पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले प्रधाननमन्त्री केपी शर्मा ओली क्यान्सर भएको टिप्पणी गरेका छन्। नेकपाले आयोजना गरेको राजनीतिक दलहरूसँगको अन्तरक्रिया उनले संयुक्त संघर्ष गर्न नेकपाका नेताहरूमै आशंका रहेकाले हुन नसकेको समेत बताए।
“केपी ओलीले न्याक्दा त विरुद्घमा लाग्नु’भा छ। फेरि पनि केपी ओलीलाई नै बोकेर सँगसँगै जानु भए त हामी कलाकार बन्छौँ कि भन्ने डर छ।”, उनले भने, “केपी ओली त क्यान्सर हुन्। त्यो क्यान्सर पालेर राख्नुभयो भने तपाईंहरूलाई त खान्छ खान्छ। हामीहरूलाई पनि खाने खतरा रहन्छ। संयुक्त संघर्ष गर्न तपाईंहरू स्पष्ट हुनुस्।”
नेता भट्टराईले चुनाव नहुने ठोकुवा समेत गरे। “चुनाव भए पो चुनाव लड्नुहुन्छ। लेखेर राख्नुस् चुनाव हुँदैन। नेपाली कांग्रेसका साथीहरू भ्रममा नपर्नुस्। हाम्रो पार्टी भ्रममा छैन,’’ भट्टराईले भने।
राजनीतिलाई ट्रायकमा ल्याउन सफल संयुक्त आन्दोलन गर्नुपर्ने उनको भनाइ थियो।
