१२ औं छायाँछवी तिज म्युजिक अवार्ड सम्पन्न
छायाँछवि तीज म्यूजिक अवार्डको १२ औं संस्करण सम्पन्न रेखा शाह र जुनु गौतम उत्कृष्ट गायिका÷ गायकमा रामचन्द्र काफ्लेछायाँछवि क्रियशनको आयोजनामा हरेक वर्ष गरिने छायाँछवि तीज म्यूजिक अवार्डको १२ औं संस्करण सम्पन्न भएको छ । लोकसंस्कृति तथा संगीतको पर्वका रुपमा चिनिने एवं महिलाहरुको महान चाँड हरितालिका तीजका अवसरमा प्रकाशित गीतहरुलाई लिएर आयोजना गरिने छायाँछवि तीज म्युजिक अवार्डमा १८ अवार्ड तथा ६ सम्मान एवं १ पुरस्कार प्रदान गरी सम्पन्न भएको छ ।सुकेधारा स्थित लेभीज गार्डेनमा सम्पन्न भएको छायाँछवि तीज म्युजिक अवार्डमा गत वर्ष स्थापना गरिएको छायाँछवि दिपाशा स्मृति पुरस्कार यस वर्ष मोडल कलाकार सञ्चिता शाहिलाई प्रदान गरिएको छ । रु ११०००÷– राशि सहितको यो पुरस्कार गत वर्ष भने मोडेल कलाकार अञ्जु निरौलालाई प्रदान गरिएको थियो ।यस्तै तीजका अवसरमा आयोजना गरिदै आएको छायाँछवि तीज म्युजिक अवार्डमा ६ जना नारी ...









