएको दुर्घटनाका कारण दर्शकसामु आफ्नो संगीत प्रस्तुत गर्न सक्नुभएन। तर, लामो संघर्ष र स्वास्थ्य सुधारको यात्रापछि, उहाँ फेरि एकपटक नयाँ उमङ्गका साथ आफ्ना सिर्जनात्मक धुनहरू लिएर दर्शकमाझ फर्किनुभएको छ। अब उहाँको स्वास्थ्य अवस्था सामान्य बनेको छ र संगीतप्रतिको त्यो पुरानै उत्साह, जोश र समर्पणसहित पुनः सक्रिय हुनुभएको छ। यसपटकको पुनरागमनलाई अझ विशेष बनाएको छ—गायक प्रश्ना धमलाको साथमा उहाँले “तस्बिर” बोलको गीत लिएर दर्शकमाझ पुनः प्रवेश गर्नुभएको छ। मार्मिक शब्द र भावनात्मक धुनले सजिएको “तस्बिर” गीतले जीवनका उतार–चढाव, सम्झना र बिछोडलाई स्पर्श गर्नेछ भन्ने अपेक्षा गरिएको छ। यस गीतमार्फत दर्शकहरूले राजकुमार तामाङ र प्रश्ना धमला दुवैलाई पहिलेझैँ मात्र होइन, अझ परिपक्...
महाकाव्यकार खेमनाथ दाहालको ‘लालीगुराँसको साटो…

महाकाव्यकार खेमनाथ दाहालको ‘लालीगुराँसको साटो…

मनोरन्जन, समाचार
काठमाडौं । ‘लालीगुराँसको साटो रक्तरञ्जित भो वन, द्यौराली अनि पाखामा लासको टाकुरा किन ?’ यो पंक्ति केवल गीत होइन, हाम्रो इतिहासको घाउ बोलेको कविताजस्तो लाग्छ । महाकाव्यकार खेमनाथ दाहालले २०६० सालमै लेखेको काव्य ‘योद्धा’ भित्रको यो श्लोक फेरि संगीतसहित पुनर्जीवित भएको छ । मंगलबार राजधानीमा मिलापको आयोजनामा गरिएको विशेष समारोहमा गीतको भिडियो सार्वजनिक हुँदै गर्दा सभाहल केवल विमोचनस्थल बनेन, बरू साहित्य, संगीत र इतिहासको संगम स्थलमा रूपान्तरित भयो । गीतमाथि कार्यक्रमस्थलमा व्यक्त भएका धारणा सुन्दा लाग्थ्यो-साहित्य र संगीतबीचको पुल बलियो हुँदै गएको छ । दाहालको कलमबाट बगेका शब्दहरू र सन्तोषको स्वरबाट घन्किएको धुनले उपस्थितलाई केवल गीतमात्र होइन, एक ऐतिहासिक सन्देश सुनाइरहेको थियो । समारोहमा प्रमुख अतिथि प्राडा.शैलेन्द्रु प्रकाश नेपालले गीतको भिडियो स्विच अन गरेर सार्वजनिक गर्नुभएको थियो । उह...
राज टाइगरको शब्द र बसन्ती लामाको संगीतमा ‘सम्झनाका पल’(भिडियो)

राज टाइगरको शब्द र बसन्ती लामाको संगीतमा ‘सम्झनाका पल’(भिडियो)

मनोरन्जन, समाचार
नेपाली संगीत बजारमा नयाँ गीत ‘सम्झनाका पल’ सार्वजनिक भएको छ। गीतमा राज टाइगरको शब्द, बसन्ती लामाको संगीत र गायक बिबेक डोङको स्वर रहेको छ। आफ्नो प्रेमिकाको मृत्यु र सम्झनाका भावलाई समेटिएको यस गीतलाई श्रोता–दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। गीतको Mixing/Mastering गोविन्द सोनी, Recording बिशाल योन्जन र Muurchhanga Studio मा सम्पन्न गरिएको हो। अडियो तथा भिडियो दुवैलाई Sadikshya Films ले प्रस्तुत गरेको हो। https://youtu.be/yfRTOpPXD9U भिडियो पक्षमा अमर ओलीको निर्देशन रहेको छ भने, सुर्य कुमार र रबिना कार्कीको अभिनय देख्न सकिन्छ। छायांकन ज्ञान कुमार कट्टेल, सम्पादन तथा रंग संयोजन पदम सुबेदी, मेकअप आर्टिस्ट मीरा लामा र पोस्ट–प्रोडक्सन Sadikshya Filmsले गरेको हो। यस गीतलाई सदिक्षा फिल्म्स युटुबमार्फत हेर्न सकिन्छ। संगीतप्रेमीहरूले गीतलाई जीवनका भावुक क्षण सम्झाउने सिर्जना भन्दै ...