आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

मुलुकलाई निकास दिन कांग्रेसको काँधमा जिम्मेवारी आएको:कांग्रेस सभापति शेरबहादुर देउवा

मुलुकलाई निकास दिन कांग्रेसको काँधमा जिम्मेवारी आएको:कांग्रेस सभापति शेरबहादुर देउवा

राजनीति, समाचार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई निकास दिन कांग्रेसको काँधमा जिम्मेवारी आएको बताएका छन। बारा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (ख)को बेलदारीमा पार्टी नेता खुमबहादुर खड्काका स्मृतिमा आयोजित अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको बेलदारीमा आज उद्घाटन गर्दै सभापति देउवाले सहमति, सहकार्य र एकताका माध्यमबाट प्रजातन्त्रमा विश्वास गर्ने सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई मिलाई पार्टी अघि बढ्ने जानकारी दिए। पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्र जीवन्त रहे लोकतान्त्रिक पार्टीहरूको भविष्य रहने भन्दै संविधानको रक्षाका लागि आफ्नो पार्टी पूर्णरुपमा प्रतिबद्ध रहेको बताए। उनले भने, “देशलाई कांग्रेसको खाँचो रहेको हुदा हामी सबै कांग्रेस पार्टीको एक स्वर हुन जरुरी छ, जनताको विश्वास र भरोसा कांग्रेसले दिनुपर्ने बेला आएको छ।” उनले विकास, समृद्धिसँगसँगै विधिको शासन कायम गरी भ्रष्टाचारमुक्...
सत्ता प्राप्ति र शक्ति संघर्षको लडाइँ

सत्ता प्राप्ति र शक्ति संघर्षको लडाइँ

राजनीति, समाचार
डा.डिआर उपाध्याय, नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक सवै क्षेत्रमा अन्योल सिर्जना गरेको छ । नेपालको राष्ट्रिय राजनीतिको बिषयमा बिभिन्न कोणवाट फेरि नयाँ खालको बहस सुरु भइरहेको छ । यति बेला नेपालको कम्युनिस्ट आन्दोलनको बिषयमा बिभिन्न खालका टीका–टिप्पणी भइरहेका छन् । अव नेपालको कम्युनिष्ट आन्दोलन के हुन्छ ? भन्ने प्रश्न पनि उठेको छ । प्रतिनिधिसभा पुनःस्थापना हुनु आफैँमा एउटा महत्वपूर्ण कुरा हो । तर संसद विघटनको परिस्थिति किन सिर्जना भयो भन्ने प्रश्न महत्वपूर्ण हो । प्रधानमन्त्रीले प्रतिनिधिसभा किन विघटन गरे ? यो प्रश्नको जवाफ कुनै बेला खोजिएला यो बेग्लै कुरा हो । तर अहिले संसद पुनस्थापना भएको परिस्थिती छ । अहिले जवाफ खोजेर अल्मलिने बेला छैन । देशमा देखिएका तमाम समस्या समाधान गदै अघि बढनु पर्ने बेला हो यो । देशमा कुनै पनि सरकार पाँच वर्षसम्म नटिक्...
अव नेकपा एमाले सच्चिने की सिद्धिने ?

अव नेकपा एमाले सच्चिने की सिद्धिने ?

राजनीति, समाचार
डा.डिआर उपाध्याय, नेपालको पछिल्लो राजनीति नराम्रो संग गोलचक्करमा फसिरहेको छ । नेपालको प्रमुख राजनीतिक दल नेकपा छिन्न भिन्न भएको छ । अहिलेको राजनीति गतिविधिले खासै राम्रो संकेत देखाइरहेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद् विघटन गरेयताको राजनीतिक घटनाक्रमले उतारचढाव ल्याएको छ । प्रधानमन्त्रीको संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले फागुन ११ मा फैसला बदर गरेपछि राजनीतिक निकास निस्कने अपेक्षा गरिएको थियो । त्योअपेक्षा बमोजिम राजनीति चलेन । जसको कारण राजनीतिक संकट झन थपिदै छ । राजनीतिक दल र तिनका नेताहरूले जतिसुकै चर्को कुरा गदै हिडे पनि जनता भने मर्कामा छन । नाफाघाटाको राजनीतिले देशलाई कहाँ पुयाउने हो कुनै ठेगान छैन । देश र जनताको पक्षमा काम गर्ने दल र नेता नै नेपालमा देखिएनन् । यो बडो समस्याको कुरा छ । जनताले ठूलो आशा र भरोसा गरेर तत्कालिन एमाले र माओवादी केन्द्...
जनताको जनबादलाई पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा अगाडि बढौं :युवा नेता पोखरेल

जनताको जनबादलाई पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा अगाडि बढौं :युवा नेता पोखरेल

राजनीति, समाचार
दोलखा जिल्ला साविक च्यामा गाविस हाल तामाकोसी ६ मा जन्मी कार्यथलो काठमाण्डौ बनाउँदै राजनिती र ब्यापारलाई अगाडी बढाई रहनुहुने राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा युवा नेता विष्णु पोखरेलले नेपाल कम्युनिष्ट पार्टीको बिबाद पछि सर्वाेच्च अदालतले गरेकाे फैसलालाई साविकको अवस्था नेकपा एमाले र नेकपा माओबादी केन्द्रमा रहि पार्टीको गतिविधि गर्नुहुन र यदि पार्टीएकता गर्ने हुँदा १५ दिनभित्र प्रक्रिया पुर्याई दर्तामा आउनको लागि निर्वाचन आयोगले गरेको पत्राचारमा नेता पोखरेलले समन्वयकारी सन्तुलित र उच्च बिचार सामजिक सञ्जाल फेसबुक मार्फत ब्यक्त गर्नु भएको छ । नेता पाेखरेलले सर्वाेच्च अदालतकाे निर्णयलाई उच्च सम्मान गर्दै नेपालमा रहेका सम्पूर्ण बामपंथी एवं कम्युनिस्टपार्टीका नेता कार्यकर्ताहरु संयमित र अनुसासित बनी नेकपा एमालेमा समाहित गराउदै जनताकाे जनबादलाई पार्टीको मार्गदर्शक सिद्धान्तको रुपम...
मुलुकको राजनीति बुझीनसक्नु

मुलुकको राजनीति बुझीनसक्नु

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, मुलुकको राजनीति बुझीनसक्नु छ । कति बेला के हुन्छ केहि भन्न सकिने अवस्था छैन । देशको राजनीतिमा नाटक मन्चन भइरहेको छ । सर्वोच्चको पछिल्लो फैसला पछि राजनीति बाटो आ आफनो बनेको छ । नेकपा माओवादी केन्द्र र एमाले ब्यूँतिए पछि आ आफनो बाटो लाग्नु बाध्यता भएको छ । राजनीति भनेको घुमाउरो बाटो रहेछ , राजनीति बाटो सिधा नहुदो रहेछ , यो शिद्धान्तको कुरा होइन , यो भोगाइ र देखेको कुरा हो । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई धारे हात लगाएर गाली गर्ने हरु शिर झुकाएर आफनै घर एमालेमा फर्किएका छन । यो सर्वोच्च अदालतको फैसलाको परिणाम हो । अवका आउँदा दिनमा राजनीति कसरी अघि बढछ त्यो हेर्न भने बाँकी नै छ । पछिल्लो सर्वोच्चको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओली अझै बलियो र शक्तिशाली बन्ने संकेत देखिएको छ । यो फैसलाले पुष्पकमल दाहाल लाई भने घाटा पुयाएको छ । दाहालका केहि नेता , कार्यकर्ता ओ...
प्रधानमन्त्रीमा निरन्तरता पाउन ओलीलाई चुनौती

प्रधानमन्त्रीमा निरन्तरता पाउन ओलीलाई चुनौती

राजनीति
सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता पाउन भने निकै चुनौती देखिएको छ । ओलीले कुनै पनि बेला संसद्मा आफ्ना पक्षमा बहुमत सिद्ध गर्नुपर्ने अवस्था आएको छ । संसद्का अबका बैठकमा आएका कुनै पनि प्रस्ताव वा विधेयक पारित गराउन ओलीलाई प्रमुख चुनौती छ । संविधानविद् डा. विपीन अधिकारी भन्छन्, ‘संसद्मा सरकारले ल्याएका कुनै पनि प्रस्ताव वा विधेयक पारित हुन सकेनन् भने माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा र कांग्रेस वा जसपाले सहयोग नगरेमा सरकार अप्ठेरोमा पर्नेछ ।’ प्रधानमन्त्री राजीनामा दिन नखोजेपछि अब विश्वासको मत नदिएर वा अविश्वासको प्रस्तावबाटै उनलाई हटाउनुपर्ने अवस्था छ । सरकारले ल्याएका कुनै पनि प्रस्ताव अस्वीकार भएमा नैतिक रुपमा ओलीले विश्वासको मत लिनुपर्ने अवस्था आउनेछ । सरकारलाई दिएको स...
हतारमा गरिएको पाटी एकताको परिणाम

हतारमा गरिएको पाटी एकताको परिणाम

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिकता दिएको छ । यो फैसला पछि तत्कालीन सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पुरानै अवस्थामा फर्कन बाध्य भएका छन । राजनीतिमा ओझेलमा परेका ऋषि कटेल अहिले यो फैसला पछि चर्चित बनेका छन । यसले उनलाई फाइदा नै पुग्ने देखिन्छ । एमाले पृष्ठभूमि भएका एमालेतिरै र माओवादी पृष्ठभूमि भएका माओवादी केन्द्रतिरै फर्कने अवस्था सृजना भएको छ । सर्वोच्चको फैसलापछि दाहाल–नेपाल समूहमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाललगायतका सबै नेताहरू केपी शर्मा ओली नेतृत्वमा रहेको एमालेमा नै मिसिने बाध्यात्मक अवस्था भयो । पुष्पकमल दाहाल प्रचण्डले पनि माओवादी केन्द्रमार्फत आफ्नो राजनीतिक गतिविधि अघि बढाउने बाटोमा लागेका छन ।हाल नेपालमा उत्पन्न राजनीतिक गतिरोध समाधानका लागि सबै दलहरू ...
आगामी रणनीतिको सम्बन्धमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधव नेपाल समूहका नेताहरुले छुट्टै भेला

आगामी रणनीतिको सम्बन्धमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधव नेपाल समूहका नेताहरुले छुट्टै भेला

राजनीति, समाचार
आगामी रणनीतिको सम्बन्धमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधव नेपाल समूहका नेताहरुले छुट्टै भेलाको आयोजना गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधव नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरुले समसामयिक राजनीतिको विषयमा छलफल तथा आगामी रणनीति तय गर्न बानेश्वरको अर्याल होटलमा भेलाको आयोजना गरेका हुन् । बुधवार दिउँसो भएको भेलामा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भिम आचार्य, योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायत सो समुहका केन्द्रीय कमिटी सदस्यहरुको सहभागिता रहेको थियो । सर्वोच्च अदालतले साबिकको नेकपा(एमाले) पार्टी ब्युताइदिएपछि माधव–झलनाथ पक्षका नेताहरु एमालेमै समाहित भएका छन् । तत्कालिन नेकपा(एमाले)को संसदीय दल, स्थायी कमिटी र केन्द्रीय कमिटीमा माधव नेपाल समुहको बलियो उपस्थिति रहेको छ । माधव नेपाल समुहको सो भेलालाई निकै चासोपूर्वक...
निर्वाचन आयोगले एमाले र माओवादी केन्द्रलाई एकिकरण गर्ने भए १५ दिनभित्र आयोगमा उपस्थित भइ निवेदन दिन आग्रह

निर्वाचन आयोगले एमाले र माओवादी केन्द्रलाई एकिकरण गर्ने भए १५ दिनभित्र आयोगमा उपस्थित भइ निवेदन दिन आग्रह

राजनीति, समाचार
 निर्वाचन आयोगले एमाले र माओवादी केन्द्रलाई एकिकरण गर्ने भए १५ दिनभित्र आयोगमा उपस्थित भइ निवेदन दिन आग्रह गरेको छ । आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज भएसँगै दुवै दललाई पुनः एकिकरण भएमा १५ दिनभित्र निवेदनसहित उपस्थित हुन आग्रह गरेको हो । सर्वोच्च अदालतले खारेज सर्वोच्च अदालतले खारेज गरिदिएको एकीकरण फेरि गर्ने भए दुवै दललाई १५ दिनभित्र नयाँ पार्टीको नाम र चुनाव चिन्हसहित निर्वाचन आयोगमा आउनका लागि बोलाएको हो । मंगलवार आयोगले पत्र पठाउँदै भनेको छ, ‘आयोगको मिति २०७५ जेठ २३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदातलतको २०७७ फागुन २३ गतेको फैसलाले बदर भएकोले अब यी दुई दलले...
महिला दिवस र अधिकारका कुरा

महिला दिवस र अधिकारका कुरा

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, महिला दिवस र अधिकारका कुरा महिलाहरुले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस धुमधामका साथ हिजो मनाएका छन । श्रमिक महिलाको हकहितका लागि आवाज उठाउँनु उनीहरुको अधिकारको कुरा हो । यो दिवस विश्वस्तरमै मनाउने गरिन्छ । यो दिवसलाई नेपालले पनि विशेष रुपमा मनाउदै आएको छ । महिलाको सुरक्षा, सम्मान र रोजगार; समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइएको हो । नेपालमा महिला दिवस हरेक बर्ष मनाईने गरिन्छ । बिभिन्न संघ संस्थाहरुले पनि यो दिवसमा अन्तरक्रियाका साथ महिलाहरुलाई सम्मान गदै पनि आएका छन । महिलालाई सम्मान गर्न सवैले सिक्नु पर्छ । जहाँ नारीको सम्मान र इज्जत गरिन्छ त्यहाँ लक्ष्मीको बास हुन्छ भन्ने मान्यता छ । महिला दिवस हिजो जसरी उत्साहका साथ मनाइयो त्यसै गरी महिला अधिकारका लागी पनि सवै जुटेर अघि बढनु पर्छ । नेपाल सरकार तथा महिलाका विषयमा काम गर्ने संंघसंस्थाले...