आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

निर्वाचन आयोगले पठायो ओली र प्रचण्डलाई छुट्टा-छुट्टै पत्र ! प्रचण्डलाई सात दिनको अल्टिमेटम, ओलीलाई भने…

निर्वाचन आयोगले पठायो ओली र प्रचण्डलाई छुट्टा-छुट्टै पत्र ! प्रचण्डलाई सात दिनको अल्टिमेटम, ओलीलाई भने…

राजनीति
प्रधाममन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै विभाजित भएको नेकपा पार्टीलाई निर्वाचन आयोगले पत्र पठाएको छ । ओली समूह र प्रचण्ड नेपाल समूहमा बाँिडएको नेकपा पार्टीलाई निर्वाचन आयोगले छुट्टा- छुट्टै पत्र पठाएको हो । निर्वाचन आयोगले पठाएको पत्रमा ओलीलाई जानकारी मात्र गराइएको छ भने प्रचण्डलाई सात दिनको म्याद दिई पत्र पठाइएको छ । प्रचण्डलाई आयोगले …ऐनको दफा ४४ को उपदफा १ ले ‘‘दफा ४३ बमोजिम दलको नाम, छाप झण्डा वा चिन्हसम्बन्धी विवाद भए त्यस्तो नाम, छाप, विधान, झण्डा वा चिन्ह दाबी गर्ने दलले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विवाद भए त्यस्तो पदाधिकारी, केन्द्रीय समिति वा कन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको ३० दिनभित्र आयोग समक्ष आधार तथा प्रमाणसह...
प्रधानमन्त्रीले खुलाए संसद विघटन गर्नुको कारण

प्रधानमन्त्रीले खुलाए संसद विघटन गर्नुको कारण

राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गराउनुको कारण बताएका छन् । उनले सरकार सञ्चालनमा निरन्तर असहयोग भएपछि आफूले बाध्य भएर संसद विघटन गरेको जवाफ सर्वोच्च अदालतलाई दिएका हुन्। आइतवार प्रधानमन्त्री ओलीले महान्यायाधीवक्ता कार्यालयमार्फत् सर्वोच्चमा पेश गरेको लिखित जवाफमा यसबारेमा उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले जनताको चाहनाअनुसार काम गर्न नसकिने भएकाले निकासका लागि प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा लागि चुनावको मिति घोषणा गरेको उल्लेख गरेका छन्। ...
प्रचण्ड-नेपाल समूहको प्रदर्शनमा राष्ट्रपतिविरुद्ध अमर्यादित नारा लगाउनेको खोजी गर्दै प्रहरी

प्रचण्ड-नेपाल समूहको प्रदर्शनमा राष्ट्रपतिविरुद्ध अमर्यादित नारा लगाउनेको खोजी गर्दै प्रहरी

राजनीति
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित नारासहित गालीगलौज गर्ने व्यक्तिको प्रहरीले खोजी शुरु गरेको छ । गृहमन्त्री राम बहादुर थापा (बादल)को निर्देशन पछि प्रहरीले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरुद्ध अमर्यादित नारा लगाउने व्यक्तिको प्रहरीले खोजी शुरु गरेको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले गत मंगलबार गरेको प्रदर्शनका क्रममा आपत्तिजनक नाराबाजी गरिएपछि यस विषयमा प्रधानमन्त्री ओलीसहित उनको सचिवालयले पनि चासो देखाएको थियो । यसैबीच केही महिला नेतृहरुले गृह मन्त्रालय पुगेर कारबाहीको माग गर्दै गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्ने क्रममा गृहमन्त्री थापाले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरुद्ध अमर्यादित नारा लगाउनेलाई कारबाही गरिने बताएका थिए । गृहमन्त्रीले ज्ञापन पत्र बुझे पछि दिएको...
सर्वोच्चमा फिराद पत्र दर्ता गराएर आएको छु, संसद पुनःस्थापना हुँदैन- प्रधानमन्त्री ओली

सर्वोच्चमा फिराद पत्र दर्ता गराएर आएको छु, संसद पुनःस्थापना हुँदैन- प्रधानमन्त्री ओली

राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभा पुन:स्थापना नहुने आफ्नो दाबी पुन: दोहोर्याएका छन् । आफूपक्षीय विद्यार्थी संगठन (अनेरास्ववियू) को भेलालाई आइतवार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् पुन:स्थापनाको सम्भावना नरहेको बताएका हुन् । ‘अहिले भर्खरै सर्वोच्च अदालतमा धेरैवटा मुद्दाहरूको फिरादपत्र दर्ता गराएर आएको छु । जवाफ त दिनैपर्‍यो । चुनाव रोकी पाऊँ, मरिसकेको संसद् बौर्‍याउन पाऊँ भनेर मुद्दा हालिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘संसद् पुन:स्थापना हुँदैन ।’ केही शक्तिहरूले चुनाव हुँदैन भन्ने भ्रम फैलाउन खोजेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले चुनाव तोकिएकै समयमा हुने जिकिर गरे । ...
माधव नेपालको अध्यक्षतामा बसेको नेकपाको स्थायी कमिटी बैठक सकियो , के भयो निर्णय ?

माधव नेपालको अध्यक्षतामा बसेको नेकपाको स्थायी कमिटी बैठक सकियो , के भयो निर्णय ?

राजनीति
प्रचण्ड नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ ।माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा बसेको बैठकले पार्टी एकताका बाँकी काम गर्न र प्रदेश तथा जिल्लाका पदाधिकारीका विषयमा गृहकार्यका निम्ति पार्टी अध्यक्ष माधव नेपालको संयोजकत्वमा एउटा समिति बनाएको हो । बैठकले संसद् विघटनविरुद्ध शनिवार घोषणा गरेको दोस्रो चरणको आन्दोलनको कार्यक्रम अनुमोदन समेत गरेको श्रोतले बताएको छ । ...
निर्वाचन आयोगले ओली र प्रचण्ड–माधव समूह (नेकपा)को आधिकारिकता विवाद टुंगो लगाउन दुवै पक्षलाई चिठी पठायो

निर्वाचन आयोगले ओली र प्रचण्ड–माधव समूह (नेकपा)को आधिकारिकता विवाद टुंगो लगाउन दुवै पक्षलाई चिठी पठायो

राजनीति, समाचार
प्रतिनिधिसभा विघटन भएसँगै विभाजित भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली र प्रचण्ड–माधव समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पठाएको पत्रको आयोगले दुवै समूहलाई छुट्टाछुट्टै पत्र पठाएको छ। निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद–९ अनुसार आधिकारिकता विवाद टुंगो लगाउन सक्ने जानकारी दुवै पक्षलाई गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। पत्रमा प्रचण्डलाई सात दिने म्याद दिइएको छ भने केपी ओलीलाई कुनै म्याद उल्लेख नगरिएको पनि उनले जानकारी दिए।उनले भने, ‘उहाँहरुको आधिकारिकता विवाद टुंगो लगाउन दुवै पक्षलाई चिठी पठाएका छौं।’ आयोगले प्रचण्ड समूहलाई पठाएको पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार आए मात्र परिच्छेद –९ अनुसार कारबाही गर्न सकिने जानकारी गराएको छ। र, प्रक्रिया प्रारम्भ गर्ने सम्बन्धमा ७ दिनभित्र आयोगलाई जवाफ दिएर सहयोग गर्न भने...
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

राजनीति, समाचार
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि गत पुस ७ गतेदेखि शुरु भइ पुस १० मा स्थगित गरिएको केन्द्रीय समिति बैठक आज आइतवार फेरि बस्न लागेको हो । दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकलाई अरू केही दिन लम्ब्याउने रणनीतिमा सभापति शेरबहादुर देउवा रहेको वरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेताहरुको आशंका छ। सभापति देउवाले औपचारिकताका लागि मात्र पुस १३ गते विरोध प्रदर्शन गरेको उनीहरुको बुझाई छ । प्रतिनिधिसभा विघटनपछि सडक संघर्ष कि चुनाव भन्ने विषयमा विभाजित कांग्रेसमा पौडेल पक्षले सडक संघर्षमा जानुपर्ने बताइरहँदा देउवा भने अदालतको निर्णय पर्खनुपर्ने बहाना बनाउँदै आइरहेका छन् । आजको बैठकमा पनि पौडेल पक्ष सडक संघर्षमा जान सभापति देउवालाई दबाब दिने बुझिएको छ । ...
घोषित मितिमा निर्वाचन की संसद् पुनस्र्थापना ?

घोषित मितिमा निर्वाचन की संसद् पुनस्र्थापना ?

राजनीति, समाचार
डा.डिआर उपाध्याय प्रतिनिधिसभा विघटन गरी निर्वाचन मिति तोकिएको छ । तोकिएको मितिमा निर्वाचन हुन्छ की हुँदैन भन्र्ने बिषयमा भने शंका छ । सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी मुद्दा परेका छन्। यी मुद्दामा सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरी सुनुवाइ पनि गरिरहेको छ। घोषित मितिमा निर्वाचन की संसद् पुनस्र्थापना ? यी दुई विषयमा राजनीतिक दलहरू विभाजित छन्। संसद् विघटनको विरोधमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी तथा सत्तारुढ दलको प्रचण्ड–माधव समूहले विरोध प्रदर्शन गरिरहेका छन्। निर्वाचन प्रजातान्त्रिक अभ्यास हो । यो बाट पछि हट्नु हुँदैन । कोरोना भाइरसको संक्रमणका कारण देशको आर्थीक अवस्था कमजोर भएको बेला मध्यावधि निर्वाचन कत्तिको सम्भव होला भन्ने बिषयमा राजनीतिक दलहरु गम्भिर हुुन जरुरी छ । निर्वाचनको बिषयलाई लिएर अहिले राजनीति बृतमा विचार विमर्श भइरहेका छन्। अमेरिकामा केही समयअघि चुनाव स...
करिब आठ दशकको कम्युनिस्ट इतिहास चकनाचुर

करिब आठ दशकको कम्युनिस्ट इतिहास चकनाचुर

राजनीति, समाचार
डा.डिआर उपाध्याय प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरे पछि समस्या उत्पन्न भएको छ । नेकपाको दाहाल–नेपाल समूह आन्दोलित छन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका केहि दलहरु पनि सडकमा छन । परिस्थिती जटिल मोडमा छ । नेकपाका अध्यक्षद्वय ओली र दाहालबीचको व्यक्तिगत र गुटगत शक्ति संघर्ष र स्वार्थको राजनीतिले यो स्थिती आएको हो । ओलीलाई यस किसिमको गैरसंवैधानिक, कठोर र अप्रिय निर्णय लिनका लागि कस्ले बाध्य बनायो ? यो बिषय बिस्तारै खुल्दै जाला । यसमा दाहाल–नेपालको भूमिका के छ ? प्रतिनिधिसभा विघटन संविधानविपरीत कार्य हो र संवैधानिक रूपमा यो निन्दनीय र भत्र्सनीय घटना हो। यस घटनाले करिब आठ दशक लामो कम्युनिस्ट आन्दोलन र आन्दोलनका उपलब्धिलाई धरापमा पारेको छ । कांग्रेसलगायत गैरकम्युनिस्ट कित्ताका शक्तिहरू नेकपा बिभाजनमा रमिते छन । कम्युनिस्ट पार्टीले दुईतिहाइ नजकिको मत...
नेपालमा चीन र भारत दुवैको चलखेल

नेपालमा चीन र भारत दुवैको चलखेल

राजनीति, समाचार
डा.डिआर उपाध्याय यति बेला नेपालमा चीन र भारत दुवैको चलखेल बढेर गएको छ । राजनीतिक दलको आन्तरिक विवादमा विदेशी शक्तिको हस्तक्षेप बढनु उचित होईन । यसले नेपालको राजनीतिलाई नै प्रभाव पार्छ । नेपालले कुनै पनि बिदेशी हस्तक्षप सहेर बस्न सक्दैन । र सहनु पनि हुदैन । अहिले बिदेशी चलखेल बढनु भनेको नेकपाभित्रको विवाद नै मुख्य बिषय हो । त्यसको असर देशको राजनीतिमा परेको छ । अहिले संसद् विघटन भएको अवस्था छ । संसद बिघटन पछिको अवस्था जटिल बन्दै गएको छ । संसद बिघटन हुँदा सबैभन्दा बढी प्रसन्न राजावादीहरू छन्। उनीहरु धमिलो पानीमा माछा मार्ने दाउ खेल्दै छन । मधेसवादीहरूले संसद् विघटनको विरोध गरेका छन्। त्यसको पुनस्र्थापनाका पक्षमा आन्दोलन पनि गरिरहेका छन्। संसद् विघटनपछि बिभिन्न राजनीतिक दलहरुले ओली कदमलाई असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी भनेर विरोध गरेका छन । नेकपाभित्रको फुट वा विभाजन लोकतन्त्रका...