आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

पुस १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सरकारको राष्ट्रपति समक्ष सिफारिश

 सरकारले यही पुस १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको छ। शुक्रबार अबेर बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभा अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो।

शुक्रबार मन्त्रिपरिषद पुनर्गठनपछि मन्त्रिपरिषद्को बैठक बसेको थियो। संसदका दुई अधिवेशनबीच ६ महिनाभन्दा धेरै ग्याप गर्न नहुने संवैधानिक व्यवस्था रहेकाले पुस १७ गतेसम्म अनिवार्य अधिवेशन आह्वान गर्नुपर्ने बाध्यता थियो।

प्रतिनिधिसभा विघटन भएकाले राष्ट्रिय सभाकोमात्र अधिवेशन आह्वान भएको हो। दुई सदनात्मक व्यवस्थापिका अनुसार राष्ट्रिय सभा स्थायी सदन हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *