काम गर्न नसकिने अवस्था आएपछि राजीनामा दिएको हुँ : मन्त्री बोहरा
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन्। आज बुधबार दिउँसो धनगढीमा पत्रकार सम्मेलनको आयाेजना गरी मन्त्री बोहराले आफूले पदबाट राजीनामा दिएकाे जनाएका हुन्।
पछिल्लो राजनीतिक परिस्थितिले आफूलाई राजीनामा दिन बाध्य पारेकाे बताउँदै मन्त्री बोहराले भने, ´विद्यमान राजनीतिक अवस्थामा काम गर्न नसकिने परिस्थिति आएकाे थियाे। यस्तो अवस्थामा पनि पदमा बसिरहे जनतामा अन्याय हुने ठानेर मैले राजीनामा दिएकाे हुँ।´ आफूलाई कसैले हटाउने डरले राजीनामा नदिएको उनले स्पष्ट पारेका छन्। यसअघि मुख्यमन्त्री त्रिलाेचन भट्टले भाैतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बाेहरालाई पदबाट हटाउने निन्दनीय काम गरेको समेत उनले टिप्छपणी गरेका छन्।
राजनीतिक अंकगणितमा प्रचण्ड-नेपाल पक्षका वर्तमान मुख्यमन्त्रीसँग बहुमत नरहेकाे बताउँदै उनले भने, `बहुमत भए सरकार च...







