आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

एमाले-एमाओवादी छुट्टिने निर्णय

एमाले-एमाओवादी छुट्टिने निर्णय

राजनीति
सर्वोच्च अदालतको आदेशपछि संंकटमा परेका प्रचण्ड-माधव पक्षले अन्ततः एमाले र माओवादी अलग-अलग भएर जाने निर्णय गरेका छन् । आज पेरिसडाँडामा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र व्युँतिएकाले सोही बमोजिम छुट्टिने निर्णय गरेको बरिष्ठ नेता झलनाथ खनालले बताएका छन। कोटेश्वर पेरिसडाँडामा बसेको उक्त समुहको बैठकले अदालतको निर्णय पालना गर्दै पूर्ववत समुहमा फर्कने वारेमा छलफल भएको थियो। फोटो सौजन्य :नेपाल प्रेस ...
हामी ओलीको साथ छाड्दैनौँ

हामी ओलीको साथ छाड्दैनौँ

राजनीति
 सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै नेकपा माओवादी केन्द्र पुनःस्थापित भएमा पूर्व माओवादी निकटका नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु शाह, गौरी शंकर चौधरी, दावा तामाङ नेताहरु पुनःस्थापित नेकपा (एमाले) पार्टीमा सामेल हुने मनस्थितिमा पुगेका छन्। अमदालतको फैसला आएपछि प्रधानमन्त्री ओलीले आइतबार साँझ बालुवाटारमा पूर्व माओवादी नेताहरुसँग छलफल गरेका थिए। अर्थ मन्त्री विष्णु पौडेल, प्रमुख सल्लाहाकार विष्णु रिमालसहित नेताहरु छलफलमा सहभागी रहेका थिए। अ‍ोलीले अदालतको पछिल्लो फैसलासँगै तपाईहरुको मनस्थिति के छ? भनेर प्रश्न गरेका थिए। जवाफमा पूर्व माओवादी निकट नेताहरुले आफूहरु अन्तिम समयसम्म तपाईलाई साथ दिने मनस्थितिमा छौँ, बरु हाम्रो पद जाने कुरासँग प्रवाह छैन भन्दै ओलीलाई विश्वस्त पारेका थिए।  अदालतको पछिल्लो फैसलाअनुसार पूर्व माओवादी पुनःस्...
नेताहरु फुटेर होइन, जुटेर अघि बढ

नेताहरु फुटेर होइन, जुटेर अघि बढ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, देशको राजनीति अहिले उतारचढावमा छ । मुलुकमा नयाँ किसिमको राजनीतिक धु्रवीकरण बढेर गएको छ । अब के हुन्छ, कसको सरकार बन्छ ? अहिले यी प्रश्न उठेका छन । अव नेपाली काँग्रेसकोे भूमिका के हुन्छ ? जनता समाजवादी पार्टीले के सोचेको छ ? नेकपाको आधिकारिकता विवादबारे सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको छ । नेकपाको आधिकारिकता ऋषि राम कटेलले पाएका छन । सरकार शान्ति, समृद्धि र स्थायित्व कायम गर्ने दिशाामा अघि बढिरहेको छ । पछिल्ल्लो दिनमा नेकपाको विप्लव समूहसँग वार्ताको पहल सफल भयो । प्रचण्ड–माधव समूहको असहयोगले प्रधानमन्त्री ओलीलाई तनाव छ । देशमा विकास निर्माणका कार्यले तीव्रता पाउनु पर्छ । नेपाली जनताले सोचेअनुरूपका विकास निर्माणकार्य अझै हुन सकिरहेका छैनन् । अहिले विगतमा जस्तै सरकार बनाउने र गिराउने फोहोरी खेल फेरि सुरु हुँदै छन । एक–अर्कालाई गालीगलौज गर्ने गलत परम्पराको अन्त्य...
प्रतिनिधि सभाको बैठक आज अपरान्ह ४ बजे बस्दै

प्रतिनिधि सभाको बैठक आज अपरान्ह ४ बजे बस्दै

राजनीति, समाचार
 प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज अपरान्ह ४ बजे बस्नेछ । सरकारको सिफारिसमा राष्ट्रपतिले आइतबार अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा बैठक आह्वान गरेकी थिइन् । सरकारले पुस ५ मा प्रतिनिधि सभा विघटन गरे पनि सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रतिनिधि सभा पुनर्स्थापना भएको थियो । सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापनासँगै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन भनेको थियो । आजको बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ। यस्तै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्।साथै आजको बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीले अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी र गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरी र प्रद...
स्वार्थको राजनीति मौलाउँदै

स्वार्थको राजनीति मौलाउँदै

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, अहिले पहिला जस्तो निष्ठाको राजनीति छैन । नेताहरुको आचरण र व्यवहारमा कुनै परिवर्तन आउन सकेको छैन । जनताको विश्वास जित्न निष्ठाको राजनीति चाहिन्छ । निष्ठाको राजनीतिले नै देशलाई अघि बढाउछ । राजनीति भनेको समाजसेवा हो । तर नेपालमा राजनीतिलाई ब्यापार जस्तो बनाइएको छ । यसले गर्दा देश बिग्रिएको हो । देशको बिकास हुन नसकेको कारण पनि यो हो । समाजको बिकास नभइ देशको बिकास हुन सक्दैन । राजनीतिक दल र तिनका नेताहरु सवै भन्दा पहिला इमान्दार हुनु पर्छ । इमानको राजनीतिले नै देशलाई अघि बढाउन सकिन्छ । इमानको राजनीति भनेको सफलताको कडी हो । जनविश्वासमा आधारित बनेर गरेको राजनीति टिकाउ र दिगो हुन्छ । राजनीतिक दल र तिनका नेताहरु देश प्रति संवेदनशील बन्नु पर्छ । अनि मात्र देशले प्रगति गर्छ । निष्ठाको राजनीति नहुनाले राजनीति दूषित बनेको छ । दूषित राजनीति व्यक्तिको लाभ र स्वार्थसँग सम्बन्धित ...
केपी शर्मा ओली समूहको संसदीय दलको बैठकमा ११५ सांसदहरु सहभागी

केपी शर्मा ओली समूहको संसदीय दलको बैठकमा ११५ सांसदहरु सहभागी

राजनीति, समाचार
सत्तारुढ दल नेकपा आधिकारिक रुपमा एउटै पार्टी भए पनि गतिविधि भने दुई पार्टीको जस्तै छ। त्यसैले दुबै समूह छुट्टा छुट्टै बैठक गरिरहेका छन्। प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक शुक्रबार बस्यो भने प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली समूहको संसदीय दलको बैठक शनिबार बालुवाटारमा बस्यो। यी दुबै बैठकमा सहभागी हुने सांसदहरुको संस्था भने दुबैतर्फको दावीअनुसार केपी शर्मा ओली समूहको संसदीय दलको बैठक शनिबार बालुवाटारमा–११५ रहेको छ। जबकी एकीकृत नेकपाको सांसद संख्या जम्मा २२० मात्र हो। यसरी हेर्दा दुई मध्ये कुनै एक समूहले वा दुबै समूहले बैठकमा सहभागी सांसदहरुको संख्या ढाँटिरहेका छन्। शनिबारको बालुवाटार बैठकमा ११५ जना सांसद उपस्थित रहेको ओली समूहको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘अरुको कुरा हामीलाई थाहा छैन, आजको बैठकमा ११५ जनाको उपस्थिति थियो।’ उन...
पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चयन

पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चयन

राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ । जेठो सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको नेता परिर्वतन गरेको हो । बैठक अघि प्रचण्ड–माधव पक्षले आफू पक्षीय सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो । आज ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको र नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको प्रचण्ड–माधव पक्षको दाबी छ । आजको बैठकमा कति सांसद उपस्थित हुन्छन् भन्ने चासोका साथ हेरिएको थियो । नेकपाका विवाद बढिरहेको र दुबै पक्ष (प्रचण्ड नेपाल पक्ष र ओली पक्ष) पार्टीको आधिकारिकता दाबी गरिरहेको बेला संसदीय दलमा कसको बहुमत छ भन्ने विषय पनि महत्त्वपूर्ण रहेको छ । ...
नेपाली कांग्रेसको आज संसदीय दलको वैठक बस्दै

नेपाली कांग्रेसको आज संसदीय दलको वैठक बस्दै

राजनीति, समाचार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज संसदीय दलको वैठक बस्दैछ । अब बन्ने नयाँ सरकारमा सहभागिता र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव सम्बन्धमा छलफल गर्न वैठक बस्न लागेको कांग्रेसले जनाएको छ । हिजो साँझ सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले यस विषयमा छलफल गरे पनि कुनै निष्कर्ष निकाल्न सकेकाे थिएन । पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा (फागुन २३ गते) कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा तय गर्न देउवाले बैठक राखेका थिए । तर बैठक बिना निष्कर्ष टुंगिएको नेताहरूले जानकारी गराएका छन् । कांग्रेसका शीर्ष नेताहरुमा सरकारमा जाने–नजाने भन्ने विषयमा फरक धारणा देखिंदै आएको छ । ...
भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ आज शुक्रवार सार्वजनिक हुँदै

भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ आज शुक्रवार सार्वजनिक हुँदै

राजनीति, समाचार
पछिल्लो दुई वर्षदेखि भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ आज शुक्रवार सार्वजनिक हुँदै छन् । सरकारसँग भएको तीनबुँदे सहमतिपछि विप्लव आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने विशेष समारोहमा सार्वजनिक हुन लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले आज संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन समेत गर्नेछन् । हिजो बिहीवार बिहान भएको तीनबुँदे सहमतिपछि हिजो साँझ नै बसेको मन्त्रिपरिषद बैठकले उक्त सहमति अनुमोदन गर्दै चन्द नेतृत्त्वको नेकपालाई लगाइएको प्रतिबन्धसमेत फुकुवा गरिसकेको छ । विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र पक्राउ परेका पार्टीका सम्पूर्ण नेता कार्यकर्ताको रिहाइ र मुद्दा खारेज गर्ने लगायतका विषयमा सहमति जुटेसँगै विप्लव शान्तिपूर्ण राजनीतिमा आउन लागेका हुन्...
राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर

राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर

राजनीति, समाचार
डा.डिआर उपाध्याय, अब नेपाली राजनीति नयाँ ढंगले अघि बढ्ने अनुमान गरिएको छ । सर्वाेच्चको फैसलाले १३ दिनभित्र संसद् बैठक बोलाएर संसदीय गतिविधि सञ्चालन गर्नुपर्ने परमादेश दिएको छ ।अदालतको फैसलापछि राजनीतिमा एकाएक सरगर्मी बढेर गएको छ । यतिबेला राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर लाग्न थालेका छन् । नेकपा दुई खेमामा बिभाजित भएपछि सत्ताको जोड घटाउ चल्नु स्वभाविक हो । सरकारको नेतृत्व लिन एक्लै बहुमत कसैको पुग्दैन । त्यसो भएकाले पनि अब बन्ने सरकार दुई वा दुई भन्दा बढी दल मिलेर बनाउनु पर्ने अवस्था छ । ओली नेतृत्वको नेकपासँग अहिले नै एकता गरेर जाने अवस्थामा दाहाल—नेपाल समूह तयार देखिएको छैन । पार्टीको विवाद निकै अघि बढिसकेको छ । अहिले नै एक हुने अवस्था देखिदैन । घटना र परिदृश्यले पनि यही कुरा बताउँछ । नेकपाको विवाद समाधान नहुन्जेलसम्म राजनीति अन्योलता बढने निश्चित छ । नेकपा दुइ खेमामा बिभाजित...