शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

३५ वर्षको उतारचढावपछि दाहाल-नेपाल एकै ठाउँमा

५० को दशकदेखि नै अनेकखाले आन्दोलनको रापतापले भरिभराउ हुने सडक २०७४ को प्रतिनिधिसभा चुनावयता सुनसानजस्तै थियो । बेलाबखत सडकमा उत्रिने किसान र विभिन्न पेसाकर्मीको आन्दोलनको आकार ठीकठीकै हुन्थ्यो तर शुक्रबार नेकपाको एउटा समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालसहित नेता–कार्यकर्ता माइतीघरको चिसो भुइँमा टुसुक्क बसेर सडक संघर्षको सुरुवात गरेपछि आन्दोलनको माहोल विस्तारै गर्माउन थालेको छ ।

नागरिकको दैनन्दिन फेरि अप्ठ्यारोमा पर्ने निश्चितजस्तै छ । संघीयता र गणतन्त्रका लागि एउटै मोर्चामा बसेर संघर्ष गरेका नेकपाका नेता–कार्यकर्ता सरकार र सडकमा बाँडिएका छन् । करिब ३५ वर्ष लामो चिनजान र उतारचढावपूर्ण सम्बन्धलाई जबर्जस्त मित्रतामा बदलेर दाहाल र नेपाल आफ्नै सहकर्मीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सँगै सडकमा आएर ‘हामी यहाँ छौं’ भनिरहेका छन् । सायद उनीहरूले पार्टी एकतापछि आफूहरू कहाँ छौं भन्ने भेउ पाउनै सकेका थिएनन् । याे खबरर कान्तिपुर दैनिकमा छ ।

२०४६ यता फरक–फरक पार्टीको एउटै अध्यक्षका रूपमा अविच्छिन्न नेतृत्व गरेका पुष्पकमल दाहालले पछिल्लो ३ वर्षमा सम्भवतः सबैभन्दा धेरै नेकपाका अध्यक्ष ओलीसँगै बातचित गरे । बितेका ४९ वर्ष ओलीको संगतमा रहेका नेपाल पार्टी एकतायता ओलीबाटै सबैभन्दा धेरै किनारामा पारिए । उनै ओलीको पेलानमा परेपछि दाहाल र नेपालबीचको आत्मीयता झन्–झन् मौलाउँदै गएको हो । उसो त १५ वर्षसम्म तत्कालीन एमालेको महासचिव हुँदा नेपालबाट ओली पक्ष छेउ लागेका उदाहरण पनि बग्रेल्ती छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *