आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

ओली पक्षले पार्टीको विधान संशोधन गरेर निर्वाचन आयोगमा दर्ता गराए

ओली पक्षले पार्टीको विधान संशोधन गरेर निर्वाचन आयोगमा दर्ता गराए

राजनीति, समाचार
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीको विधान संशोधन गरेर निर्वाचन आयोगमा दर्ता गराएको छ । स्रोतका अनुसार बिहीबार आयोगमा दर्ता गराइएको संशोधनमा पार्टीका आधिकारिक दस्तावेज र पत्रहरुमा प्रथम अध्यक्षको मात्रै हस्ताक्षर चल्ने बनाइएको छ । यसअघि नेकपाका दुवै अध्यक्षको हस्ताक्षर चल्ने व्यवस्था थियो । संशोधित विधानबाट दुई अध्यक्ष रहने प्रावधान भने हटाइएको छैन । त्यस्तै केन्द्रीय समितिको संख्या पनि ओली पक्षले निर्णय गरेर पुर्‍याएको १११९ लाई कायम गरिएको छ । ओली समूहले मंगलबार नै निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटी विस्तार गरेको जानकारी दिएको थियो । दाहाल–नेपाल समूहले बुधबार निर्वाचन आयोग पुगेर बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको थियो । केपी शर्मा ओली नेतृत्वमा रहेको पक्ष र पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल नेतृत्वको अर्को पक्ष दुवैले आफूहरुलाई आधिकारिक न...
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि जारी

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि जारी

राजनीति, समाचार
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि जारी रहने भएको छ। आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा केन्द्रीय समितको बैठक बस्ने नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । हिजो दोस्रो दिनको बैठकपछि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आजको बैठकले संसद् विघटनविरुद्ध आन्दोलन घोषणा गर्ने बताएका थिए । बुधबारको बैठकमा रामशरण महत, गगन कुमार थापा, बलबहादुर केसी र आनन्द ढुंगानाले आ आफ्नो धारणा राखेका थिए। ...
पुष्पकमल दाहाल ‘प्रचण्ड’नेकपाको संसदीय दलको नेतामा चयन

पुष्पकमल दाहाल ‘प्रचण्ड’नेकपाको संसदीय दलको नेतामा चयन

राजनीति, समाचार
। माधव नेपाल र प्रचण्ड समूहको नेकपाले पूर्व प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको संसदीय दलको नेता चयन गरेको छ। मंगलबार बानेश्वरमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा यसअघि रहेका केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई दलको नेता चुनेको हो। पार्टी अध्यक्ष बनेको भोलिपल्ट माधव नेपालले बुधबार(आज) गरेको प्रस्तावलाई प्रचण्ड नेपाल समूहको संसदीय दलको बैठकले सर्वसम्मतिले पारित गरेको हो । यो पक्षको बैठकमा दुवै सदनका गरी १ सय १५ सांसद उपस्थित थिए । प्रचण्ड नेपाल समूहले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार पार्टी अध्यक्षबाट हटाएर उनको स्थानमा माधव नेपाललाई अध्यक्ष बनाएको घोषणा गरेको थियो । ओलीलाई संसदीय दलको नेताबाट हटाएर दाहाललाई दलको नेता बनाउने प्रस्ताव पेस गर्दै नेपालले ओलीले पार्टीको हित विपरित काम गरेकोले उनलाई अध्यक्षबाट हटाइएको र आफ्नो गल्ती स्वीकार गरी ...
आखिर के को लागि राजनीति ?

आखिर के को लागि राजनीति ?

राजनीति, समाचार
डा.डिआर उपाध्याय आज म अलि गम्भिर छु । हातमा कलम र कापी लिएर घोत्लिरहेको छु ,के लेखौँ के नलेखौँ, केही कुरा नलेख्न पनि मनले दिदैन, लेखौँ–लेखौँ लाग्छ । अहिलेको तात्तातो विषय भनेको राजनीति विषय नै हो । अरु सबै कुरा ओझेलमा परे । नेकपा भित्रको विवाद र त्यसले निम्ताएको राजनीतिक संकट नै अहिले सबैको चिन्ता, चासो र जिज्ञाशाको विषय बनेको छ । एउटा प्रश्न उठ्ने गर्छ ।आखिर के को लागि राजनीति गर्ने पद,पैसा र शक्तिको दुरुपयोग गर्न राजनीति गरिएको हो रु अहिले त्यस्तै दृश्य देखिएको छ । राजनीति भनेको त समाजसेवा हो । राजनीतिको नाममा अरबौँपति बनेका नेता प्रशस्त छन् । हिजोका दिन सम्म राम्रो सँग चप्पल लगाउन नसक्ने अधिकांश नेताहरु अहिले आलिसान महल,गाडी बैंक व्यालेन्स सबथोक छ । लगानी बिनाको व्यापार भएको छ नेपाली राजनीति ,पछिल्लो पुस्ता राजनीतिबाट पलायन हुँदैछन् । राजनीतिले वितृष्णा जन्मायो । २०४६ सालको परिवर...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को  आज संसदीय दलको बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज संसदीय दलको बैठक

राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज संसदीय दलको बैठक बोलाएको छ । हिजो केन्द्रिय कमिटीको बैठकमार्फत नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको प्रचण्ड–नेपाल पक्षले आज संसदीय दलको बैठक बोलाएको हो । संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने तयारी रहेको जनाइएको छ । यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएको थियो । ...
रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि ओलीको समर्थनमा दीप प्रज्वलन

रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि ओलीको समर्थनमा दीप प्रज्वलन

राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि केहिबेरअघि दीप प्रज्वलन गरिएको छ। ओली निकट नेकपाका विद्यार्थी र नेता तथा कार्यकर्ताले दीप प्रज्वलन गरेका हुन्। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेकपाको दुई पक्षको नेता तथा कार्यकर्ताहरु समर्थन र विरोध प्रदर्शन उत्रिएका छन् । ठाउँ ठाउँमा पार्टी कार्यालयमा तालाबन्दी समेत गरिएको छ । दुई पक्षले छुट्टाछुट्टै बैठक र निणर्यहरु गरिरहेका छन्। ...
नेकपाको केन्द्रिय सदस्यमा रमेश सिलवाल मनोनित

नेकपाको केन्द्रिय सदस्यमा रमेश सिलवाल मनोनित

राजनीति
 राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल नेपाल कम्युनिष्ट पाटी (नेकपा)को केन्द्रिय सदस्यमा मनोनित भएका छन् । प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी ओलीसँग निकट रहेका सिलवाल नेकपाको केन्द्रिय सदस्यमा मनोनित भएका हुन् । पाटी विभाजनको मोडमा पुगेका प्रधानमन्त्री ओलीले सिलवाल सहितका आफु निकट नेतालाई केन्द्रिय सदस्यमा मनोनित गरेका छन् । ...
पौडेलले भने ‘सत्ताको लोभ नगरौँ’

पौडेलले भने ‘सत्ताको लोभ नगरौँ’

राजनीति
देश बदलिँदो राजनीतिक परिस्थितिबाट गुज्रिरहँदा प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले यो परिस्थितिमा कसैले पनि सत्ताको लोभ गर्न नहुने कुरा अघि सारेका छन्। यो समय, सत्ताको लोभ नगरी जनताप्रति उत्तरदायी भएर अघि बढ्नुपर्ने समय भएको पौडेलले बताएका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवाले आह्वान गरेको पार्टीको आन्तरिक बैठकमा प्रधानमन्त्रीले चालेको संस विघटनको अवैधानिक कदमबारेको छलफलमा सबै शीर्ष नेताहरूले आफ्नो धारणा राखेका हुन्। सरकारले अधिनायकवाद र निरंकुशताको आकांक्षाबाट उत्प्रेरित भई प्रधानमन्त्रीद्वारा संविधानविपरित प्रतिनिधिसभा विघटन भई देशको स्थिति डामाडोल भइरहँदा सबैमा सत्तामोह पलाइरहेको भन्दै नेता पौडेलले सत्तालाई प्राथमिकता दिन नहुने धारणा राखेका हुन्। उनले भने, ‘अहिले हामीले सत्ताको लोभ नगरौँ। त्यो यात्रा छोडौँ,’ उनले भने, ‘जनताप्रति उत्तरदायी भएर अगाडि बढौँ।’ ...
प्रधानमन्त्रीले संसद् विघटन गर्नु संविधान सम्मत नभएको नेता सिंहको दाबी

प्रधानमन्त्रीले संसद् विघटन गर्नु संविधान सम्मत नभएको नेता सिंहको दाबी

राजनीति
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीले संसद् विघटन गर्नु संविधान सम्मत नभएको दाबी गर्नुभएको छ । कटुञ्जे घट्टेखोला लिफ्ट खानेपानी जलस्रोत समितिद्वारा आयोजित शालिक अनावरण तथा सम्मान कार्यक्रममा उहाँले संविधानले व्यवस्था गरेको प्रणालीमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने विशेषाधिकार नभएको जिकीर गर्नुभयो । नेता सिंहले बहुमत प्राप्त सरकार बन्ने सम्भावना भएसम्म संसद् विघटन हुन नसक्ने तर्क गर्नुभयो । “प्रधानमन्त्रीको पक्षमा बहुमत छ कि छैन भन्ने परीक्षण नै भएको छैन, संसदीय प्रक्रियाका सम्पूर्ण विकल्पमा जाँदा पनि सरकार गठन हुन सकेन भन्ने अवस्थामा बाहेक अन्य अवस्थामा संसद् विघटन गर्न पाइँदैन, सबै विकल्प सकिएपछि मात्रै संसद् विघटन भएर ताजा जनमतमा जान सकिन्छ”, उहाँले भन्नुभयो । कार्यक्रममा कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा, सचिव निशान ढुङ्गेल, प्रदेशसभा सदस्य रजनी जोन्छे...
प्रचण्ड – नेपाल समूहको बैठक सकियो, के – के भए निर्णय ?

प्रचण्ड – नेपाल समूहको बैठक सकियो, के – के भए निर्णय ?

राजनीति
प्रचण्ड- नेपाल समूहको बैठक सकिएको छ । आजको बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रिय कमिटीबाट बर्खास्त गर्ने निर्णय गरेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहको बैठकले नेकपाको नयाँ अध्यक्षमा माधव कुमार नेपाललाई चयन गरेका छन् । प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै वरिष्ठ नेता माधव कुमार नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो । प्रचण्डले नेता नेपाललाई बधाई समेत दिएका छन् । केन्द्रीय समिति बैठकमै उनले नेपाललाई बधाइसँगै सफल कार्यकालको शुभकामना पनि दिएका छन् । नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो । यस्तै बैठकले पुस ९ गतेका लागि अर्क...