नेकपा विवाद : शीर्ष नेताहरूबीच छलफल तीव्र, सहमति जुटाउने प्रयास
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि शनिबार शीर्ष नेताहरूका बीचमा भेटघाट तथा छलफलले तीव्रता पाएको छ। छलफललाई तीव्रता दिँदै नेताहरूले सहमतिको प्रयास जारी राखेका छन्।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको संकट समाधान गर्न सहमति गरेरै अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन्। प्रधानमन्त्री ओलीले सहमतिको मिलनबिन्दु खोज्ने उद्देश्यले शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहालसँग दाहालकै निवास खुमलटारमा पुगेर सघन छलफल गरेका छन्। यसअघि दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नै नियमित छलफल हुँदै आइरहेकामा प्रधानमन्त्री ओली शनिबार पहिलोपटक खुमलटार पुगेर अध्यक्ष दाहालसँग छलफल गरेका हुन्।
छलफलका क्रममा अध्यक्षद्वय ओली र दाहाल पुरानै अडानमा अडिग भएपछि सहमति भने हुन नसकेको बताइएको छ। भेटमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालसँग आफ्नो ...








