एकले अर्कालाई सिध्याउने दाउ
डा.डिआर उपाध्याय
अब देशको राजनीति कता जाने हो,यो नै सबैलाई चिन्ताको बिषय बनेको छ । अहिले जनता प्रचण्ड–नेपाल , केपी समूह तिर आधा आधा बाँडिएको अवस्था छ । प्रधानमन्त्री के पी ओलीले संसद् विघटन गरे पछि ‘संवैधानिकता’को प्रश्न उठेको छ । सडकमा आन्दोलन चलेको छ । जनता सडकमा आउन थाले । आगामी राजनीति त्यति सहज छैन । देश भाँडभैलोमा जाने खतरा देखियो । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भएको विभाजनमा यतिबेला ‘वैधानिकता’को प्रश्न उठाइएको छ । संसद् विघटन गरिएको विषय सम्मानित सर्वोच्च अदालतमा गइसकेकाले अब त्यहाँबाट नै अन्तिम फैसला हुने नै छ । यति बेला नेकपा दुई चिरामा छ । दुई चिरामा बिभाजित प्रम केपी शर्मा ओलीको नेकपा र माधव–प्रचण्डको नेकपामा आरोप–प्रत्यारोप चलिरहेको छ । यी दुवै समूहले आफू अनुकूलको बातावरण निर्माण गर्न खोजिरहेका छन । समानान्तर कमिटी निर्माण र एउटै नाम राखेका यी दुई पक्ष अब ए...








