रबि लामिछाने राजनीतिमा सक्रिय हुने घोषणाले तरंग
चर्चित संञ्चारकर्मी रबि लामिछाने संचार क्षेत्रलाई त्यागेर सक्रिय राजनीतिमा आउने घोषणा गरेका छन । उनको यो घोषणाले राजनीतिमा तरंग उत्पन्न गरेको छ । उनी एक चर्चित राम्रा प्रस्तोता हुन । उनले समाजमा घटेका घटना र साना साना बिषय बस्तु टेलिभिजन मार्फत उठान गरे पछि जनताको मन जित्न सफल भएका हुन ।
पीडामा परेका मान्छेको आवाज बने उनी । त्यसैले उनी जनताको मन मनमा बस्न सफल भए । उनको संचार क्षेत्रको यात्रा सफल बन्यो । हिजोबाट उनी टेलिभिजन कार्यक्रमबाट बिश्राम लिएको घोषणा पनि गरेका छन । उनले राजनीति बाटो तय गदै छन । उनले राजनीतिको मार्ग चित्र कोर्ने बताएका छन । अब उनको राजनीति यात्रा कसरी अघि बढछ त्यो भोलीका दिनमा हेदै जाउला । उनले आफना कुरा सार्वजनिक गर्न असार ७ गते ठूलो भेला पनि गदै छन ।
उनले आहवान गरेको भेलामा को को सहभागी हुन्छन् त्यो भने सबैको चासोको बिषय पक्कै बनेको छ । के उनी संचार क्षेत्रमा...






