आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि ओलीको समर्थनमा दीप प्रज्वलन

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि केहिबेरअघि दीप प्रज्वलन गरिएको छ।

ओली निकट नेकपाका विद्यार्थी र नेता तथा कार्यकर्ताले दीप प्रज्वलन गरेका हुन्।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेकपाको दुई पक्षको नेता तथा कार्यकर्ताहरु समर्थन र विरोध प्रदर्शन उत्रिएका छन् ।

ठाउँ ठाउँमा पार्टी कार्यालयमा तालाबन्दी समेत गरिएको छ ।

दुई पक्षले छुट्टाछुट्टै बैठक र निणर्यहरु गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *