आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

कांग्रेस बैठक बुधबार पुनः बस्ने

कांग्रेस बैठक बुधबार पुनः बस्ने

राजनीति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक भोलि पुनः बस्ने भएको छ । आजदेखि शुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराउँदै विषय प्रवेश गराएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय सदस्य महेश आचार्य, डा नारायण खड्का र एनपी साउँदले आफ्नो धारणा राखेका थिए । केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने उनले बताए । ...
अन्ततः नेकपा जोगिन सकेन

अन्ततः नेकपा जोगिन सकेन

राजनीति, समाचार
डा.डिआर उपाध्याय अन्ततः नेकपा फुट्ने नै भयो । कसैले चाहेर पनि यो पार्टी जोगाउन सकिने अवस्था देखिएन । अहिले दुबै पक्षतिर आफ्ना आफ्ना समूहका बैठकहरु डाकी रहेका छन् । यसले के जनाउँछ भने अब नेकपा सग्लो रहेन । प्रधानमन्त्री केपी शर्मा ओली समूहले केन्द्रिय कमिटिको बैठक बोलाएर प्रचण्ड समूहका नेताहरुलाई कारवाही गर्ने भनेको छ भने उता अर्का पक्ष प्रचण्ड समूहले पनि केपी समूहलाई कारवाही गर्ने बताएका छन् । अहिले दुबै पक्षका नेता तथा कार्यकर्तामा तानातानको अवस्था सृजना भएको छ । एक पक्षले आफू पक्षमा पार्न खोज्ने र अर्को पक्षले पनि आफू पक्षमा पार्न खोज्ने प्रतिष्पर्धा चलेको दृश्य देखिन्छ । नेकपा विभाजन बाट आम जनता खुसी छैनन्,निरास र हत्तोसाहित भएका छन् ।जनताले सुरुवाती दिनमा निकै भरोसा र आशा गरेका थिए नेकपा बाट तर जनताले सोचे जस्तो नहुँदो रहेछ । यतिबेला आम जनतालाई जून ,जोगी आए पनि कानै चिरेका, जस्तो उ...
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार(आज) बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार(आज) बस्दै

राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार(आज) बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको हो । सो बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि कांग्रेस विरोधमा छ । उसले यहि विषयमा सोमबार सर्वदलीय बैठक आह्वान गरेर छलफल गरेको थियो । मंगलबारको केन्द्रीय समिति बैठकमा पनि संसद विघटनकै विषयमा छलफल हुनेछ । नेपाली कांग्रेस, नेकपाको असन्तुष्ट पक्ष तथा जनता समाजवादी पार्टीसहित संसद विघटनको विपक्षमा छन् । ...
राजनीतिक अस्थिरताको चक्रव्यु

राजनीतिक अस्थिरताको चक्रव्यु

राजनीति, समाचार
डा.डिआर उपाध्याय संसद विघटन भएपछि यतिबेला सबैको ध्यान यतैतिर खिचिएको छ । संसद विघटन समस्याको समाधान होइन । राजनीतिक अस्थिरता निम्ताउने खेल हो यो । मुलुक लामो समय सम्म राजनीतिक अस्थिरताको चक्रव्युहमा फस्दै आएको इतिहास साक्षी छ । अहिले पनि त्यही प्रवृति दोहोरिनु राम्रो कुरा होइन । दुई तिहाइ बहुमतको सरकार हुँदाहुँदै मध्यावधि निर्वाचनमा जानु भनेको देशको लागि र्दुभाग्य हो । मुलुक कोरोनाको कारणले आर्थीक रुपमा टाँट पल्टेको अवस्थामा फेरि चुनाबी खर्चले गर्दा देशको अवस्था झनै कंगाल हुने अवस्था आउन सक्छ । कोरोना कहरले देश आर्थीक रुपमा तङ्रिन नसकेको अवस्थामा फेरि चुनाबी बोझले थला पर्ने निश्चित छ । अब हरेक नागरिकको टाउको माथि ऋणको बोझ थुपरिने कुरामा कुनै शङ्का छैन,निश्चित छ । यो कुरा हामी सचेत नागरिकले बुझ्नु जरुरी छ । पार्टी भित्रको आन्तरिक विवादको कारणले गर्दा सिङ्गो मुलुकलाई बन्धक बनाउन मिल्द...
नेपाली कांग्रेसको आज सर्वदलीय बैठक

नेपाली कांग्रेसको आज सर्वदलीय बैठक

राजनीति, समाचार
 प्रधानन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सर्वदलीय बैठक बोलाएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएका हुन्। सरकारविरुद्ध कस्तो रणनीति बनाउने, संवैधानिक संकटको कसरी सामना गर्नेलगायतका विषयमा छलफल गर्न देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि संसद विघटनपछि सत्तारुढ दल नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको संयुक्त बैठकले प्रतिवाद गर्ने निर्णय गरेको थियो । ...
संसद विघटनको पुनरावृत्ति

संसद विघटनको पुनरावृत्ति

राजनीति, समाचार
डा.डिआर उपाध्याय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदमा झन्डै दुईतिहाइ बहुमत प्राप्त दल हो । तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले आज संसद विघटन गरे । यो कार्यले संविधानको धज्जी उडेको छ । यो उनको अहंकारी कदम हो । यो कदमले लामो समयदेखिको नेपाली जनताको त्याग, तपस्या र बलिदानमा कुठाराघात भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र घोषित मुलुक पुन ःएकपटक राजनीतिक अनिश्चय र अस्थिरता तर्फ धकेलिएको छ । २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि दुइ तिहाइ बहुमतको सरकार रहेकै बखत उनले संसद बिघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेका थिए । अहिले त्यही पुनरावृति भएको छ । विगतमा पनि यही कारणले अस्थिर राजनीति बन्यो । सरकारमा जाने र गिराउने खेल धेरै भएका थिए । अब आउँदा दिनमा पनि त्यो अवस्था नआउला भन्न सकिन्न । पार्टी भित्रको आन्तरिक विवाद व्यवस्थाप...
संसद विघटन गर्नु लोकतान्त्रिक मूल्य, मान्यता विपरीत, संवैधानिक व्यवस्था प्रतिकुल, बदनियतपूर्ण र निन्दनीय भएको: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

संसद विघटन गर्नु लोकतान्त्रिक मूल्य, मान्यता विपरीत, संवैधानिक व्यवस्था प्रतिकुल, बदनियतपूर्ण र निन्दनीय भएको: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

राजनीति, समाचार
५ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गर्नु लोकतान्त्रिक मूल्य, मान्यता विपरीत, संवैधानिक व्यवस्था प्रतिकुल, बदनियतपूर्ण र निन्दनीय भएको ठहर गरेको छ । आइतबार बसेको पदाधिकारी बैठकले सरकारको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक काम गरेको पनि बताएको छ । संसद विघटन गर्ने निर्णयलाई कांग्रेसले घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न घटना भनेको छ । गत आम निर्वाचनमा स्थिरता, शान्ति र समृद्धिको नारा दिएको नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले संसद विघटन गरेर जनमतको अपमान गरेको पनि बताएको छ । ‘पछिल्ला घटना क्रमले कम्युनिष्ट पार्टी र सरकार देश र जनताका हितमा सत्ता सञ्चालन गर्न अक्षम र जनताप्रति गैर जिम्मेवार र अनुत्त...
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधी  सभा विघटनपछि  सुरक्षा निकायका प्रमुखसँग  छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधी सभा विघटनपछि सुरक्षा निकायका प्रमुखसँग छलफल

राजनीति, समाचार
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी  सभा विघटनपछि बदलिएको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग  छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रमुखहरु सहभागी  छन्। बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, उपप्रधानमन्त्री इश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेललगायत पनि सहभागी छन्। ...
विद्यमान प्रतिनिधिसभा विघटन:आगामी २०७८ वैशाख १७ गते र दोस्रो चरणमा वैशाख २७ गते निर्वाचन

विद्यमान प्रतिनिधिसभा विघटन:आगामी २०७८ वैशाख १७ गते र दोस्रो चरणमा वैशाख २७ गते निर्वाचन

राजनीति, समाचार
राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले आज जारी गरेको विज्ञप्तिमा संसदीय प्रणालीको मर्म एवं मूल्यमान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकको अभ्यासबमोजिम सङ्घीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी अर्को प्रतिनिधिसभाको निर्वाचन मिति तोकेको जनाइएको छ ।    मन्त्रिपरिषद्को आज बिहान भएको बैठकको निर्णयका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो सिफारिस गरेका हुन् । गत २०७४ मङ्सिर ४ गते विद्यमान प्रतिनिधिसभाको निर्वाचन भएको थियो ।    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ समेतका आधारमा विद्यमान प्रतिनिधिसभा विघटन  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ समेतका आधारमा विद्यमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको मिति त...
केपी शर्मा ओली नेतृत्वको सरकारका ७ जना मन्त्रीले दिए सामूहिक राजीनामा

केपी शर्मा ओली नेतृत्वको सरकारका ७ जना मन्त्रीले दिए सामूहिक राजीनामा

राजनीति, समाचार
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयमा असन्तुष्टि जनाउँदै मन्त्रीहरुले राजीनामा दिएका हुन। राजीनामा दिनेमा प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीहरु छन्। सिंहदरबारको संसद् विकास समितिको हलमा पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरिएको छ। “राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुनेगरी चालिउको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं,” उनीहरुले भनेका छन्। सरकारमा पूर्व माओवादीका तर्फबाट उर्जामन्त्री रहेका बर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, खानेपानीमन्त्री बिना मगर र पूर्व एमालेका तर्फबाट कृषिमन्त्री बनेका घनश्याम भुसाल र पर्यटनमन्त्री योगेश भट्टराईले पनि राजीनामा दिएका छन्। ...